Sunday 24 May 2020

चीलको बच्चाले जस्तै हामीले पनि गलत मान्छेहरुको संगतमा परि हाम्रो अस्तित्व बिर्सिन पुग्यौं

कथा यसरी सुरु हुन्छ, एउटा किसान खेतमा नियमित रुपमा जाने गर्थ्यो त्यसबेला उसले बाटोमा एउटा अण्डा भेट्छ। त्यस अण्डा घरमा ल्याएर अोथारो बसेको कुखुराको अरु अण्डाहरु संग मिसाएर राखिदिन्छ। दिनहरु बित्दै जान्छ र एकदिन ती कुखुराले चल्ला काट्ने दिन आउँछ। अरु अण्डाहरु बाट निस्केका चल्ला भन्दा जुन उसले बाटोमा भेटेको अण्डाबाट निस्केका चल्ला निक्कै फरक किसिमको अलिकति ठुलो खालको देखिन्छन्। अरु चल्लाहरु संगसंगै हुर्किँदै जाने क्रममा पछि थाहा हुन्छ कि त्यो अण्डाबाट निस्केका चल्ला चीलको चल्ला अथवा बच्चा हुन्छ। तै पनि कुखुराको माउले अरु चल्लाहरुलाई जत्तिकै ती चीलको बच्चालाई पनि दानापानी खोजेर खुवाउने र हेरचाह गरि समान माया र ममता दिएर हुर्काउँछन् । ती चीलका बच्चाले पनि कुखुराको माउलाई आफ्नो आमा जस्तै ठान्छन्। नियमित रुपमा कुखुराको माउले आफ्नो बच्चाहरूलाई चराउन खेतमा लाने गर्छन्। यसै क्रममा एकदिन ती जमिनमा भएको चीलको बच्चाले खुल्ला आकाशमा आनन्दले उडिरहेको एउटा चील देख्छन्। र ती चीलको बच्चाले आफ्नो आमा अर्थात कुखुराको माउलाई सोध्छन् कि उ.... त्यो आकाशमा उडिरहेको चिज के हो? र त्यसको आमाले ( कुखुराको माउले ) भन्छन् त्यो त चील हो एकदमै शक्तिशाली पंक्षी त्यसले तिमीहरूलाई देख्यो भने खानको लागि झम्टिन आउँछ त्यसैले यो नजिक आयो भने तिमीहरू लुक्नु पर्छ भनेर कुखुराको माउले सम्झाउँछ। दिनहरु बित्दै जान्छ सबै चल्लाहरु हुर्किँदै जान्छन्। र चीलका बच्चाको शारीरिक बनावटमा पनि वृद्धि बिकास हुँदै जाने क्रममा उसको पखेटामा ठुला ठुला र लामा लामा प्वाँखहरु निस्किँदै आउँछन्। फेरि एकदिन ती चीलका बच्चाले आकाशमा चराहरु उडिरहेको देख्छन् र उसलाई पनि उड्ने रहर जाग्छन् र कान्लातिर गएर उड्ने प्रयास गर्छन् र थोरै थोरै उड्छन्। त्यो उसको रवाफ देखेर कुखुराको माउले उसलाई गाली गर्छन्। अब देखि तिमी उड्ने कोसिस कहिल्यै पनि नगर किनकि हामी कुखुरा जातमा उड्ने अधिकार छैन। हामी भनेको जमिनमा बस्ने जात हो जमिनमा जे भेट्यो त्यो खाने र जमिनमै जीवन बिताउने जात हो। आकाशमा उड्ने अधिकार भनेको त्यो ठुलाठुला शक्तिशाली पंक्षीहरुलाई मात्रै हो। त्यसैले हामीले कहिले पनि उड्ने प्रयास गर्नु हुँदैन भनेर कुखुराको माउ अर्थात आफुलाई अण्डबाट कोरालेको आमाले हर प्रयास गरेर चीलको बच्चालाई सम्झाउँछन्। तै पनि चीलको बच्चाले लुकिछिपी धेरै चोटि उड्ने प्रयास गरिरहन्छन् तर कुखुराको माउले यसरी नउड्नको लागि पटकपटक गाली गरिरहन्छन् र सम्झाइरहन्छन् कि बाबू हामी कुखुराले उड्नु हुँदैन। यसरी नै चीलको बच्चा पनि पुर्णरुपमा हुर्किन्छन् खुल्ला आकाशमा नउडीकनै ठूलो हुन्छन् र कुखुराहरु संग आफ्नो जीवन बिताउँदै मर्छन्। चीलको बच्चा भएर पनि उसले आफू चील हुँ भन्ने कुरा थाहा नपाएको हुनाले उसले कहिल्यै चीलको जस्तो जीवन बिताउन पाउँदैनन्। उसले कुखुराो जीवन जस्तो गरि बाँच्छन् र अन्तमा कुखुरा भएरै मर्छन्। 

