Saturday 29 December 2018

दाङमा mno का केही जुझारु कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएका छन्। कारण सुन्दा तपाईं चकित पर्नु हुनेछ।




मंगोल नेशनल अर्गनाइजेसन एउटा लोकतान्त्रिक राजनितीक संगठन हो। जुन संगठनले स्थापना काल देखिनै लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारका बिषयमा वकालत गर्दै आइरहेको कुरा सम्पुर्ण जनमानसमा सर्वविदित्तै छन्। नेपालको रुढीबादी परम्परा, कुसंस्कार तथा अन्धविश्वासमा जिउन बाध्य पारिएको समस्त नेपाली जनहरु प्रति यसको वास्तविकता माथि प्रकाश पार्दै सामाजिक जनचेतना जस्ता महत्त्वपूर्ण कार्यहरु लाई प्राथमिकता दिने र नेपालको बाउनवादी सरकारको निरङ्कुस् तानाशाही नितिको खण्डन गर्दै आइरहेको कुरा पनि सबैमा जानकार छन्।

mno ले राजनितिक, आर्थिक, शैक्षिक, धार्मिक र साँस्कृतिक क्रान्तिलाई आधाार बनाएर राजनितीक यात्रा सुरु गरेको पनि आज ३० अौं वसन्त भइसकेछ। यत्रो ३० बर्षको अन्तरालमा पनि मंगोल नेशनल अर्गनाइजेसन लाई मुलुक ब्यापी बनाउन नसक्नु र देश तथा बिदेशमा रहने ८०% अहिन्दु मुलवासी मंगोलहरुले mno लाई राम्रोसँग चिन्न नसक्नु वा नबुझ्नु धेरै दु:ख लाग्दो कुरा हो। भने यस राजनितीक संगठनलाई गुमनाम तथा समाप्त पार्न विभिन्न षड्यन्त्रकारी तत्वहरु दिलो ज्यान लगाएर रातोदिन लागिपरे। त्यसैको प्रत्येक्ष वा अप्रत्यक्ष असरले गर्दा खेरि नै यो संगठनले भनेको जस्तो मुलुक वा विश्वव्यापी रुप लिन सकेन।  संगठनको प्रचारप्रसार, प्रशिक्षण, नगर अधिबेशन, जिल्ला अधिबेशन देखि लिएर विभिन्न कार्यक्रमहरु सफल हुन नदिन जहिल्यै पनि कुनै न कुनै पक्षबाट हस्तक्षेप गिरहरे। एउटा लोकतान्त्रिक राजनितीक संगठनका बिभिद कार्यक्रमलाई बिफल पार्न लोकतान्त्रिक मुलुककै सरकार अग्रपंतिमा छन्।

यहि १ जनवरी २०१९ को दिन मंगोल नेशनल अर्गनाइजेसनको ३० अौं स्थापना दिवस दाङ जिल्लाको घोराही उपमहानगर पालिकामा सम्पन्न हुँदैछन्। यसै स्थापना दिवसलाई सभ्य र भव्य रुपमा सौहार्दपुर्ण बातावरणमा सम्पन्न गराउनको  निमित्त mno का नेता तथा कार्यकर्ताहरुले विभिन्न घरदैलो अभियान, प्रशिक्षण तथा भित्तेलेखन अभियानलाई तिब्र रुपमा अगाडि बढाउँदै छन्। लोकतान्त्रिक मुलुकमा लोकतान्त्रिक संबिधानको भाग २९ को राजनितीक दल सम्बन्धि ब्यवस्था को धारा २६९ मा ब्यवस्था गरिए अनुसार एउटा लोकतान्त्रिक राजनिती संगठनले आफ्नो कुनैपनि कार्यक्रम गर्न पाउने स्वतन्त्र अधिकार सुनिश्चित छन्।



यसै बिधान अनुरुप लोकतान्त्रिक राजनितीक संगठनले उपभोक गर्न पाउने स्वतन्त्र अधिकार अनुसार नै मंगोल नेशनल अर्गनाइजेसनले देशब्यापी रुपमा सांगठनिक तथा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दैछन्।

                 यसै सिलसिलामा संगठनको ३० अौं स्थापना दिवसको कार्यक्रमलाई ब्यपक बनाउनको निमित्त भित्ते लेखन अभियानमा खट्नु भएको मुलवासी मंगोलका केही जुझारु कार्यकर्ता हरुलाई लोकतन्त्रवादी सरकारका प्रशासनले माथिको आदेश भन्दै लोकतान्त्रिक संबिधानको धजिया उडाउँदै असंवैधानिक पुर्वक हिरासतमा राखिएका छन्। प्रहरीले थुनामा राख्नुको कारण भने हामी मंगोल हिन्दु होइनौंं, हिन्दु चाड मन्दैनौं, जातजाति भन्दैनौं भन्ने मंगोल नेशनल अर्गनाइजेसनका नाराहरु रहेको बताएका छन्। सरकारले मंगोल नेशनल अर्गनाइजेसनका यी योद्धाहरु लाई छिटोभन्दा छिटो बिनासर्त रिहा गरि लोकतन्त्रको सम्मान गर्न अनुरोध गर्दछौं।
जै मंगोल!    जै मुलवासी!!

Friday 28 December 2018

मंगोल नेशनल अर्गनाइजेसनको ३० अौं स्थापना दिवस मलेसियामा पनि मनाउँदै:




मिति १ जनवरी २०१९ मा mno को ३० अौं स्थापना दिवस विभिन्न प्रस्तुतिका साथै मलेसियाको क्वालालम्पुरमा भव्य रुपपमा सम्पन्न गराउने भएको छ। उक्त कार्यक्रमलाई अझ बृहत् रुपमा संचालन गरि सफल पार्नको लागि मलेसियाको बिभिन्न राज्यहरु बाट mno का जुझारु युवा नेता तथा कार्यकर्ताहरु सहभागी हुने कुराको पनि जानकारी गराउनु भएको छ। लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तियाता को राजनितिक लडाइ विगत ४८ बर्ष देखि नै लेख्दै बोल्दै आउनु भएको एक मात्र युग पुरुष डाक्टर गोपाल गुरुगं ज्यु हुन्। लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तियाताको आवाज उठाउदा आफ्नै मुलुकमा न्याय खोज्दा वर्णभेदि निरङ्कुस राजाको सरकारबाट सन १९८८ मा दुइ मुद्धाहरु १) राजगद्धि ताकेको र २) साम्प्रादायिक फैलाएको भनि वहाँ उठाउनु भएको आवाज हरुलाई दबाउनको निमित्त भद्रगोल जेल पठाइएको थियो। युग पुरुष डा. गोपाल गुरुङ ज्यु ले जेल भित्र मूलबासि मंगोलहरुको मुक्तिको लागि १ जनवरि १९८९ मा खोलिएको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसन  अर्थात MNO (Mongol national organaization) हो। 

                 यसको प्रमुख उदेश्य भनेकै लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तियाता (संघियता) लाई संस्थागत गर्ने र नेपाल मा रहने ८०% अहिन्दु मुलवासी मंगोलहरुले गुमाएको आफ्नो वास्तविक अस्तित्व जुन मुलवासी भन्ने शब्द नेपालको संबिधानमा किटानका साथ लेखि गरि ग्यारेन्टि गर्नु को साथै समस्त नेपालीहरुमा समानता, भातृत्व र स्वतन्त्रता तथा न्यायपुर्ण भेदभाव रहित समाजको निर्माण गर्नु रहेको छ।



यसैगरि mno प्रवास सभा मलेसियाले पुर्व सुचना जारी गरि अन्य अहिन्दु मुलवासी मंगोलहरुलाई समेत उक्त कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा गर्नु भएको छ। र सांस्कृतिक क्रान्तिप्रति लगाव हुने मित्रहरुले आफ्नो रचनाका गीत, गजल तथा अन्य कलाहरु प्रस्तुत गर्न सम्पुर्ण मुलवासी मंगोलहरुमा अपिल समेत गरिसकेको कुरा अवगत गराउनु भएको छ।



mno प्रवास सभा मलेसियाको आयोजनामा हुने उक्त कार्यक्रम नयाँ बर्षको पहिले दिन मंलवार बिहानको १० बजेदेखि अौपचारिक रुपमा सञ्चालन गर्ने र उक्त कार्यक्रममा प्रवासी कलाकारहरुले बिभिन्न किसिमको कलाकारिताहरु समेत प्रस्तुत गरिने भएको जानकारी समेत गराउनु भएको छ।





