Wednesday 3 October 2018

को हुन् त यी दशैं बहिष्कार गर्नेहरु ? वास्तविकता यस्तो पो रहेछ :




 हिन्दुहरुको महान पर्व ( चाड ) मानिने दशैंको फुलपाति २०७५ असोज ३० गते तदनुसार  16 oct 2018 मंगलबार को दिन परेको छ। यही हिन्दुहरुको महान पर्वलाई आधुनिक समाजका अहिन्दु अर्थात हिन्दु नभएका हरुले बहिष्कार गरौं भन्दै सामाजिक सञ्जाल लगायत का अन्य बिभिन्न अनलाइन मिडियाहरुमा जताततै बिरोधका भाषाहरु छताछुल्ल पोखाएको पाइयो। यत्तिमात्रै नभइकन गाउँ घर देखि शहर बजारसम्म अचेल यही बिषय व्यापक रुपमा चर्चा चलिरहेको पनि भेटिएको छन्। कसले किन यसरी एउटा धर्म बिशेषको पर्वलाई अरु धर्म मान्नेहरुले बहिष्कार गरौं भन्दैछन् त?



सरसर्ती सञ्जालहरुमा हेर्दा दशैंको बिरोध गर्दै आउनेमा मंगोल नेशनल अर्गनाइजेसन नामक एक राजनितीक संगठन भेटिएको छन्। जुन संगठनले अहिलेसम्म चल्दै र चलाउँदै आइरहेको एकात्मक नश्लवादी हरुको तानाशाही प्रबृत्ति र संस्कारको खुलेर बिरोध गर्दै आइरहेको स्पष्ट देख्न र बुझ्न सकिन्छन्। बुझ्दै जाँदा कसैले पनि दशैं मान्नै पाउँदैन भन्ने हाम्रो मान्यता नभइ हिन्दुहरुले मज्जाले दशैं मान्न मिल्ने र सकिने पनि बताएको छन्।


             उहिल्यैदेखि एकात्मक तानाशाही राज्यसत्तावादी हरुको विभिन्न किसिमको मानसिक तथा भौतिक यातना र दृश्य वा अदृश्य रुपमा दिँदै आइरहेको बिभिन्न धम्किका कारणले करोडौं अहिन्दुहरु मुलवासी मंगोल हरुले धर्म परिवर्तन गर्न बाध्य भएको र निरन्तर रुपमा दशैं नमानि नहुने परम्परा हालसम्म चलिआएको कुरा यथार्थ हो, त्यसैले हामीले यस्ता जबर्जस्ती परम्परालाई तोड्नु पर्ने, धर्म निरपेक्ष राष्ट्रमा सबैले धार्मिक स्वतन्त्रता पाउनु पर्ने र सबै जातिहरुले आ आफ्नो बिशेष चाडपर्व हरु स्वतन्त्र पुर्व मााउन पाउनुु पर्ने र त्यस पर्वहरु मनाउँदा अनिवार्य रुपमा दशैंमा जस्तै सार्वजनिक बिदा हुनुपर्नेमा मंगोल नेशनल अर्गनाइजेसनको जोड रहेको जानकारी गराउनु भएको छन्।

No comments:

Post a Comment