 यस कथाको माध्यमबाट भन्न खोजिएको अथवा दिन खोजिएको संदेश के हो भने हामी चील जस्तो सहासी मंगोलका सन्तानहरु भएर कुखुराको माउ जस्तो लिडर अर्थात मान्छेको संगत त गर्यौं। जुन चीलका बच्चाले खुल्ला आकाशमा आनन्दले स्वतन्त्र रुपमा उड्नका लागि अनेकौं प्रयासहरु गरिरहँदा कुखुराको माउले पटकपटक आफ्नो हैसियत, अौकात र जात सम्झाएर चीलको बच्चालाई दुर्बल बनाए झैं गरि हामीलाई पनि हाम्रो कुखुराको माउ जस्तो पढन्ते बिद्वानहरुले सहासी मुलवासी मंगोलहरुलाई अस्तित्व हिन बनाई विभिन्न किसिमबाट हामी कम्जोर छन् भन्नेे कुराहरु सिकाई रहेको पाइन्छन्। यसरी अस्तित्व हिन बनाइसकेपछि हामीलाई निच जात तथा अौकात र हैसियत नभएको पशु सरहको मानव जस्तो जीवन जीउन बाध्य बनाईरहेको कुरा अवगत गराउन चहान्छु। हाम्रा पुर्खाहरुले विभेद मुक्त भई स्वतन्त्र रुपमा जीउन र ब्राम्हणवादीको दसत्वबाट छुट्कारा पाउन धेरै कोसिसहरु गर्नुभएको थियोे। आ आफ्नो राज्यहरु जोगाउन, धर्म, संस्कार र संस्कृति जोगाउनको निमित्त मृत्युवरण सम्म हुन पुगे र अन्तयमा बाहुन क्षेत्री शासकहरुले हाम्रो पुर्खाको सबै कुराहरु नस्ट पारिसकेपछि हामी मुलवासी मंगोलहरुको अवस्था पनि यी चिलको बच्चाको जस्तै हुन पुग्यो। तर जो चील भएर पनि चीलको जस्तो जीवन जीउन नपाए जस्तै हामी यो देशका मुलवासी मंगोलहरु असली शासक भएपनि हामीलाई आफ्नै मुलुकमा बाहुन क्षेत्री शासकहरुले दास दासी बनाइरहेको कुरा बुझ्न सकेनन् त्यसैको फलस्वरूप आज हामी दयनीय अवस्थामा छन्। सायद कुखुराको माउले चीलकै बच्चा भएपनि आफैैँले कोरलेको भएर होला उनकै सुरक्षाको लागि जथाभावी नजान र नउड्नका लागि सम्झाएको थियोे। तर चेतना बिहिन कुखुराको माउ भन्दापनि तल्लोस्तरका हाम्रा मुलवासी मंगोलका पढेलेखेका शिक्षित तथा विद्ववान बर्गहरुले हाम्रो सुरक्षित भविष्यको लागि कुनैपनि पहल कदमहरु चालेेनन्। बरु हामी मंगोलहरुको अस्तित्व समाप्त पारि बाहुनवादलाई संरक्षण गर्न तर्फ जोडतोडका साथ लागि परेको देख्न सक्छौं। त्यसै‌ले यस्ता कुखुराको माउ भन्दा पनि घटिया सोचका हाम्रो मंगोल अनुहारको टाउकेहरुको नियत हामीले चिन्न जरुरत छ। यिनीहरू कै कृयाकलापले गर्दा सदियौं देखि चीलको बच्चाले कुखुराको जीवन बिताए जसरी हामीले अस्तित्व बिहिन जीवन बिताउन बाध्य छन्। चोरको संगत गरे चोरी गर्न सिक्छन्, बलात्कारीको संगत गरे बलात्कारी नै बन्न खोज्छन्, भ्रष्टाचारको संगत गरे अन्तमा खुङ्खार भ्रष्टाचार नै बन्न पुग्छन् र सत्यताको वकालत गर्नेको संगत गरे कहिल्यै पनि बैमानी अर्थात अरुलाई दुख दिने वा हर किसिमको अनैतिक कृयाकलाप बाट उ संधै टाढा रहन्छ। जसरी चीलको बच्चाले कुखुराको संगतमा परि आफ्नो सम्पूर्ण जीवन कुखुरा जस्तैगरि जमिनमा चारो खोजेर खाने बनायो त्यस्तैगरि अगतिला मुसुण्डा र बैमानी भुसतिघ्रे हरुको संगतमा परि हामीलाई पनि तिनीहरू जस्तैै कायर र मति भ्रष्ट हुने बन्यो। कोही पनि सप्रिने अर्थात आफ्नो वर्ण र अस्तित्व चिन्न सक्नेे भएन। यस्तै फटहा, धुर्त र बैमानीहरुको संगत वा महाजाल बाट मुक्त गराई २१ अौं शताब्दीमा चेतनशिल नागरिक बन्नको लागि mno ले सम्पुर्ण मुलवासी मंगोलहरुलाई जनचेतनामूलक कार्यक्रमहरु मार्फत सचेत गराई रहेको कुरा जानकारी गराउन चहान्छु। अबको दिनमा हामीले को राम्रो र को फटाहा चिन्नु पर्ने बेला आइसकेको छ। अबको आउँदो दिनमा पनि हामीले यस्ता किसिमका धुर्त ब्यक्तिहरुको संगत गर्न छाडेन भने तपाईं हाम्रो सन्ततिको भविष्य बिल्कुलै अन्धाकारमा बित्नेेेेछन्। हामी जानी नजानी कुनै फटाहा वा धुर्त मान्छेहरुको संगतमा परि पाइला पाइलामा फसिरहेका वा धोका खाइरहेका छन्। हामीले हाम्रो समाजलाई चेतना जगाई शिक्षित, सुधार उन्मुख र बिकास उन्मुख तिर डोर्‍याउने असली mno का जल्दाबल्दा लिडरलाई चिन्न सकेनौं, उनीहरुलाई बुझ्न सकेनौं, उनीहरु प्रति हामी कहिल्यै पनि सकारात्मक भएनौं। जसको संगत गर्नु पर्थ्यो् हामीले उसको संगत गरेनौं तर जसको संगतमा पर्नु हुँदैन थ्यो उसैको महाजालमा फस्न पुग्यौं।   किनभने हामी अशिक्षित थियोे हाम्रो अशिक्षाको फाईदा उठाई हामी माथि हाम्रै समुदायका मूर्ख बिद्वानलाई गलत ढंगबाट परिचालन गराई हाम्रो सर्वस्व सिध्याउने कार्य गरायो। कथाले भने जस्तै चिलले उड्न सक्ने क्षमता राखेता पनि कुखुराको संगतमा परि आफ्नो सबै कुरा बिर्सिएर कुखुराकै जीवनमा समाहित हुन पुगे जस्तैगरि हामीले पनि यस्ता गलत ब्यक्तिहरुको संगतमा परि अस्तित्व बिर्सिन पुग्यौं, आफ्नो धर्म कर्म बिर्सिन पुग्यौं, आफ्नो संस्कार बिर्सिन पुग्यौं, आफ्नो हैसियत बिर्सिन पुग्यौं र अन्तमा केही गर्न सक्ने क्षमता भएर पनि हामी केही गर्न नसक्ने अवस्थामा खुम्चिन पुगेका छन्। अबको यो बदलिँदो आधुनिक युगमा मान्छेको नियत बुझेर मात्रै उसको संगत गरौं अन्यथा यसले आफू र आफ्नो समुदाय माथि ठुलो संकट निम्त्याउने छन् र त्यसको प्रतिफल जुनिजुनी सम्म हाम्रो भावी पुस्ताहरुले भोगिरहनु पर्ने हुन्छन्।। त्यसैले यस कथाको सार कुरालाई मधयनजर गर्दै अब हर दिन हर प्रहर सहि र सत्यको बाटोमा लम्किने ब्यक्तित्वहरुको संगतमा लागौं, झुटो वा भ्रमको प्रचार बाजि गर्ने कुनैपनि हनुमानहरुको संगतमा बिल्कुलै नपरौं र नफसौं भन्नेे कुरा सम्पुर्ण मुलवासी मंगोलहरुमा अपिल गर्न चहान्छु। 

             जै मंगोल,     जै मुलवासी 
                   HB GHALE
Story & Voice copy from Bikash Dev Yonjan