बाँकेमा MNO को जिल्ला तदर्थ सभा गठन कार्य सम्पन्न:


   MNO केन्द्रका मुलसचिव थमन बुढा मगर

मिति 2075 पौष 13 गते तदनुसार सन् 28 Dec 2018 का दिन बाँके जिल्लामा MNO 5 नं.प्रान्तीय सभा सचिब जनप्रसाद मिदुन मगरको अध्यक्षतामा MNO केन्द्रिय सभा मुलसचिब थम्मन बुढामगरको प्रमुख आतिथ्यतामा र केन्द्रिय सदस्य तथा अनुशासन सभा सदस्य लाल दर्लामीको सञ्चालनमा प्रशिक्षण सम्पन्न गरियो।
             
                उक्त प्रशिक्षण कार्यक्रममा MNO दाङ जिल्ला सल्लाहकार वेद बहादुर थापामगर तथा MNO शुभचिन्तक ज्ञानुमाया रेउलेको पहलमा कार्यक्रम भएको थियो।कार्यक्रमका प्रमुख अतिथि थम्मन बुढा मगरज्युको प्रशिक्षण पश्चात कालुराम थारुको अध्यक्षतामा 11 सदस्यीय बाँके जिल्ला  तदर्थ सभा गठन भएको छ जसमा जिल्ला सचिब दुर्ग बहादुर श्रेष्ठ सहसचिवमा चैनु प्रसाद थारु र कोषअध्यक्षमा पुन्वा थारु चुनिनुभएको छ ।नवगठितMNO बाँके जिल्ला तदर्थ सभाका सम्पूर्ण पदाधिकारी ज्युहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछु।
जै मंगोल।

 mno जिल्ला तदर्थ सभा गठनका तस्बिर


   mno का केन्द्रीय मुलसचिव ज्यु ले स्पीच दिनुहुँदै






Monday 24 December 2018

MNO को ३० अौं स्थापना दिवसको अन्तिम तयारी हुँदै : भिडियो सहित हेर्नू होला।


दाङ,
मंगोल नेशनल अर्गनाइजेसन ५ नं प्रदेश सभाका आयोजनामा यही मिति १ जनवरी २०१९ का दिन दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको सहिद मञ्चमा बृहत् रुपमा हुन लागिरहेको मंगोल नेशनल अर्गनाइजेसनको ३० अौं स्थापना दिवस लाई सभ्य तथा भव्य रुपमा सम्पन्न गराउनको निमित्त mno ५ नं प्रदेश सभाले घरदैलो अभियान नै सुरुवात गरिसकेका छन्।

mno का नेता तथा नेतृहरु घरदैलो कार्यक्रम तिर


mno को ३० अौं  स्थापना दिवसको पोष्टर लगाउँदै


mno का जुझारु युवा नेतृहरु

 साथै उक्त कार्यक्रमलाई सफल पार्नका लागि केही दिन देखि mno ५ नं प्रदेश सभाका जुझारु मंगोल नेता तथा कार्यकर्ताहरुलाई थप साथ र सहयोग गर्न मुलुक भरका विभिन्न जिल्लाबाट mno का नेता तथा कार्यकर्ताहरु दाङ प्रस्थान गरिसकेको कुरा पनि अवगत गराउन चहान्छौं।

स्थापना दिवसको प्रचारप्रसारका क्रममा पोष्टर लगाउँदै

यसरी विभिन्न जिल्लाबाट पाल्नु हुने mno का जुझारु नेता तथा कार्यकर्ताहरुको सहकार्यमा घरदैलो कार्यक्रम तथा बिभिन्न अभियानहरु सञ्चालन गर्दैै स्थापना दिवसको लागि आवश्यक सम्पुर्ण कार्यहरुको अन्तिम तयारीमा पुगिसकेको जानकारी पनि प्राप्त भएको छ।


mno का बिषयमा स्थानीयहरु बासीहरु संग भलाकुसारी गर्दै














mno का नेता तथा कार्यकर्ताहरु घरदैलो अभियानमा जुट्दै

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Monday 5 November 2018

मंगोल नेशनल अर्गनाइजेसन ( MNO ) को ३० अौं स्थापना दिवस तथा 5 नं प्रान्तीय सभाको ऐतिहासिक प्रथम अधिबेशन दाङको घोराहीमा हुने:





मंगाेल नेशनल अर्गनाइजेसन (MNO) जिल्ला सभा दाङले संगठनको 30 अौं स्थापना दिवसलाई सभ्य तथा भब्य रुपमा सम्पन्न गराउनको निमित्त सम्पुर्ण कार्यहरुको बन्दोबस्त गरिरहेका छन्।

"मुलवासी मंगाेल एकता अाजकाे राष्टिृय अावश्यकता" भन्ने मुल नाराका साथ मिती 2075/09/17 पाैष, तदनुसार सन् 1 जनवरी 2019 को दिन दाङकाे सुन्दर नगरी घाेराही उपमहानगर पालीका 15 सहिद मन्चमा मंगाेल नेशनल अर्गनाइजेसन काे 30 अाैं स्थापना दिबस तथा खुल्ला सभामा उपस्थित भइदिनुहुनको लागि सम्पुर्ण मुलवासी मंगोलहरुमा MNO जिल्ला सभा दाङ हार्दिक निमनत्रणा गर्दछाैं!

जै मंगाेल, जै मुलबासी!

Friday 2 November 2018

मंगोल नेसनल अर्गनाइजेसनको केन्द्रिय आर्थिक बिभागको बैठक चितवनको family hotel मा सम्पन्न :




जै मंगोल
आज मिति 2075/7/16 गतेका दिन मंगोल नेसनल अर्गनाइजेसनको केन्द्रिय आर्थिक बिभागको बैठक चितवनको family hotel मा केन्द्रिय आर्थिक बिभागका संयोजक धनप्रकाश खिम्दुङ्को सम्ंयोजकत्वमा सम्पन्न भयो।



बैठकमा केन्द्रिय आर्थिक बिभागका सद्स्यहरु सोम गुरुङ्ग,शान बहादुर मेचे,केशु रास्कोटी मगर र धनमाया तमाङ्ग उपस्थित हुनुभएको थियो।यो बैठक बिशेसगरि युग पुरुष डा•गोपाल गुरुङ्गको जुन सपना थियो Mongol Resarch center बनाउने त्यसैलाई प्राथमिकता दिएर बसिएको थियो।अब छिट्टै नै Mongol resarch center बनाउन सुरु गर्दै छौं त्यसैको लागी हामिलाई आर्थिकको ठुलो खाचो भएकोले यो बैठकबाट हामीले देश बिदेशमा रहनु हुने सम्पुर्ण मुलबासी मंगोलहरुलाई सहयोगको लागी अपिल गर्ने निर्णय पारित गरियो।



हामी तपांईहरुलाई आधिकारिक रुपमा सहयोगको लागी पत्राचार पनि गर्नेछौं र हामिले अब छिट्टै नै संगठनको नाममा बैंक खाता खोलेर तपाईंहरुलाई बैंक खाता उपलब्ध पनि गराउनेछौं।यो Mongol Resarch center हाम्रो लागी मात्र होइन यो त अब आउने हाम्रो भाबी सन्तती सङ्गै बिश्वमा रहेका मंगोल बर्णको लागी हुनेछ,त्यसैले यो सहयोग भनेको बिश्वमै ऐतिहासिक हुनेछ।र यो Mongol resarch center लाई  सहयोग गर्दा रु• 5000 हजार भन्दा माथी सहयोग गर्नेको नाम शिलालेख मा लेखिनेछ।
जै मंगोल, जै मुलबासी

Thursday 1 November 2018

बलिहाङ पर्वमा भैलो खेल्दा बलिराजाले पठाएको भन्नुको कारण यस्तो रहेछ। [थाहा पाउँदा सबैजना आश्चर्यचकित ]


