Friday 28 December 2018

मंगोल नेशनल अर्गनाइजेसनको ३० अौं स्थापना दिवस मलेसियामा पनि मनाउँदै:




मिति १ जनवरी २०१९ मा mno को ३० अौं स्थापना दिवस विभिन्न प्रस्तुतिका साथै मलेसियाको क्वालालम्पुरमा भव्य रुपपमा सम्पन्न गराउने भएको छ। उक्त कार्यक्रमलाई अझ बृहत् रुपमा संचालन गरि सफल पार्नको लागि मलेसियाको बिभिन्न राज्यहरु बाट mno का जुझारु युवा नेता तथा कार्यकर्ताहरु सहभागी हुने कुराको पनि जानकारी गराउनु भएको छ। लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तियाता को राजनितिक लडाइ विगत ४८ बर्ष देखि नै लेख्दै बोल्दै आउनु भएको एक मात्र युग पुरुष डाक्टर गोपाल गुरुगं ज्यु हुन्। लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तियाताको आवाज उठाउदा आफ्नै मुलुकमा न्याय खोज्दा वर्णभेदि निरङ्कुस राजाको सरकारबाट सन १९८८ मा दुइ मुद्धाहरु १) राजगद्धि ताकेको र २) साम्प्रादायिक फैलाएको भनि वहाँ उठाउनु भएको आवाज हरुलाई दबाउनको निमित्त भद्रगोल जेल पठाइएको थियो। युग पुरुष डा. गोपाल गुरुङ ज्यु ले जेल भित्र मूलबासि मंगोलहरुको मुक्तिको लागि १ जनवरि १९८९ मा खोलिएको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसन  अर्थात MNO (Mongol national organaization) हो। 

                 यसको प्रमुख उदेश्य भनेकै लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तियाता (संघियता) लाई संस्थागत गर्ने र नेपाल मा रहने ८०% अहिन्दु मुलवासी मंगोलहरुले गुमाएको आफ्नो वास्तविक अस्तित्व जुन मुलवासी भन्ने शब्द नेपालको संबिधानमा किटानका साथ लेखि गरि ग्यारेन्टि गर्नु को साथै समस्त नेपालीहरुमा समानता, भातृत्व र स्वतन्त्रता तथा न्यायपुर्ण भेदभाव रहित समाजको निर्माण गर्नु रहेको छ।



यसैगरि mno प्रवास सभा मलेसियाले पुर्व सुचना जारी गरि अन्य अहिन्दु मुलवासी मंगोलहरुलाई समेत उक्त कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा गर्नु भएको छ। र सांस्कृतिक क्रान्तिप्रति लगाव हुने मित्रहरुले आफ्नो रचनाका गीत, गजल तथा अन्य कलाहरु प्रस्तुत गर्न सम्पुर्ण मुलवासी मंगोलहरुमा अपिल समेत गरिसकेको कुरा अवगत गराउनु भएको छ।



mno प्रवास सभा मलेसियाको आयोजनामा हुने उक्त कार्यक्रम नयाँ बर्षको पहिले दिन मंलवार बिहानको १० बजेदेखि अौपचारिक रुपमा सञ्चालन गर्ने र उक्त कार्यक्रममा प्रवासी कलाकारहरुले बिभिन्न किसिमको कलाकारिताहरु समेत प्रस्तुत गरिने भएको जानकारी समेत गराउनु भएको छ।





No comments:

Post a Comment