तलको 👇️ भिडियो क्लिक गरेर हेर्न सक्नुहुनेछ

Tuesday 19 May 2020

MNO समानता भातृत्व र स्वतन्त्रता चहान्छ, बुद्धको दर्शनले पनि यही भन्छ, मंगोलहरु MNO को जरो खन्नेहरु देखि सावधान रहनु पर्छ



मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको निमित्त पहिलोपटक आवाज उठाउने महान ब्यक्ति युग पुरुष अमर डा. गोपाल गुरुङ ज्यु हुन् भन्ने कुरा यत्रतत्र सर्वत्रमा जगजाहेर छन्। डा. गोपाल गुरुङ ज्यु ले ८०% अहिन्दु मुलवासी मंगोलहरुको उत्थान अर्थात मुक्तिको निमित्त आफ्नो सम्पुर्ण जीवन समर्पित गरेको कुरालाई हामी कुनैपनि हालतमा बिर्सनै सक्दैनौं। नेपालको सन्दर्भमा अति जीर्ण ढंगबाट आफ्नो जीवन गुजारा गरिरहेका मंगोलहरुले आफ्नो सम्पुर्ण जीवन र आउने भावी पिढीहरुको जीवनलाई अन्धकारमा ब्यथित गराइरहेको कुरा सम्पुर्णमा सर्वविदितै छन्। युग पुरुष अमर डा. गोपाल गुरुङ ज्यु को उदय भन्दा पहिले हामी यस मुलुक भित्रको चेतना बिहिन हट्टाकट्टा मानव स्वरुपको प्राणी मात्रै थियोे। यी मानव स्वरुपको प्राणी हरुलाई नियन्त्रण गर्ने लगाम भने कुनै मालिक अर्थात खस आर्य बाहुन क्षेत्री शासकहरुको हातमा थियो। त्यसैले त्यसबेला हामीले स्वतन्त्र रुपमा आफू अनुकूल कुनैपनि कार्यहरु गर्न असमर्थ थियोे। मालिकले जे चहान्थ्यो र जुन कार्य अर्हाउँथ्यो त्यो अनिवार्य गर्नु पर्थ्यो। विभिन्न कालखण्डमा मुलवासी मंगोलहरु माथि सामन्ती शासकहरुले शिक्षा, ब्यापार र कुनैपनि सरकारी सेवामा बन्देज लगाए पछि मुलवासी मंगोलहरु आँखा भएर पनि अन्धो जस्तै बन्न पुगेको थियोे, कान सुनेर पनि बहिरो जस्तो हुन बाध्य थियो। त्यत्तिबेला ब्राम्हणवादीहरुले आफुमाथी गरेको अभद्र दुर्व्यवहारहरु देखेर पनि नदेखे जस्तै गरि सहेर बस्नु पर्ने अवस्थाहरु थियोे। मुलवासी मंगोलहरु माथि अतिवादीहरुले सुन्नै नसकिने खालका विभिन्न गाली गलौचको भारी वर्षा गराउँथ्यो त्यो सुनेर पनि नसुनेको जस्तै गरि बस्नु पर्दथ्यो। किनभने त्यत्तिबेला हामी मुलवासी मंगोलहरुको मगजमा पक्कैै पनि कुनै न कुनै चेतनाको कमी थियोे। त्यसैले हामी माथि त्यत्ति साह्रो अन्याय र अत्याचार हुँदा पनि हाम्रो मस्तिष्कले यस्ता अन्याय र अत्याचारको प्रतिवाद गर्ने, यसको दासताबाट मुक्तहुने बिषयमा कुनै उपाय सोच्न सकेनन्। किनभने खस आर्य शासकहरुको नीति र बिधिको शासनले गर्दा त्यतिबेला हाम्रो मस्तिष्क पग्लिनै नसकिने गरि जमेका बरफको ढिक्का जस्तै भैसकेको थियो। हामी शारिरिक रुपमा बलवान् त थियो नै हाम्रो मस्तिष्कमा कुनैपनि सकारात्मक बिषयमा सोच्न सक्ने क्षमाता शुन्य थियोे। त्यसैले हामी मानवको जस्तो रुप भएको प्राणी त थियोे तर जिउँदो लास सरह भएर पशुको जस्तो जीवन गुजार्न बाध्य थियोे।

जब यस धर्तीमा डा. गोपाल गुरुङ ज्युु ले पाइला टेके त्यस दिनदेखि फासिस्टवादी शासकहरुको निमित्त ठूलो ग्रहण लाग्ने दिन सुरु भैसकेको थियोे। डा. गोपाल गुरुङ ज्यु ले विभिन्न समय, परिस्थिति र कालखण्डहरुमा मानव रुपी दैत्यहरु संग पैंठेजोरी खेल्न कहिल्यै पनि खुट्टा कमाउनु भएन। सम्पुर्ण चुनौतीपूर्ण कार्यहरुलाई वहाँले अवसरको रुपमा लिनु भएको थियोे। शारीरिक तथा मानसिक रुपले पुर्णरुपमा विकसित भैसकेपछि अन्ततोगत्वा डा. गोपाल गुरुङले नेपालको मुलवासी मंगोलहरुको अवस्था बारे थाहा पाउनु भयो। गुरुङले नेपालका मंगोलहरुको बाहिरी आँखा मात्रै खोलेर हुँदैन मन भित्रीको आँखाले आफुहरु माथि भएको संकटलाई देख्न सक्नु पर्छ यसको लागि कुम्भकर्ण जस्तो गरि नसुत्न र आफ्नो मेटिएको अस्तित्वको खोज गर्नका लागि सम्पुर्ण मंगोलहरुलाई जागाउन वहाँ संधै तल्लीन हुनुभयो। जब कुनै पनि कुराको अस्तित्व सकिन्छ तब त्यस चिजले कुनै महत्त्व राख्दैन भन्ने कुरामा वहाँको प्राथमिकता थियोे। नेपालको मुलवासी मंगोलहरुमा पनि ठ्याक्कै त्यस्तै भएको देखिन्छन्। किन भने मुलुकको मेरुदण्ड मानिने मंगोलहरु नै अस्तित्व बिहिन भएपछि मुलुकले र यहाँका असली मुल वासिन्दाले अनेकौं हन्डर खाने निश्चित भएको देखिन्छन्। जस्तो कि घरको मुल खाँबो धमिराले खायो भने त्यस घरको अस्तित्व समाप्त भएको भनेर बुझिन सकिन्छ। किनकि अब त्यो घर अनिवार्य भत्किने, अर्थात खतम हुने अवस्थामा पुगिसकेको हन्छन्। त्यसलाई न गोठ भन्न सुहाउँछ, न झुप्रो भन्न सुहाउँछ, अब त्यसको सम्पूर्ण पेरिफेरि हेर्दा घर जस्तो त देखिन्छ तर त्यो भत्किएर खतम भएको हुनाले त्यसलाई भत्किएको घर भनेर भनिन्छ। भत्किएको घर भनेको मतलब अब त्यो मानवको लागि बसोबास गर्न लायकको छैन भनेको हो। त्यसैले जब मानिसको अस्तित्व खतम हुन्छन् तब उ मानिस जस्तो स्वरुपको त हुन्छन् तर मानवले जस्तो अधिकार सम्पन्न भएर बाँच्न पाउँदैन अर्थात सकिँदैन। भत्किएको घर जस्तै हामी अस्तित्व बिहिन मानव भयो। त्यसैले त युग पुरुष अमर डा. गोपाल गुरुङ ज्यु ले अस्तित्व बिहिन मानव पशुतुल्य हुन्छन् भन्नुभएका हुन्। 