           बलिराजा


अझ यतिसम्म भन्न भ्याएका छन् कि दानव कुलका शक्तिशाली बलिराजाले इन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ ? कसले देखेको छ स्वर्ग ? यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के गाईको पुजा गरे होलान् र ? पञ्चायतकालसम्म रुकुमको मैकोटमा बकाइदा गाईको बलि चढाइन्थ्यो, मगर पुजारीद्वारा । दिदीबहिनी दाजुभाइको मिलनको चाड तिहारको रमाइलो पक्ष भैलो र देउसीको नाचगान हो । भैलो तथा देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रौसिन्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले भैलो तथा देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो ।

नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथि घिरौला के के दिन्छन् हेरौला भन्दै खुब फुक्र्याइन्छ । त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ । साँच्चै को थिए बलि राजा ? कुन मुलुकका हुन् ? अनि के संकट पर्‍यो ? नेपालमा गणतन्त्र घोषणा हुँदा राजा ज्ञानेन्द्रलाई आपत परेको बेला सिंह दरबार छाडेर नागार्जुन बास माग्ने अवस्था जस्तै भएको थियो तिनलाई ? कुन जुगका थिए ती ? कि जहिले पनि तिनले पठाको भनेर पैसा मागिन्छ ? हरेक तिहारमा यस्ता प्रश्न सबैका मनमा उठ्नु स्वभाविक नै हो । यसको उत्तर पाउन त्यति सजिलो छैन ।

     बलिराजा

भैली खेल्दा किन बलिराजाले पठाएको भनिन्छ त ? हे भन–भन भाई हो फाईलो (भईलो–भैलो) हे हामी त्यसै आएनै फाईलो (भईलो–भैलो) हे बलिराजा (बलिहाङ) ले पठाका फाईलो (भईलो–भैलो) बलिहाङको (मगर भाषामा हाङको अर्थ राजा हुन्छ) सम्मानमा तिहारको देउसी, भैलो सुरु भएको हो । इशाको १४ औं शताब्दीतिर वर्तमान पाल्ला जिल्ला बल्ढेङगढी गाविस क्षेत्रमा बलिहाङ रानामगरले स–साना मगर राज्यहरुलाई एकीकरण गरि शक्तिशाली राज्यको स्थापना गरेका थिए (राजाराम सुवेदी, २०६३, ८–९) उनको राज्यको सिमाना मगरा“तदेखि भारतको गोरखपुरसम्म फैलिएको थियो ।

मगरातमा मगर अरमुडि राजा पछिका अर्को शक्तिशाली न्यायप्रेमी र लोकप्रिय राजाका रुपमा बलिराजाले शासन गरेका थिए । इतिहासविद् इमानसिंह चेम्जोङका अनुसार बलि राजाको पाल्पाको बल्ड्याङगढीदेखि भारतको गोरखपुरसम्म उनको राज्य फैलिएको थियो । तिहारमा देउसी भट्टाउँदा भनिन्छ, ‘त्यसै हामी आएका होइनौं, बलि राजाले पठाएको… ।’ ‘बलि राजा’ भनेकै राना मगरका वंश थिए । त्यसैले तिहार चाड मगरको हो भन्ने छ । यो चाड धेरैपछि मात्र हिन्दू दर्शनशास्त्रमा सम्मिलन हुन पुगेको हो । पश्चिमाञ्चल मगराँत क्षेत्रमा प्रचलित तिहार पर्वको मिथकमा संस्कृतिविद्, इतिहासकारहरुले लेखेका छन्, ‘बलिहाङ राना मगर (बलिराजा) न्यायप्रेमी, धर्मात्मा, भविष्यवेत्ता राजा थिए । रैतिहरुलाई यतिसम्म खुसी पारेका थिए कि उनको मृत्युसम्मको कुरासम्म सुन्न सक्दैनथे ।’

एकदिन बलिराजालाई मृत्युको दिव्य ज्ञान भएपछि जनताहरुलाई बोलाएर भनेछन्, ‘जसरी हामीहरु एकआपसमा मिलेर बसेका छौं, त्यसरी नै मिलेर बस्नु अब मेरो मृत्यु कातिक महिनाको औसीको रातमा हुँदैछ ।’ यो खबर सुनेपछि सारा जनताहरु शोकमग्न भएर रुँदै कराउँदै कस्तो विपत आइलाग्यो भन्दै राजालाई बिन्ती गरे ‘तपाईलाई बचाउन के उपाय गर्न सकिन्छ ?’ त्यसपछि राजाले भने, ‘मलाई लिन काल आउँदा सबैको घरमा उज्यालो राखेर उनलाई अनुरोध गरी फकाउन सक्यौ भने म बाँच्न सक्छु ।’ त्यसपछि प्रजाहरु निकै खुसी भए । अनि राजाले भनेकै दिन यमराजले पठाएको काल, राजालाई लिन आउने बेला सबैले घरघरमा दियो बत्ति बालेर खान, पिउन छाडेर जागा बसेर फाइलो–फाइलो भट्याउँदै प्रार्थना गर्न थाले ।

काल आएर राजालाई लिन खोज्दा सबै रैतिले भट्याउँदै फाइलो–फाइलो भन्दै राजालाई नमार्न अनुरोध गरिरहेकोले राजाप्रति रैतिहरुको प्रगाढ सम्मान, त्यतिबेलाको कहालीलाग्दो वातावरणले गर्दा कालको पनि मन फिरेछ र राजालाई प्राणदान दिएर आफ्नो बाटो लागेछ । जनताले कालदेखि बचाउँदा भावविहल भई बलिराजाले ३ दिनसम्म खुसीयाली मनाउन आदेश दिएकाले त्यसदिन घरघरमा सबैले झिलीमिली बत्ति बालेर मिठो मसिनो खाए । आ–आफ्नै घरमा भएका दाजुभाइले दिदीबहिनीको हातबाट टिका लगाएर मासु, सेलरोटी, जाँडरक्सी पिएर रमाइलो गरे । उमंगको खुसीयाली साट्दै फाइलो–फाइलो भन्दै रातभरी खुसीयाली मनाए । मगर भाषामा फाइलोको अर्थ हामीले बचायौं भन्ने हुन्छ । बलिराजाको दीर्घायुको कामना गर्दै त्यही बेलादेखि देउसी भैलो खेल्न सुरु गरिएको हो ।



त्यतिबेला खुसीयालीमा निकै लामो नाँच सोरठी ९ठूलो नाँच, नचरी० नाँचियो । त्यहीबेला सोरठी नाँच्नेहरुले बलिराजाको आख्यान जोडेर नाँच्न गाउन थालेको तिहार पर्व आजभोली फाइलो भन्न छाडेर भैलो भएको छ । त्यही फाइलो–फाइलो भन्ने शब्द अपभ्रश भएपछि कालान्तारमा भैलो हुन गएको विभिन्न अध्ययनले देखाएको छ । तर, नेपालको हिन्दूसापेक्ष एकजातीय शासन सत्ताले हरेक संस्कृतिलाई हिन्दूकरण गरे झै फाइलो–देउसी अर्थात् हालको भैलोलाई पनि हिन्दूकरण गरेको छ । यो पर्व हिन्दूकरण हुनुको मुल कारण इतिहासकार तथा अध्येताहरु पनि तागाधारी र हिन्दूहरु भएकोले आफूलाई सजिलो हुने गरी सार्वजनिक गर्ने र त्यही अनुसार व्याख्या गर्नाले हो ।

सदियौंदेखि लाटा अनि एकात्मक शासन व्यवस्थाबाट पिल्सीदै आएका र अध्ययन, खोज र अनुसन्धानमा खासै चासो नदिने मगर जाति र अन्य जनजातिकै कारण यस्तै मौलिक महत्व बोेकेका अनेकौं हाम्रा संस्कृतिहरु हिन्दूकरण भएका छन् । मगर राजाको इतिहासँग जोडिएको यस्तो ऐतिहासिक पर्वलाई तागाधारीले पुराण कथासँग जोडेर व्याख्या गर्ने गरेका छन् । उसो त उनीहरुले पनि बलिराजालाई दानी व्यतित्वका रुपमा व्याख्या गरेर जसले जे माग्यो, त्यही दिने अति उदार स्वाभावका भनेका छन् । अझ यतिसम्म भन्न भ्याएका छन् कि दानव कुलका शक्तिशाली बलिराजाले इन्द्रको स्वर्ग कब्जा गरे । कहाँ छ त्यो स्वर्ग भन्ने ठाउँ ?