मुख्यत अस्तित्व बिहिन भएकै कारण आजसम्म नेपालका अहिन्दुहरुको अवस्था जहाँको त्यहीँ भएको मान्न सकिन्छन्। नेपालको संविधानमा मुलवासी मंगोललाई समय अनुसार परिवर्तन गरि कहिले मतवाली, कहिले जनजाति त कहिले आदिवासी जस्ता घृणित बिल्लाहरु भिराएर अस्तित्व बिहिन बनाइसकेको कुरा तपाईंहरु सामु जगजाहेर गर्न चहान्छु। नेपालको मुलवासी मंगोलहरुलाई जगाउनका निमित्त गरिएको राजनीतिक चेतना अभिवृद्धिको अभियान र ब्राम्हणवादी शासकहरुको दासत्व बाट मुक्तिका लागि गरिएको संघर्षका क्रममा डा. गोपाल गुरुङ ज्यु ले धेरै बर्ष भुमिगत जीवन बिताउनु पर्ने बाध्यताका साथै लामो समयसम्म अत्यन्त साँघुरो काल कोठरीमा जेल जीवन समेत बिताउनु परेको थियोे। त्यसैले वहाँले लामो समय जेल जीवन बिताएर निस्कने क्रममा यी सम्पुर्ण अहिन्दु तथा मंगोल समुदायहरुलाई एकजुट गराई सदाका लागि अस्तित्व सहितको जिउँदो मानव जस्तो भएर बाँच्नका निमित्त वहाँले सन् १ जनवरी १९८९ मा भद्रगोल जेल भित्रबाट मंगोल नेशनल अर्गनाइजेसन ( MNO ) नामक राजनीतिक संगठन खोल्नु भएको थियोे। त्यही राजनीतिक संगठनको प्रभावले आज हामी निर्धक्कका साथ मुलवासी मंगोल हौँ भन्न सकिरहेका छन्। यही MNO ले गर्दा मुलवासी मंगोलहरुको प्रतिष्ठाले गगन चुम्न सफल भएको छ। MNO संगठन कै कारण आज बाहुनवादीहरुको निन्द हराम भएका छन्। त्यसैले तपाईंले MNO लाई साधारण ढंगबाट नसोच्नु होला। किनभने यो  MNO संगठन दार्शनिक तथा युग पुरुष अमर डा. गोपाल गुरुङ ज्यु ले स्थापना गर्नु भएको हो। र डा. गोपाल गुरुङ ज्यु ले नै यस राजनीतिक संगठनको स्थपना गर्नु भएको हुनाले वहाँलाई हामीले सदा श्रद्धा पुर्वक संस्थापक प्रेसिडेन्टको हैसियतमा राखेका छन्। वहाँले भन्नु भएको छ कि, मंगोल दर्शन र सिद्धान्तलाई आत्मसात गरेका mno का योद्धाहरुले कुनैपनि हालतमा mno बिरुद्ध मंगोल समाज भड्काउन विभिन्न किसिमका गतिविधिहरु गरिरहन्छ वा MNO माथि  कुनैपनि किसिमको आँच आउने किसिमको चेष्टा गर्छ भने त्यो मंगोल होइन ताकि मंगोलको मकुण्डो भएको बाहुनवादको भकुण्डो हुन् भन्नुभएको थियोे।

यी माथिका कुराहरु किन उल्लेख गरिएको हो भने, युग पुरुष अमर डा. गोपाल गुरुङले आफ्नो सम्पुर्ण जीवन त्याग गरि नेपालको ८०% अहिन्दु मुलवासी मंगोलहरुको हित निमित्त स्थापना गरिएको mno लाई लात हानी अर्कै समानान्तर संगठन mno-dgg खोल्नु भनेकै युग पुरुष डा. गोपाल गुरुङ ज्युको दर्शन सिद्धान्त र समग्रमा वहाँलाई नै लात्ती हान्नु सरह हो भन्ने कुरामा कुनै विमति छैन। हुन त कसै कसैले एउटा नाथेले निकै टिका टिप्पणी गरे छन् भन्नू होला। तर वास्तवमा यो संघारमा म भएको भए के के गर्थे? भन्ने बिषयमा मैैैले आफ्नो धारणाहरु यसरी राखेेेेका छन्।

१) यदि कोही mno को दर्शन र सिद्धान्तले ओतप्रोत भएको कुनैपनि हर्ताकर्ता लिडर वा कार्यकर्ताहरु हो भने कुनैपनि हालतमा पद, प्रतिष्ठा वा कुर्सी मोहको लालचमा परि संगठन भित्र विभिन्न किसिमका भाँडभैलो वा हँगामा मच्चाउन्न थेँ। तर संगठन भित्रैै रहेर आफ्नो जायज मुद्दालाई निरन्तरता दिन्थेँ।
२) आफ्नो सही मुद्दालाई साकार पार्न सम्पुर्ण ८०% अहिन्दु मुलवासी मंगोल बुवाआमा, दाजुभाइ तथा दिदिबहिनीहरुको साहारा लिन्थे। र mno लाई गलत ढंगबाट सञ्चालन गर्ने लिडरहरुको निरन्तर खबरदारी गर्दै mno लाई सकारात्मक रुपमा दिशा निर्देश गर्न संधै अहम भुमिका खेल्थेँ।
३) संगठनको एउटा असली लिडर सीप र जल्दाबल्दा कार्यकर्ता भएको हैसियतले नेपालको समस्त मुलवासी मंगोलहरुको पीडालाई स्वयं आफ्नै पीडा सम्झन्थेँ। mno को स्थापना कसैको ब्यक्तिगत स्वार्थ परिपुर्ती गर्नका लागि नभएको हुनाले यसै राजनीतिक संगठनको मध्यमबाट मुलवासी मंगोलहरुलााई सदियौं देखि निम्न स्तरमा आफ्नो जीवन गुजार्न बाध्य बनाउने ब्राम्हणवादी शासकहरुको दासत्वबाट सदाका लागि मुक्ति दिलाउनका लागि र अस्तित्व बिहिन मंगोलहरुलाई अधिकार सम्पन्न बनाई मानव सरह भएर बाँच्नको निमित्त सचेत गराउँ थेँ।
४) डा. गोपाल गुरुङ ज्यु ले स्थापना गर्नुभएको संगठनको विधि र बिधान बिपरित गई लोकतन्त्रको मूल्य र मान्यताको ख्याल नराखी आफुलाई बहुमतको दम्भले हलचल गर्न नदिएका कारण आवेसमा आई mno र त्यस संगठनका जुझारु लिडर तथा कार्यकर्ता हरुलाई बदनाम गर्नेे अभिप्रायले समानान्तर संगठन खोल्ने जस्ता घृणित हर्कत तथा दुस्साहस कदापि गर्दैन थेँ।
५) कठिन परिस्थितिका बावजुद बल्लतल्ल बिउँझिँदै गरेको मुलवासी मंगोलहरुलाई एकआपसमा अल्झाउने, बल्झाउने, होच्याउने वा खिच्याउने कार्यहरु गर्ने भन्दापनि एकअर्का प्रति सम्मान, सद्भाव, भातृत्व कायम गराई राख्नेे र मुलवासी मंगोलहरु माझ आइपरेका समस्याहरुलाई सामुहिक रुपमा सुल्झाउन प्रेरित गर्थेँ। जसले गर्दा मंगोलहरुले लड्न मात्रै होइन आफ्नो अस्तित्व प्राप्तिका लागि एकताबद्ध हुन पनि जानेका छन् भन्ने कुराको सन्देश दिने काम गर्थेँ।
६) कुुुनै प्रलोभनमा परि उदण्ड प्रबृत्तिका हर्कतहरु गरि mno र सम्पुर्ण मुलवासी मंगोलहरुको प्रतिष्ठा माथि आँच आउने वा दिर्घकालिन असर पर्ने खालका कार्यहरु कहिल्यैै पनि कसैलाई गर्न दिन्न थेँ।
७) संगठनमा जस्तोसुकै समस्या आइपरेपनि संगठका सम्पुर्ण सदस्य ज्यु हरु संग छलफल गरि सुल्झाउने हर प्रयास गर्थेँँ। यदि संगठन भित्र कुनै कुनै मुद्दामा कुनै सदस्यहरुको विमति भए यसलाई लोकतान्त्रिक बिधिबाट समाधान गरि संगठनलाई बाधा अड्चन बाट फुकुवा गर्न सहयोग गर्थेँ।
८) mno को झण्डा मुनि उभिएर तन र मन देखि मरेपनि मंगोल मुक्तिको लागि मर्छु, बाँचे पनि मंगोलहरुको हितको लागि बाँच्छु भनी निस्वार्थ भावनाले सपथ खाई संगठनमा आबद्ध भैसकेपछि यस संगठनको बिधान संग बाझिने कुनैपनि कार्य जस्तोसुकै संकट परे पनि गर्दिन थेँ। र सकभर अरु सदस्यहरुलाई पनि गराउन दिन्न थेँ।
९) संगठनको विधि र बिधान भन्दा बाहिर गईसके पछि सांगठनिक रुपमा कार्वाहीमा पर्नु नौलो कुरा भएन। तर केही समयको पावन्दी पश्चात् आत्माआलोचना गरि पुन: संगठनमा आबद्ध भई सम्पुर्ण सदस्य मित्रहरु संग समन्वय र सहकार्य गरेर आगाडी बढ्थे। 
१०) संधै आफ्नो मर्यादित ओहोदाको ख्याल राख्थेँ। अहमता वा अहंकारको भावनालाई त्याग्थेँ। जसले गर्दा ८०% अहिन्दु मुलवासी मंगोलहरुको शिर कहिल्यै झुकिने दिन नआओस् भन्ने बारे सचेत गर्थे र गराउँथेँ।

तर यहाँ यस्ता किसिमका कथित मंगोल लिडरहरु देखियो कि जस्ले गर्दा आज मंगोलहरुमा साँच्चिकै राजनीतिक चेतनाको कमि छन् भन्ने कुरा स्पष्ट देख्न सकिन्छन्। कुनैपनि कुरामा संयमित नामको कुनै चिज बाँकी देखिएन। किन यत्ति विधि उतेजित भइरहेका छन् र कसको इसारामा यत्रो नौटंकी देखाइरहेका छन् त्यो समयले देखाउने नै छन्। "कि आफुले गरिखानु कि अरुले भनेको मान्नु" भन्छन् आफुहरुले केही गर्न नसके कमसेकम आफ्नो भावि मंगोल पिढीहरुको बारेमा त केही सोचिदिए हुन्थ्यो। अन्यथा नलागे यीनिहरुको रवाफ र तुच्छ वचनहरु सुन्दा यस्तो लाग्छ युग पुरुष अमर डा. गोपाल गुरुङ ज्यु ले लेख्नुभएको पुस्तक यिनीहरूले मात्रै पढेका छन् । डा. गोपाल गुरुङ ज्यु संग मंगोल मुक्तिको लागि गरिएको सहयात्राका क्रममा अरु कुनै मंगोल योद्धाहरु थिएनन्। जत्तिपनि मुलुक तथा प्रवासहरुमा बिस्तार भएको mno संगठनहरु सबै यिनीहरूको देन हुन् बाँकी कसैको योगदान छैन् भन्ठान्छन् कि कसो हो? वास्तवमा mno भक्तहरुले यत्ति कुरा बुझ्न जरुरत छन् कि त्यत्ति खेर mno लाई नाथे सम्झनेहरु, हामी नरहे mno रहँदैन भन्ठान्नेहरु, हामी बिना mno पानी बिनाको माछा जस्तै सम्झनेहरु, हाम्रो सकृयता बिना कुनैपनि हालतमा mno ले गतिलिन सक्दैनन् भन्नेहहरु हाम्रो उपस्थिती बिना mno को भविष्य छैन भन्नेहरु आज mno देखि किन जल्दैछन् ? किन हरप्रहर mno माथि खनिँदैछन्? किन mno को गतिविधिहरुका अंकुस लागइरहन्छन्? mno को प्रगति प्रति किन रुष्ट हुन्छन्? mno को हरेक लिडर र कार्यकर्ता हरुमाथि किन आरोपप्रत्यारोप लगाइरहन्छौ? हिजो mno लाई नाथे सम्भनेहरु, हिजो mno को भविष्य नदेख्नेहरु, हिजो mno लाई तुच्छ ठान्नेहहरु, हिजो mno सिद्धिन्छन् भन्नेहरु आज  हिलोको दलदलमा फसिएरको भ्यागुतो जसरी किन कराइरहेका छन्? किन माकुराको जालोमा फसेका पुतली जस्तैगरि घरिघरि फत्रक फत्रक पारिरहेका छन्? ए! भुसतिघ्रे शिकारीहरु हो हिजो संगठनको मर्म नबुझेर यो हालतमा पुग्यो। आज धर्मकर्मको शिकार खेल्न तिर लाग्दैछौ कि कसो? फेरि यसले पनि राम्रो नतिजा दिनेवाला चाहिँ छैन है बेलैमा होस पुर्याउनुस्। बुद्ध धर्म होइन दर्शन हो, बुद्धको पंचशिल र दर्शन को बारेमा डा. गोपाल गुरुङ ज्युले आफ्नो पुस्तकहरुमा खुलेरै लेख्नु भएको छन्। यसको बढाईचढाई गर्न आवश्यक ठान्दिन। कि तपाईंहरुले यसबारे गोपाल गुरुङ ज्यु को पुस्तक पढ्नु भएको छैन ? यदि पढ्नु भएको छैन भने पुन: स्वअध्ययन गर्न अनुरोध पनि गर्न चहान्छु। स्थापनाकाल देखि भविष्यसम्म mno ले बुद्धको दर्शनलाई पछ्याइरहने छन्। किनभने mno ले यसलाई धर्मको रुपमा होइन दर्शनको रुपमा लिएको कुरा सर्वविदित्तै छन्।  
 