कसले देखेको छ स्वर्ग ? बलिहाङ राजा ईशापूर्व १४ औ शताब्दीका मगर राजा पाल्पाका थिए भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । उनले कहिल्यै स्वर्ग कब्जा गरेनन् र स्वर्ग भन्ने कस्तो हुन्छ उनले कहिल्यै देखेनन् न त अहिलेसम्म कसैले स्वर्ग देखेको छ । केही मगर इतिहासकार र अध्येताले यसलाई मगरको इतिहास बग्याउने प्रपञ्च हो भनेका छन् । बरु बलिराजाले पाल्पा आसपासमा भएका स–साना मगर राज्यहरु कब्जा गरेर शक्तिशाली र निकै दानी राजा भएर बसेका थिए जसमा एकमत छन्, इतिहासकार । तर त्यता नलागी हामी संसारमा अस्तित्व रहेको तत्वहरुमाथि छलफल गर्न सक्छौं ।

बलि हिन्दू पुराणमा उल्लेख प्रसिद्ध दानव राजा हिरण्य कश्यपका पनाती, प्रह्लादका नाति, विरोचन र सुरुचिका छोरा थिए भनिएको छ । यसमा सत्यताभन्दा किंवदन्ती बढी देखिन्छ । पुराण यथार्थसँग कतै गएर मिल्दैन । यो केवल काल्पनिक कथामा संयोगले बलि त्यहाँ जोडिन आइपुग्छन् । आधुनिक अनुसन्धानले देखाएको छ, स्वर्ग र नर्क नामको अस्तित्व पुराना धामिर्क पुस्तकहरु बाहेक अन्यत्र कतै छैन । यो ब्रह्माण्डमा केवल ९ वटा ग्रह मात्र छन् । ती ग्रहमध्ये एक पृथ्वी नामक ग्रहमा मानिसको बसोबास छ भने अन्य कुनै स्थानमा मानिसको बसोबास पाइएको छैन । अनि कसरी पत्याउने बलिराजाले ईन्द्रको स्वर्ग भन्ने राज्य कब्जा गरेको ?

स्वर्गलोक, मत्र्यलोक, पाताल, महापाताल आदि त पृथ्वीका विभिन्न भूभाग र दिपहरु हुन् । तथापि पाल्पा राज्य त्यति बेलाको समृद्ध राज्य भएकोले त्यसलाई ‘स्वर्ग’ भनिएको त होइन, अध्ययनको विषय चाहिँ हुन सक्छ । बलिराजाले ३ दिनसम्म खुसीयाली मनाउन भनेकाले खास तिहार पनि ३ दिन मात्रै हुन्छ । ३ दिन नै यसलाई धुमधामसँग मनाइन्छ । अहिले लक्ष्मी पूजा भनेर मनाइने दिनदेखि नै तिहार पर्वको रौनक बढ्छ । यो हिन्दू लक्ष्मी पूजा हो या अन्य कुनै देवी धेरै खोजिनीति भएको छैन । तर, यस दिन औंसी अर्थात् कालरात्री पर्ने हुनाले त्यतिखेरको प्राकृतिक पुजक मगरहरुले यसलाई महत्व दिएका त होइनन्, सोचनीय छ ।

किन कि त्यतिन्जेल मगर समुदाय हिन्दूकरण नभइसकेको हुनाले समुदायत रुपमै हिन्दू देवी पुजिनु तर्क संगत देखिदैन । औंसीकै दिन बलिराजालाई काल लिन आएको विश्वास गरिन्छ । त्यही काललाई जीतेको दिनदेखि ३ दिनसम्म तिहार मनाइन्छ । केहीले हिन्दू मिथक र त्यसबाट सृजित मान्छेको वहिखाता राख्ने यमराज नभई बलि राजालाई लिन आउने त्यही समुदायले मान्ने अदृश्य शक्ति ‘काल’ हो पनि भन्ने गरेका छन् । तर यो पर्वमा इतिहासभन्दा पुराणमा प्रयुक्त हुने मिथकका रोमान्चकता बढी आउने हुनाले यो पर्व वास्तविक भएर काल्पनिकताको जगमा उभिएको जस्तै हुन गएको छ । मुलतः श्रुतिको आधारमा हिन्दू पृष्ठभूमिका अध्येताहरुले यो इतिहास लेखेको हुनाले तिनले आफ्नो मान्यतालाई यसमा मिसाउन खोज्दा यो एउटा कथा जस्तो हुन गएको छ ।

इतिहास जसको हातमा कलम छ उसैले हो लेख्ने । त्यसो गर्दा आफ्नो समुदायको स्वार्थ गाँसिन्छ नै । यो पर्वमा पनि त्यो देखिन्छ । चलाख इतिहासकारहरुले यो तिहार पर्वलाई आफ्नो अनुकूल बनाउन यतिसम्म गरे कि ३ दिनको तिहारलाई आफ्नो धर्म यमपञ्चकसँग जोडेर व्याख्या गरे । मगरको सरोकार नै नभएको यमराजलाई त्यही घुसाइयो । मानिलिऊ, प्रकृति पुजक मगरले काग पूजा, कुकुर पूजा, गाई पूजा , गोरु पूजा, भाई टिका लगाउने चलन चलाएका पनि होलान् । किन कि प्रकृतिपुजकहरुले सूर्य, चन्द्र, तारा, वायु र पशुपंक्षी लगायत वनजंगललाई खुसी राख्नुपर्छ भनी पुजा गर्छन् । तर सिन्धु घाँटी हुँदै भारतद्विपमा प्रवेश गरेका आर्यहरुले आफूभन्दा समृद्ध यो सभ्यतालाई काल्पनिक कथासँग जोडेर आदिवासीका संस्कृति र परम्परालाई वर्णशंकर बनाइदिएको करिब सबै इतिहासकारहरुको सहमति देखिन्छ । फाइलो त्यो राजनीतिबाट उम्कन सक्ने कुरै भएन ।

यहाँ अर्को प्रश्न पनि उठाउने गरिन्छ, गाई काटेर खाने मगरले के गाईको पुजा गरे होलान् र रु पञ्चायतकालसम्म रुकुमको मैकोटमा बकाइदा गाईको बलि चढाइन्थ्यो, मगर पुजारीद्वारा । पछि तिनलाई पक्राउ गरिएको थियो । अहिले पनि रुकुम रोल्पाका मगरहरुले गाई काटेर खाने चलन बाँकी नै छ । सांस्कृतिक रुपमा पर्गेल्दा केही विदेशी अध्येताहरुले मगरको नेपाल प्रवेश तिब्बतबाट रुकुम हुँदै भएको भनेका छन् । त्यसो त अहिले गाईलाई माता भनी पुज्नेहरुले कुनैबेला यज्ञमै गाईको बलि दिइ मासु खाने गरेको शास्त्रमै भेटिन्छ । स्वर्गका देउता भनिएका ईन्द्रले समेत कलिलो गाईको मासु र सुराको वर्णन गरेका छन् ।

त्यतिबेला गाई, घोडा, हात्ति जस्ता प्राणीको बलि चढाइन्थ्यो । यो प्रचलन बुद्धकालसम्म भेटिन्छ । बुद्धले यज्ञका नाममा हुने प्राणी हत्याको विरोध गरेपछि उनीभन्दा क्रान्तिकारी देखिन त्यतिबेलाका पण्डितहरुले गाईलाई माता बनाई पुजा गर्न थालेका हुन् । (रजनीकान्त शास्त्री, हिन्दू धर्मका उत्थान और पतन) इतिहासकार, अध्येता अर्थात कलम बोकेका तागाधारी लडाकाहरुले काग पूजा, कुकुर पूजा, गाई पूजा, गोरु पूजालाई आफ्नो शास्त्र अनुकूल व्याख्या गरी तिहारलाई यमपञ्चक भन्नु भनेको मगरहरुको मौलिक पर्वलाई तोडमोड गर्नु हो । अर्को कुरा फाइलोमै चलाइएको सोरठी नाँचलाई पछिल्लो समय हिन्दूवर्णाश्रममा आधारित बनाइएको छ । यो नाँच र गीतमा हिन्दू राजाको बयान गरिन्छ । तर, वास्तावमा यो नाँच तिनै बलिराजाको कथासँग जोडिएको छ ।