बुद्धको सिद्धान्त र दर्शन भनेकै समानता भातृत्व र स्वतन्त्रता थियो। जुन बुद्धको दर्शनलाई mno ले पनि अंगालिहरेका छन्। किनभने २१ अौं शताब्दीका मानवहरु हर किसिमको दासताबाट मुक्त हुन चहान्छन्। उनीहरु अरु मानव समान स्वतन्त्रपुर्वक बाँच्न चहान्छन्। उनीहरु सबैसँग मित्रवत ब्यवहार गर्न चहान्छन्। तर बिडम्बना यहाँ मंगोल मुक्तिका लागि लडिरहेका भनिएको केही लिडरहरुले नै आफ्नो मंगोल समुदायलाई गुमराह गरि पुन: हजारौं बर्षसम्म ब्राम्हणवादको चाकरी अर्थात दास दासी जीवन गुजारा गर्न तिर धकेलिरहेका छन्। तयसैले अब जागरुक भैसकेका मुलवासी मंगोलहरु कसैको भ्रमित र आश्वासन युक्त भाषणबाट मुक्त भई मंगोल नेशनल अर्गनाइजेसनका एक कटिबद्ध योद्धाको रुपमा उभिनका निमित्त आग्रह गर्न चहान्छु। बर्तमान अवस्थामा mno लाई सहज र सरल रुपले कुनै हालतमा अघि बढ्न दिँदैनन् भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। कत्तिपय जत्थाहरुले विभिन्न माध्यमबाट mno लाई ध्वस्तै पार्ने किसिमका षड्यन्त्रहरु पनि नगरेका होइनन्। सानोतिनो चित्त र भंगेराको पित्त जस्तो भएको लिडरहरु भएको भए mno उहिल्यै सिध्दिसकेको थियोे। याद रहोस् कि mno मा डा. गोपाल गुरुङ ज्यु का दर्शन र सिद्धान्तले ओतप्रोत भएका, निस्वार्थ रुपमा बलिदानै दिन परे पनि पछि नहट्ने तर मंगोल मुक्तिका लागि बैचारिक युद्धमा निरन्तर लागि पर्ने सहासी तथा जुझारु योद्धाहरुको आवागमन भैसकेको हुनाले कुनै पनि माइकलालले mno लाई  समाप्त पार्ने जस्ता वाइह्यात सोच नराखे हुन्छ। कसैले चाहेर पनि mno लाई ढाल्न त परै जाओस हल्लाउन समेत नसक्ने कुरा समस्त मुलवासी मंगोलहरुमा अवगत गराउन चहान्छु। 

कुन्ती मोक्तान ज्यु ले गाउनु भएको एउटा गीत नै छन् नि "कत्ति जल्छौ आरिसैले अझै जल्दै गर, म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर" हो पक्कैपनि यस गीतको हरफले भनेको जस्तै mno देखि रिस र डाह गर्नेहरु, अनेक बखेडा गर्दै उधुम कुरा काटेर आरिसले जल्दैछन्। जति जल्छौ बेफिक्र भई जले हुन्छ, हामीलाई यो कुरा पनि थाहा छ कि जलिसकेपछिको नतिजा खरानी हुन्छ। त्यसैले कुनै पर्वाह नगरि जले हुन्छ। mno को खुट्टा तान्नेहरुको कमी न हिजोको दिनमा  थियोे न आजको दिनमा छ न भोलिको दिनमा कम हुनेछ। यस्ता खुट्टा तान्ने प्रबृत्तिका झुण्डहरु बाट गतिलो पाठ सिकिसकेका mno ले अबको दिनमा खुट्टा तान्नेहरुलाई भन्दा पनि आफ्नो लक्ष्यमा लम्किएको पाइलाहरु बिना थकान निर्धक्कका साथ चाल्दै mno को गन्तव्य सम्म पुग्न सक्ने अजम्बरी आँट र सहास राख्दछन्। mno ले निश्चित रुपमा मुलवासी मंगोलहरुले गुमाएको अस्तित्व पुन प्राप्ति र आफ्नो सन्ततिहरुको भविष्यको सुनिश्चितताका लागि मरिमेटेर लागि परेका कुरा जगजाहेर गर्न चहान्छु।  जसले जे जान्यो त्यो गर्ने हो। सबैले आ आफ्नो धर्म पूरा गर्ने हो। यो जल्ने र खुट्टा तान्नेहरुले पनि आफुले जानेका कुरा गरि आ आफ्नो धर्म पूरा गरिरहेका मात्रै हुन् यसलाई अन्यथा नलिन सम्पुर्ण मंगोल समुदायमा अनुरोध गर्न चहान्छु। मंगोल नेशनल अर्गनाइजेसन ( mno ) साँघुरो सोच लिएर कसै प्रति पुर्वाग्रह राखि वा प्रतिशोध लिने भावनाले स्थापना भएको होइनन्। मानव चेतना र अस्तित्व बिहिन भई पशु जस्तैगरि जीवन गुजारी रहेका ८०% अहिन्दु मुलवासी मंगोलहरुलाई आफ्नो अस्तित्व सहित मान्छे जस्तो भएर बाँच्न सजग र सचेत गराउनु कसैप्रति प्रतिशोध वा पुर्वाग्रह राख्नु होइन। यो त राष्ट्र भित्रका राष्ट्रहरुलाई मानसिक रुपमा बलियो बनाउनु हो। जो सयौं बर्ष देखि शोषण र दमनमा जिउन बाध्य थियो ती समुदायहरुलाई स्वतन्त्र रुपमा मुक्त गरि नयाँ जीवन दिनु हो। mno ले गरिएको यस महान कार्यलाई कसैले अन्यथा सोच्नु गलत सावित हुनेछ भन्ने कुराको अवगत गराउन चहान्छु। 


               जै मंगोल,    जै मुलवासी!!! 
                                                        HB GHALE

Saturday 9 May 2020

२१ अौं शताब्दीमा पनि मुलवासी मंगोलहरुको अवस्था किन ज्युँ को त्यूँ रह्यो ?


         गाउँ घर का मुलवासी मंगोलहरुको अवस्था

परापुर्वकाल देखि नेपालमा एकल नस्लिय सामन्ती शासकहरुले विभिन्न प्रपञ्च ( नौटंकी ) हरु रचेरै भएपनि शासन सत्तामा बसेर शासक (मालिक) र जनता (दास) को प्रबृत्तिलाई निरन्तरता दिईरहेका छन्। तर  यस बारे हाम्रो मंगोल समुदायले कुनै सोच र चिन्तनको बिषय बनाएका छैनन्। र यहाँका सामन्तवादी शासकहरुले पनि आफू र आफ्नो नस्ल अर्थात बंशका ब्राम्हणहरु बाहेक अरु नस्ल र समुदायका जल्दाबल्दा ब्यक्तित्व हरुलाई यो देशको शासन सत्तामा समाबेश गराउन बिल्कुलै चाहिरहेका छैनन्। किन भने प्राचीनकालमा "मनु" नामक छुद्र ब्यक्तिबाट लेखिएको "मनुस्मृति" भन्ने शास्त्रले किटानी गरि ब्यवस्थित गरिएको वर्ण ब्यवस्थाले चार वटा वर्ण बनायो जुन ब्राम्हण, क्षेत्री र वैश्य र शुद्र थियो। यही वर्णहरु बिचमा जुन किसिमको बिभेदको सृजना गरायो त्यो अत्यन्तै डरलाग्दो थियोे। जसको परिणाम हाम्रो मंगोल समुदायले अहिलेसम्म भोग्दै आइरहेका छन्। मनुस्मृती अनुसार वर्ण हरुको उत्पति र ब्यवस्था कसरी भयो भन्ने बारेमा लैजान चहान्छु।

१) ब्राम्हण= ब्राम्हण भनेको ब्रम्हा को मुख बाट जन्मेको हो। यीनीहरु संधै अरुमाथी राज गरेर बस्ने अर्थात शासन गर्ने र खाने मात्रै हो, 
२) क्षेत्री = क्षेत्री भनेको चाहिँ ब्रम्हा को कुम वा हातबाट जन्मेको हो यसले ब्राम्हणले राज गरेको राज्यलाई सुरक्षा दिने, अर्थात कुनैपनि खतरा आइपरेको खण्डमा ब्राम्हणहरुका लागि ढाल बन्ने हो, 
३)वैश्य भनेको चाहिँ ब्रम्हाको पेट बाट जन्मेको हो। यसले चाहिँ विभिन्न किसिमका पेश ब्यवसाय गरेर ब्राम्हणहरुको राज्य जोगाउनको निमित्त मनग्य आर्थिक सहयोग गर्नेे हो।
४) शुद्र = शुद्र भनेको चाहिँ ब्रम्हाको पैतला बाट जन्मेको हो। यसले चाहिँ बिर्ना स्वार्थ, बिना सर्त, बिना मुनाफा अर्थात "फ्रि" मा माथिको यी तीनै वर्णका मनुवाहरु लाई हरतवरले साथ र सहयोग गरेर खुसी पार्ने काम गर्नु पर्छ। त्यसैले शुद्र ब्रम्हा को पैतलाबाट जन्म भएकै कारणले ब्राम्हण हरुका लागि उनीहरु अछुत थियोे। यस्ता मनुवादी शासकहरुको ब्यवस्थामा शुद्र अर्थात अछुतहरुले शासन सत्तामा बसेर मुलुक हाँक्ने होइन, यीनले त ब्राम्हणवादी शासक (मालिक) हरुलाई सेवा गरेर हरदम खुसी राख्ने, संधै आफ्नो भाग्य विधाता भगवान जस्तै सम्झेर पुज्ने, र आफू (शुद्र) हरु देवदासी जस्तो बन्नेे हो भन्ने जस्ता कुराहरु मात्रै सिकाउने गर्दछन्।