मगर राजाले स्थापना गरेको मगरको मौलिक पर्व तिहार हिन्दूहरुको मिथकस“ग जोडेर यम पञ्चक भनेर भ्रम सिर्जना गरिएको छ । अझ पछिलो समय त यतिसम्म गरिएको छ कि भैलो–भैलो भन्न छाडेर भैलीको पछाडि राम थपेर भैलीराम भन्दै भट्टयाउने गरिएको छ । फाइलो–फाइलोबाट अपभ्रंश हुँदै भैलोसम्म आइपुग्यो । यदि मगरहरुले आफ्नो इतिहासलाई नखोज्ने, अनुसन्धान, अध्ययन नगर्ने हो भने कालान्तरमा हाम्रो पूर्खाहरुले भैलीराम नै भन्नेछन् । अनि मगर राजा बलिहाङले चलाएको एउटा ऐतिहासिक पर्व तिहारलाई पूरै हिन्दूकरण गरिनेछ र भनिनेछ– मगरहरु परापूर्वकाल देखि नै हिन्दू थिए । यदि गम्भीर नहुने हो भने दास बनाउने सबैभन्दा पुरानो र अहिलेसम्म चलिरहेको अचुक यो अस्त्रबाट मगर पहिचान धुलिसात हुनेछ ।

पिकेखबर र जनबोली.com बाट साभार

Thursday 11 October 2018

MNO जिल्ला सभा नुवाकोटले चक्र बहादुर तामाङको अध्यक्षतामा 10 जनाको बिदुर नगरपालिकाको 13 नम्बर वडासभा गठन गरियो :




मिति 11अक्टोबर 2018,(2075-06-25) मंगोल नेशनल अर्गनाइजेसन नुवाकोट जिल्ला सभाको नेतृत्वमा विदुरनगरपालिका वडा नम्बर 13 आम्थङमा MNO नुवाकोट जिल्लासभाको अध्यक्ष चन्द्र लोप्चन तामाङको सभाध्यक्षतामा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाको सदस्य रिन्चेन दोर्जे तामाङ ,विशेष अतिथि MNO केन्द्रिय सभाको सदस्य काशिमा तामाङ ,विशेष अतिथि MNO केन्द्रिय सभाको  सदस्य  प्रेम श्रेष्ठ अतिथिहरु 3 नम्बर प्रदेशसभाको सदस्य दिलमान तामाङ ,3नम्बर प्रदेशसभाको सदस्य कर्म तामाङ ,3 नम्बर प्रदेशसभाको सदस्य कबिन राना मगर त्यसैगरी MNO  प्रवास सभा कतारको सचिब बिर बहादुर तामाङ (बिरू)ले प्रशिक्षण साथै मन्तव्य दिनुभएको थियोे।



 यसैगरी बृहत प्रशिक्षण कार्यक्रम सब्यभब्यताका साथ सम्पन्न गराउनु साथसाथै मंगोल नेशनल अर्गनाइजेसन नुवाकोट जिल्लासभाको सदस्य शेरबहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको र MNO नुवाकोट जिल्लासभाको सचिब प्रदिक्षा मंगोलले कार्यक्रम संचालन गरेको हो भने उक्त प्रशिक्षण पश्चात चक्र बहादुर तामाङको अध्यक्षतामा 10 जनाको बिदुर नगरपालिकाको 13 नम्बर वडासभा गठन गरियो।



जै भुमिपुत्र, जै मुलवासी
जै मंगोल

Monday 8 October 2018

MNO को 30 औं स्थापना दिवस संगै 5 न.प्रान्तको प्रथम अधिबेशन दाङ जिल्लाको घोराही बजारमा ।





MNO को 30 औं स्थापना दिवस संगै 5 न.प्रान्तको प्रथम
अधिबेशन दाङ जिल्लाको घोराही बजारमा हुने भएको छ।

मिति 2075 असोज 20 गते मंगोल नेशनल अर्गनाइजेसन 5 न.प्रान्तीय सभा अध्यक्ष दिपक थापामगरको अध्यक्षतामा बसेको 5 न. प्रान्तीय सभाको दोश्रो बैठकले MNO को 30 औं स्थापना दिबस संगै 5 न. प्रान्तको प्रथम अधिबेशन दाङ जिल्लाको घोराही बजारमा आयोजना गर्ने निर्णय पारित गरेको छ।
             स्थापना दिवस साथै प्रान्तीय अधिबेशन सभ्य र भब्य रुपमा सफल पार्नको निमित्त दिपक थापामगरको संयोजकत्वमा 51 सदस्यीय आयोजक सभा गठन गरिएको छ। भने स्थापना दिबस तथा प्रान्तको प्रथम अधिबेशनलाई थप ऐतिहासिक र  सानदार ढंगले सभ्य र भब्य रुपमा सफल पार्न आयोजक सभालाई सहयोग पुर्याउन 10 ओटा बिभाग गठन गरि सम्पूर्ण पदाधिकारी र सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरिएको छ।
जै भुमिपुत्र, जै मुलवासी
जै मंगोल।

Sunday 7 October 2018

बिजया दशमीको वास्तविकता यस्तो रहेछ: एकपटक अवश्य पढ्नु होला।



महान असुर सम्राट महिसासुर सहादत दिवस***

दुर्गा भाउज्यु ,

प्रणाम , नमस्कार ,झोर्ले ,फ्याफुल्ला, जोजोलोप्पा ,सेवारो , पाइलागु !!!

दुर्गा भाउज्यु आजभोलि तिम्रो जय जयकार भैरहेकोछ , तराइमा जताततै कानफोड भजन तथा अस्लिल गीत,संगीत ,स्वागत द्वार तिम्रो सम्झनामा लाखौ कडोडौको प्रतिमा बनाएर स्वागत हुदैछ !  तिमि मात्र होइन , तिम्रो सबै दिदि बहिनि को पनि धुमधाम पुजा अर्चना हुदैछ ! तिम्रो नाममा लाखौ कडोडौ़ पशुको बलिदिए तिमिलाइ खुशी बनाउने प्रयत्न गर्दैछ !

     पहाड़मा त झन तिम्रो भक्तहरुले दशौं दिन तिम्रा लागि उपवास बसिहरन्छ, तिम्रो विययोत्सव मा पहाड़ मा पाहाडेहरुले पशुबलि दिएर निधारमा रगतको टिका लगाउंछ ! तिमिले कुन त्यस्तो महान कार्यगरेकि रहिछौ र तिम्रो यत्रो धुमधाम र गुणगान गरिन्छ ।

     मेरो प्यारो दाजु महिसाअसुर संग तिम्रो माया बसेको त थिएन , तर तिमलाइ विष कन्या को रुपमा तिम्रै बाबु बाजे ले प्रयोग गर्यो ! तिमिले तिम्रो बाबु,बाजेको योजनाअनुसार  हाम्रो दाजु  महान मुलवासी सम्राट  महिसासुर संग झुठो प्रेम गर्यो !आफ्नो रुप यौवनको जालमा फसायौ र यस योजनामा तिम्रा सात जना दिदि वहिनिलाइ पनि प्रयोग गर्यौ !
तिमिहरुको बाबु ,बाजेको उद्देश्य अनुसार तिमिलाइ हाम्रो दाजु महिसासुर को हत्या गर्न विषकन्या को रुपमा प्रयोग गरेको थियो  ! तिमिले तिम्रो दिदि,वहिनि समेतको प्रयोग गरेर योजनाबद्ध तरिकाले आफ्नो यौवन सुम्पिएर सोझा ,सिधा ,दयावान, उदार प्रवृत्ति को महान सम्राट लाइ हत्या गरिदियौ !

        तिमि पनि दोषि त होइनौ  दुर्गा भाउज्यु तिमिलाइ पनि प्रयोग गरेको थियो र तिमिले हाम्रो दाजुको हत्या गरे लगतै तिम्रो आफन्तहरुको पोल पर्दाफाश हुन्छ भनि तिम्रो पनि हत्या गरियो ! तिम्रो हत्याको पोल खुल्छ भनि तथाकथित देवि को रुपमा तिमिलाइ स्थापित गरियो ! यसमा तिम्रो पनि दोष त छैन किनकि
बाहुनले प्रयोग गरको प्रत्येक व्यक्ति को अन्त्य यसरि नै भएको छ !

    जे होस दुर्गा भाउज्यु तिमिले हाम्रो दाजु महिसासुर लाइ हत्या गर्यौ त्यो तिम्रो कुबुध्दि थियो किनकि महिसासुर को हत्याले तिम्रो उद्देश्य पुरा भएन तर तिम्रा बाबु,बाजेको उद्देश्य अवश्य पुरा भयो , कि उक्त हत्याको प्रणाम मेटाउन उनिहरुले तिम्रो पनि हत्या गरिदियो र आज तिमिलाइ तिम्रो हत्याराहरुले देविको रुपमा स्थापित गरिदिएको छ !

    तर दुर्गा भाउज्यु अब तिमिले षड्यंत्र पुर्वक गरेको हत्याको पर्दाफाश भै सकेको छ ! र ठाँउ ठाँउ मा दाजु महिसासुर को सहादत दिवस पनि मनाएर तिम्रो षड्यंत्र को पर्दाफाश गर्दैछौ !   माफ गर्नु भाउजु, प्रत्येक प्रयोग हुनेहरुको दशा अन्तत: तिमि जस्तै हुन्छ !
  बाइ बाइ भाउज्यु ..............................
चन्देश्वर दासको वालबाट साभार......

Friday 5 October 2018

गाउँ गाउँ जाउँ मंगोल जगाऊँ, अस्तित्व बचाअौं अभियानलाई mno बाग्लुङ जिल्ला सभाले निरन्तरता दिँदै:




आज दिनांक 5 oct 2018 तदनुसार २०७५/०६/१९ गतेका दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा बाग्लुङको आयोजनामा "गाउँ-गाउँ जाउ मुलबासी मंगोल जगाऔं, अस्तित्व बचाऔं " अभियानलाई निरन्तरता दिदै जिल्ला सभा बाग्लुङ्को निसिखोला गाउँपालिका वडा नं. 4 झिम्पामा एक प्रशिक्षण कार्यक्र सम्पन्न संगै वडा नं. 4 वडा सभा गठन भएको छ।
जानकी घर्ती मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा 2 जना सल्लाहकार सहित 13 सदस्यीय वडा सभा गठन भएको छ ।


Thursday 4 October 2018

mno प्रदेश नं ३ का नुवाकोट जिल्ला सभाले तिब्र रुपमा घरदैलो कार्यक्रम हरुलाई तिब्रता दिँदै:








 MNO नुवाकोट जिल्ला सभाले घरदैलो गर्दै सिम्बुटार बस्तिमा MNO नुवाकोट जिल्ला सभाको सदस्य राम तामाङको सभाध्यक्षतामा प्रमुख अतिथि MNO केन्द्रीय सदस्य कासिमा तामाङ , अतिथिहरु MNO तिननम्बर प्रदेशसभाको कोषाध्यक्ष कुमार तामाङ ,MNO तिननम्बर प्रदेश सभाको सदस्य कबिनराना मगर ,MNO तिननम्बर प्रदेशसभाको सदस्य पुष्पा तामाङ र MNO कतारप्रवास सभाको सचिब बिरू लोप्चन तामाङ उहाहरुले उक्त बस्तिको सयौ बासिन्दाहरुको उपस्थितिमा प्रशिक्षण दिनुभएको थियो भने उक्त कार्यक्रममा MNO नुवाकोट जिल्लासभाको सदस्य रुपेश तामाङले स्वागत मन्तब्य राख्दै जिल्ला सभाको सचिब प्रदिक्षा मंगोलले कार्यक्रम संचालक गरेको हो र उक्त प्रशिक्षण पश्चात् विदुरनगरपालिका वडानम्वर एक ``MNO सिम्बुटार टोल सभा ´´जुल्बी विश्वकर्माको नेतृत्व वा अध्यक्षतामा पन्ध्र जनाको सभागठन गरियो ।
जै मंगोल जै मूलबासी


को हुन पशुपति को भट्ट ??





मल्ल कालको अन्त्यतिर वि.स.१३८२--१३९५ मा जयस्थिती मल्लको शासनकालमा तत्कालीन नेपाल (काठमान्डौ उपत्यका) मा मल्ल शासन प्रति जनता असन्तुष्ट हुदै गएपछि राजा चिन्तित भए र शासन सता कसरि लम्ब्याउने भनि सल्लाहाकार हरुसंग राय सल्लाह गरे ! राजाको सल्लाहाकार ले  भारत को जनतालाइ युरेसिया बाट शरणार्थीको रुपमा भारतवर्ष प्रवेश गरेको बाहुनहरुले वर्णव्यबस्था र जातिवाद मा विभाजन गरि फुटाएर शासन गरेको यता पनि त्यसै गरे फुटाउ र शासन गर्न ठिक हुने सल्लाह दिए पछि नेपाल मा पनि सोहि अनुसार वर्णव्यबस्था र जातिको निर्माण गर्नको लागि भारतको बाहुनलाइ गुहारे !!!!!!

भारत बाट श्रीनाथ भट्ट को नेतृत्व मा पांचजनाको बाहुन टोलि क्रमस:(१)श्रीनाथ भट्ट(कान्यकुब्ज)  (२)रघुनाथ झा मैथिल(३)महिनाथ भट्टराइ(४)किर्तिनाथ उपाध्याय(५)रामनाथ झा लाइ विशेषज्ञ को रुपमा झिकाए र काठमान्डौ उपत्यका मा भारत को जस्तै वर्णव्यबस्था र जातिवाद को बिउ रोपे

यसरि वर्णव्यबस्था जस्तो क्रुर व्यवस्था को निर्माण गरि जनता विच उंच,निच को खाडल बनाए र शासन सता लम्ब्याए ! त्यसपछिको शासक हरुले झन संसार कै क्रुर पुस्तक मनुस्मृति लाइ नै कानुन बनाइ लागु गरे

यसरि गुण लाएपछि राजाले ति भारतिय बाहुनहरुलाइ नेपाल मै बस्न अनुरोध गरे  के सेवा गरौ भनि प्रस्ताव राखे "बाहुनटोलिको नेता श्रीनाथ भट्ट ले त्यतिवेला सबैभन्दा आम्दानि को स्रोत पशुपति को पुजारि आफु र आफ्नै वंंशज हुनुपर्ने प्रस्ताव राखे !उक्त प्रस्ताव राजाले सहर्ष स्विकार गरि भट्ट लाइ सम्मान पुर्वक पुजारि बनाइयो ।तथा अन्य बाहुन हरुलाइ समेत उच्च सम्मान गर्दै महत्वपूर्ण स्थान दिए !!

मल्ल काल अगाडि नेपाल मा वर्णव्यबस्था तथा जातिप्रथा र जातिविभेद छुवाछुत नेपाल मा थिएन ! नेपालमा बाहुनहरुको आगमन पहिलो पटक मल्ल कालमा नै हो !
जुन बाहुनको कृपाले सतासुख लगायत का भौतिक सुखसुविधा प्राप्त गरेकोछ त्यसलाइ पशुपति को पुजारी बाट किन हटाउंछ ?आज नेपाल को सर्वसक्तिमान कोहि छ भन्ने ति पशुपति को भट्ट नै हुन जसलाइ नेपाल मै सबैभन्दा बढि सुखसुविधा प्राप्त छ  यो त्यै क्रुर बाहुनको सन्तान हो जसले वर्णव्यबस्था को निर्माण गरि ८०% नेपालि लाइ बाहुनवाद को दलदल मा फसायो !!!!!!!!!

(विस्तार को लागि  मधुसुदन पाण्डे द्वारा लिखित पुस्तक " नेपालको जनजाति हरु"हेर्नुहोला )
सहयोगी मित्र हरु Purna Karki,Tamang sohan ,GB Mangol

Wednesday 3 October 2018

को हुन् त यी दशैं बहिष्कार गर्नेहरु ? वास्तविकता यस्तो पो रहेछ :




 हिन्दुहरुको महान पर्व ( चाड ) मानिने दशैंको फुलपाति २०७५ असोज ३० गते तदनुसार  16 oct 2018 मंगलबार को दिन परेको छ। यही हिन्दुहरुको महान पर्वलाई आधुनिक समाजका अहिन्दु अर्थात हिन्दु नभएका हरुले बहिष्कार गरौं भन्दै सामाजिक सञ्जाल लगायत का अन्य बिभिन्न अनलाइन मिडियाहरुमा जताततै बिरोधका भाषाहरु छताछुल्ल पोखाएको पाइयो। यत्तिमात्रै नभइकन गाउँ घर देखि शहर बजारसम्म अचेल यही बिषय व्यापक रुपमा चर्चा चलिरहेको पनि भेटिएको छन्। कसले किन यसरी एउटा धर्म बिशेषको पर्वलाई अरु धर्म मान्नेहरुले बहिष्कार गरौं भन्दैछन् त?



सरसर्ती सञ्जालहरुमा हेर्दा दशैंको बिरोध गर्दै आउनेमा मंगोल नेशनल अर्गनाइजेसन नामक एक राजनितीक संगठन भेटिएको छन्। जुन संगठनले अहिलेसम्म चल्दै र चलाउँदै आइरहेको एकात्मक नश्लवादी हरुको तानाशाही प्रबृत्ति र संस्कारको खुलेर बिरोध गर्दै आइरहेको स्पष्ट देख्न र बुझ्न सकिन्छन्। बुझ्दै जाँदा कसैले पनि दशैं मान्नै पाउँदैन भन्ने हाम्रो मान्यता नभइ हिन्दुहरुले मज्जाले दशैं मान्न मिल्ने र सकिने पनि बताएको छन्।


             उहिल्यैदेखि एकात्मक तानाशाही राज्यसत्तावादी हरुको विभिन्न किसिमको मानसिक तथा भौतिक यातना र दृश्य वा अदृश्य रुपमा दिँदै आइरहेको बिभिन्न धम्किका कारणले करोडौं अहिन्दुहरु मुलवासी मंगोल हरुले धर्म परिवर्तन गर्न बाध्य भएको र निरन्तर रुपमा दशैं नमानि नहुने परम्परा हालसम्म चलिआएको कुरा यथार्थ हो, त्यसैले हामीले यस्ता जबर्जस्ती परम्परालाई तोड्नु पर्ने, धर्म निरपेक्ष राष्ट्रमा सबैले धार्मिक स्वतन्त्रता पाउनु पर्ने र सबै जातिहरुले आ आफ्नो बिशेष चाडपर्व हरु स्वतन्त्र पुर्व मााउन पाउनुु पर्ने र त्यस पर्वहरु मनाउँदा अनिवार्य रुपमा दशैंमा जस्तै सार्वजनिक बिदा हुनुपर्नेमा मंगोल नेशनल अर्गनाइजेसनको जोड रहेको जानकारी गराउनु भएको छन्।

मंगोल नेशनल अर्गनाईजेशन पाँचथर जिल्ला सभाको अायोजनामा सदरमुकाम फिदिम स्थित अजिमा होटलको सभा हलमा एक कार्यक्रम गरि कार्यलय उद्घघाटन साथै प्रशिक्षण कार्यक्रम सम्पन्न





               
मिति २०७५/०६/१७ गते तदनुसार 3 Oct 2018 का दिन मंगोल नेशनल अर्गनाईजेशन पाँचथर र जिल्ला सभाको अायोजनामा पाँचथरको सदरमुकाम फिदिम स्थित अजिमा होटलको सभा हलमा एक कार्यक्रमको कार्यलय उद्घघाटन साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।



अहिन्दू मूलवासी मंगोल मौसम मगरको अध्यक्षतामा सम्पन्न कार्यलय उद्धघाटन तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीय सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्य अकल तामाङको विशिष्ट आतिथ्यता रहेको थियो ।



कार्यक्रममा प्रमुख अतिथि संतोष तामाङले उपस्थित कार्यकर्ताहरुलाई संगठनको निति, सिद्धान्त र कार्यकर्ता व्यक्तिव विकास सम्बन्धि प्रशिक्षित गराएका थिए । त्यस्तै विशिष्ट अतिथी अक्कल तामाङले पनि मंगोल अस्तित्व , मंगोलवाद र हिन्दुवादबारे प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा जिल्ला सल्लाहकार राम तुम्रोकले स्वागत मन्तव्य राखेका थिए भने बीरमाया तामाङले कार्यक्रम सन्चालन गरेका थिए ।

Monday 1 October 2018

दशैं के हो नबुझिकन हावामा दशैं दशैं भन्दै उफ्रिनु भन्दा यो एकपटक पढ्नुहोस् र जान्नुस्:



हामी मुलबासी मंगोलको ईतिहास के हो ? को हौं त हामी ? को थिए त ती भुईँमा लम्पसार परेका राजा हरु ? थोरै समय दिएर पढ्नु होला !


            नुवाकोटको ककनिमा रुम्बा राजा , पञ्चकन्यामा घले राजा , बेतेनिका नाम्सापुरान र गोल्फु मा घ्लान राजा , जिम्नाङमा ल्हो राजा , राउतबेसी नयाँ छेपारमा थिङ राजा ,रसुवाको भार्कुमा मेवाङ घले राजा , गोल्जुङ ,गत्लाङ ,सिम्बन्दी र नुवाकोटको लच्याङमा गोले राजा थिए।

                 ती स्थानहरुमा रहेको तामाङ राजाहरुको दरबारको अवशेष ( अस्तित्व ) हरु अहिलेसम्म पनि रहेको छन्। त्यस बेलाका लच्याङका गोले राजा र बेतिनी गोल्फुका राजा भिरसिंग घ्लानले पृथ्वीनारायण शाहका सेनाहरुलाइ नराम्रो संग परास्त गरेका थिए। त्यसरी आफू हारेपछि गोले राजा लाई मीत लगाउने र सम्झौता गर्ने बाहानामा चौघडामा निशस्त्र रुपमा ( हातहतियार बिना ) बोलाएर पृथ्वीनारायण शाहका सेनाहरुले अमानबिय ढंगले कायरता पुर्वक हत्या गर्यो।

        सन् १७३९ मा गोर्खाका राजा नरभुपाल शाहाले पहिलो पटक नुवाकोट आक्रमण गर्दा धादिङ सेम्जोङका तामाङ राजाद्वारा नरभुपाल शाहाका बिरुद्ध कटुन्जे सामरिका बिचमा लडाँई गरेका थिए। उक्त लडाँईका कारण नुवाकोट आक्रमण असफल भयो। त्यसपछि सेमजोङ्का तामाङ वाइवा राजासँग बार्ता र छलफल गर्ने भनी गोर्खाका राजाद्वारा धादिङको यावेङ खोलाको बगरमा बोलायो। चतुर र षड्यन्त्रकारी शाह राजाले वालुवाभित्र हतियार लुकाइ बसेका थिए भने तामाङ राजालाइ निशस्त्र ( हातहतियार बिना ) उपस्थित गराइएको थियो। त्यसपछि त्यहाँ पनि षड्यन्त्रपुर्ण तरिकाले तामाङ राजालाई शाह राजाले मारियो।

        वि.सं. १८१३ देखि १८१९ सम्म काभ्रे तिमाल राज्यका तामाङ राजा हृिन्जेन दोर्जेका सेनाहरुले दुई पटकसम्म गोर्खाली फौजलाई लडाइँमा नराम्रो सङ हराएको थिए।  वि.सं. १८१९ असोज २ गते शान्ति र मिलापत्र को सन्धी गर्ने निहुमा तेमाल बेसिस्थित कोशिको किनारमा निशस्त्र ( हातहतियार बिना ) बोलाइ वालुवामा लुकाइ राखेको हतियार प्रयोग गरि अमानविय र षड्यन्त्रपुर्ण ढंगले हिृन्जेन दोर्जेको हत्या गरेका थिए। दरबारको निकै उचाइमा डाडामा भएको हुदा आक्रमण गर्न नसके पछि मीत गर्ने निहुपारी तेमालबेसी कोशिको बगरमा बोलाइएको थियो।



          राणाहरुको आदेस मा खटिएका पृथ्वीनारायण शाहले वालुवा मुनि तरवार लुकाएर राखेका थिए। हाम्रा राजा त्यहाँ भेला हुन साथ अन्धाधुन्ध एकाएक वालुवा मुनिबाट हतियार झिकी प्रहार गर्न थालेका थिए। हाम्रो राजा घोडामा थिए छल्दै भाग्ने क्रममा उहाँको पहिलो औला कटिएको थियो। केही छिनमै टाउको पनि काटेर खोलामा बगाइदिए भिडन्त सकेपछी रानी आइन र खोज्दै जादा राजाको खोजि गर्दागर्दै पानीको दह माथी राजाको टाउको तौरिदै गरेको अबस्थामा भेतेपछी रानिले पनि त्यहि डुबेर आत्महत्या गरेकी हुन। जुन औंला काटिएको थियो त्यो ठाउलाइ अहिले पनि औंलाटार भनेर चिँनिदो रहेछ।

        अहिले भने  तेमाल दरवार को अवस्था निकै पिडादायि रहेको छ नाम मात्र दरबार जुन ठाउँमा अहिले सल्ला घारी रहेको छ, तर एेतिहासिक  ईटाहरु भने अझै पनि छन । यसैगरि दसैं मान्न अस्वीकार गर्दा किराँती राजा र सेनालाइ फाँसि चढाइएको थियो। हाम्रो राजाहरु मारेर बिजयी हासिल गरेको दिनलाइ नै शासकहरुले बिजयी दशमि भनी मनाउने गरेका हुन। जुनदिन हाम्रो खुशीको दिन हैन सर्बस्व लुटिएको कालो दिन हो । तलको तस्बिरमा हेर त्यो निधारको रातो टीका हाम्रो राजाको रगत हुन त्यो बेलामा सिदुर ,अबिर जस्ता रंग हरु पाइदैन थियो । बिजयी भएको दिन पृथ्वीनारायण शाहले हाम्रो राजाको रगत तिनको सेनालाइ लगाइदिँदै आशिर्वाद दिएको दिन नै दसैं हो। तर यो सबैले बुझ्ने मौका पएनन्।

               किनकी कुनै पनि प्राचिन इतिहासहरुमा हाम्रो बारे सत्य ईतिहास कसैले कहिल्यै लेखेनन् र लेख्न पनि दिईन्। जताततै राणा र पृथ्वीनारायणले बाईसे र चौबिसे राज्यको एकीकरण गरेर विशाल नेपाल खडा गरियो भन्ने मात्रै  लेखियो। त्यही कालो इतिहासका शिक्षाहरु हाम्रो कलिलो मस्तिष्कमा अमिट छाप भएर गाडिएर बसिरह्यो। तपाईं आफैं पनि कल्पना गर्नुस् कि त्यस्ता शिक्षा पाएका हामिले दसैं हामी सारा नेपालिको महान पर्व हो नभनेर के भन्ने त ? हामीले जाने बुझेकै तेत्ति हो। हामीलाई आजसम्म ती रहस्यमय इतिहास थाहै छैनन्, कसैले जान्ने कोसिस गरेन् शिक्षित बर्गहरुले समेत यसको खोजिनिधी गरेनन्। मात्रै २/४ रुपैयाँको प्रलोभनमा बिकिरह्यो। जानीजानी आफ्नो अस्तित्व मेटाउने कार्यमा उन्मुख भइरहेको पाइयो। आफ्नो इतिहास जान्न बाट बन्चित भए पछि यावत समस्या हरु जुन अहिले हामीले निरन्तर खेपिरहेका छन्। एकपटक सोच्नुस त! ईतिहास कस्को हुँदैन होला?  कुन जातिको इतिहास छैन होला फरक यति हो कि कसैको लिपिबद्ध रुपमा लेखियो र सुरक्षित साथ राखियो भने कसैको इतिहास मेटियो र त अहिले गुमनाम भएर दोधारे अवस्थामा रहनु परेको छन् ।

जित्नेको लागि हजार ताली भेटिन्छन्, तर हार्नेको आँसु पुज्ने हात भेटिँदैन भने जस्तै भयो हाम्रो ईतिहास.....
तपाईं हामीले यति थाहा पाएर पनि निधारभरि रातो टीका टाँसेर हिड्नु हुन्छ भने पुर्खाको रगतको मुल्य बिर्सेको दाषि मानसिक्ताले ग्रसित व्यती बाहेक अरु हुन सक्दैनन्।

 १. राई = दसैंको टिका थाप्न राशा शासकको आदेश पलना नगर्दा रामलिङहाङ्ग राई र रिदमा राइलाइ झुन्डाइ हत्या गरेको थियो।

२.लिम्बू= सन् १८३१ मा गोर्खाका राजा शाहले दसैं नमान्ने लिम्बूहरुको (सुब्बाङ्गी) र (किपट) खोस्ने धम्की  दिएकोले बाध्य भएर लिम्बू हरुले दसैं मान्दै आएको हुन। जोगिको  भेषमा लिम्बूहरुको गाउगाउमा जासुसीहरु दसै नमान्ने लिम्बुहरुलाइ चरम यातना दिएर दसैं मान्नलाइ बाध्य बनाएका थिए ।

३.नेवार= षड्यन्त्र पुर्बक गोर्खाका राजाले काठमाडौं उपत्यका कब्जा गरेता पनि नेवारहरुले गोर्खा राजाको शासन स्वीकारेका थिएनन् । तेसपछी नेवारहरुलाइ गोर्खा राजाको शासन मान्न र स्वीकार गर्न बाध्य बनाउन गोर्खा दरबारबात फुलपाति ल्याएर काठमाडौंको टुडिखेलमा फुलपाती बढाइ गरेर नेवारहरुलाई जबर्जस्ति दसै मनाउन बाथ्य बनाएका हुन र इ इतिहासमा सबै जानकारी लिने हो भने नेवारहरुको पिता पुर्खाहरुको त झन नाक र कान धार्निको हिसाबमा कातिएका छन् ।

४. गुरुङ= पृथ्वीनारायण शाहको आदेस अनुसार सेनामा काम गर्ने गुरुङ्हरु उनिहरुको परिवारहरुलाइ र गोर्खाका नजिक गाउको गुरुङ हरुलाइ दसैंमा अनिवार्य पशुबली दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत दलेर ढाेकाको अथवा दैलोको दायाँ र बायाँ लगाउन बाथ्य बनाएका थिए। बिक्रम संम्वद देखि राजेन्द्र बिक्रम शाहले गुरुङ्हरुलाइ लामा पुजारी राख्न बन्देज बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए।

५ .मगर= बिक्रम संबन्द १६१६ मा द्रव्य शाहले खड्का मगर लाई निर्मम हत्या गरि मगरहरु माथि शासन गरेको दिन देखि  मगर हरुलाइ दसैं मनाउन बाध्य बनाएका छन ।ईतिहास साक्षी छ ।

६ .तामाङ = सुनकोसी बगरमा हतियार लुकाएर पृथ्वीनारायण शाहले तामाङ हरुको राजा हिृन्जेन दोर्जे लाई मीत लगाउनी बहानामा बिना हरियार आउनु भनेर तिमाल बेसि भन्नी ठाउमा छलकपट गरि बोलाएर निर्ममता पुर्बक हत्या गरेर तामाङ हरुलाइ दसैं मनाउन बाध्य बनाएका थिए।
र अब भन्नुस्  कसरी हामिले आफ्नै पिता पुर्खाको रगतले मुछिएको टीका लाउन सक्छौ त ?