बिशेषगरि हाम्रो मंगोल समुदायका शिक्षित विज्ञ भनाउँदा हरुले मनुस्मृतीले ब्यवस्थित गरिएको वर्ण अनुसार आफू र आफ्नो समुदाय कुन वर्णका हुन्? हामीलाई कुन स्थानमा राखिएका छन् ? र यसलाई ब्राम्हणहरुले कसरी अर्थ्याएको छन् ? भन्ने कुराको हेक्का समेत राखेका छैनन्। यस्ता ब्राम्हणवादी नितीहरुको भण्डाफोर गरेर आफ्नो समुदायलाई सजग गराउनुको सट्टामा उल्टो उनीहरू ब्राम्हणवादी शासक हरुको जुठो खान पल्केेेेर कोही चाहिँ केही जायजेथाको लालचमा परेर आफ्नो सन्तान, पुस्ता र सम्पुर्ण मंगोल समुदायको भविष्यमाथि खेलवाड गर्न कुनै कसर नराखि रातदिन चलखेल गर्न थाल्छन्। प्रलोभनको चपेटामा परेर शुद्रहरुमा पनि कसले बढी ब्राम्हण हरुको चाकरी गर्न सकिन्छ भन्ने कुराहरुमा प्रतिस्पर्धा गरिरहेको देख्न सकिन्छन्। यसकारण हामी र हाम्रो समुदायहरु बीच झनैै ठुलो बैमनष्यताको खाडलहरु पैदा हुँदै गएको र अन्तमा गएर हामी हामी बीच कोही धनी, कोही गरिब, कोही उच्च र कोही नीच जातिमा परिणत भएको पाइयो। जो जो ब्राम्हणहरुको आसेपासे बन्न कम्मर कसेर लागियो उनीहरु पनि अब कट्टर ब्राम्हणवादी भयो। यस्ता ब्राम्हणवादी शुद्र हरुको मनमा दया र माया भन्ने कुनै चीज बाँकी रहेको हुँदैनन्।  किनभने यीनीहरुले पनि ब्राम्हणवादी हरुको हुबहु नक्कल गर्न सिकिसकेका हुन्छन्। तर ती मै हुँ भन्ने शुद्रहरुलाई ब्राम्हणहरुले पैतलाको धुलो बराबरको स्थानमा राखेर मंगोल समुदायलाई टुक्राटुक्रा पार्न परिचालन गरिरहेका हुन्छन्। यो कुरा को चाल पाएर पनि ती छुद्र दलाल शुद्रहरु थाहा नपाए झैं गरिरहेका हुन्छन्। किनभने यिनीहरूले (दलाल शुद्रले) अब ब्राम्हणले खाएको जुठो नै भए पनि मिठो कुराको स्वाद थाहा पाएको हुनाले त्यो जुठो खान पल्केका हुन्छन्। यी दलाल शुद्र भन्ने हरुले ब्राम्हणवाद को प्रतिकार गरेको खण्डमा, आफ्नो समुदायलाई शिक्षित गरि जगाएको खण्डमा, कुनैपनि बेला यसको भागको जुठो गाँस खोसिने डर भएको हुनाले बरु यी शुद्र स्यालहरु मर्न तयार हुन्छन् तर कुनैपनि हालतमा ब्राम्हणवादको बिरोधि बन्न चाहँदैनन्। ब्राम्हण बन्न ब्रम्हा को मुख बाट जन्मेको ब्राम्हण नस्ल नै हुनु पर्छ तर ब्राम्हणवादी बन्न केही चाहिँदैन मात्रै ब्राम्हणको जस्तो व्यवहार अपनाए भयो। जो जसले ब्राम्हणहरुको चाकरी गरि उनीहरुलाई सुखी पार्न सक्दैन थ्यो वा खुसी पार्न चाहँदैन थ्यो उनीहरुले संधै हेपाहा र अत्यन्त जीर्ण ढंगबाट आफ्नो जीवन गुजारा गर्नु पर्दथ्यो। 

त्यसैले हाम्रो मंगोल समुदायलाई ब्राम्हणहरुले माथि उठ्न नदिनको लागि हामीलाई लक्ष्यित गरि अति चलाखि पुर्वक शुद्र बनाइयो। त्यत्तिले मात्रै नपुगेर राणा शासनकाल देखि पंचायत, बहुदल र हालको गणतान्त्रीक नेपालको अवस्थासम्ममा हामीलाई किस्ता किस्तामा कहिले मतुवाली कहिले जनजाति र कहिले आदिवासी जस्ता विभिन्न नीच उपनामहरुले सम्बोधन गरियो। तर हाम्रो शिक्षित वर्ग भनाउँदा पट मुर्खहरुले हामीलाई सदा सदाका लागि दबाई रहन लक्ष्यित गरि भिराएको यस्ता अपहेलित बिल्लाहरुको अस्वीकार गरि प्रतिवाद गर्ने जमर्को कहिल्यै गरेनन्। बरु यसलाई ब्राम्हणहरुले न्वारन गरि राखि दिएको अर्को महान उपनाम जस्तो ठानेर बडो आत्मसात गर्न थाल्यो। जसले गर्दा हाम्रो सिङ्गो मंगोल समुदायलाई सदियौं देखि बाध्य पारि शारीरिक तथा मानसिक रुपमा दास दासी बनाउन महत्त्वपूर्ण भुमिका खेल्यो। त्यसैले बर्तमान अवस्थासम्म पनि हाम्रो मंगोल समुदाय बत्ति मुनिको अंधेरो जस्तो अशिक्षित बन्न पुगेका छन्। आजको आधुनिक तथा बैज्ञानिक युगमा पनि हाम्रो बाउ बाजेहरु हलिया, हरूवा र चरुवाको जीवन गुजारा गरिरहनुको मुख्य रहस्य पनि यही हो। 
"किनभने विधि अर्थात शासन गर्ने प्रणाली मनुस्मृती र हाम्रो भाग्य विधाता भनेको ब्राम्हणहरु थियोे"। ५०० बर्ष भन्दा बढी यही प्रणाली अनुरुप हामीलाई प्रशिक्षित गरि आइरहेको हुनाले यस कुरालाई अहिले कसैले पनि झट्टै इन्कार गर्न वा होइन भन्न सकिरहेको छैनन्। हाम्रो समुदायमा जुन कुराहरु जबर्जस्ती भोग्दै वा सिक्दै आइरहेका छन् त्यो कुरालाई नयाँ पिढीले नकार्नु हुँदैन भन्ने प्रचलन बढ्दो रुपमा छन्। किनभने त्यसलाई हाम्रो परापुर्व काल देखि चल्दै आएको संस्कार हो भनेर सिकाउँछन्। अनि अहिलेका नयाँ पिढी अर्थात पुस्ताले पनि यही कुराहरु सर्लक्क फोटोकपी गरेर आफ्नो कलिलो मानसपटलमा अर्थात मस्तिष्कमा कहिल्यै नमेटिने गरि राखि राखेका हुन्छन्। 

त्यसैले गर्दा हामी मंगोल हरुको अवस्था हालसम्म पनि ज्यँ को त्यूँ छन् जुन अवस्थामा हाम्रो पुर्खाहरु थियो। सदियौं देखि बर्तमान अवस्था सम्मको हाम्रो लामो इतिहासलाई नियाल्ने हो भने हाम्रो टाठाबाठा लिड गर्ने हरुले कहिल्यै पनि स्वतन्त्र पुर्वक आफु र आफ्नो समुदायलाई समय सापेक्ष डोर्‍याएनन्, ब्राम्हणवाद र वर्ण विभेद बिरुद्धको पक्षमा उभिएर वकालत गर्ने सहास गरेनन्, आफ्नो अशिक्षित समाजलाई शिक्षाको ज्योति बाट संधै ओझेलमा राखे, र यसै मौकालाई सुवर्ण अवसर पारी संधै आफ्नै समुदायलाई गुमराह गरिरहे जसले गर्दा हामी को हो? मान्छे हो कि मान्छेको जस्तो स्वरुप भएको कुनै अर्को प्राणी हो भन्ने कुरासम्म थाहा पाउन सकेनन्? हामीले पनि यिनै शिक्षित भनाउँदा हरुको हरेक पाइलामा साथ दिँदै गए। यी दलाल हरुको कुनैपनि कुराहरुमा असहमति जनाएनन् किनकि हामीले त्यही सत्य र सही होला भन्ठान्थे। त्यसैले अबको २१ अौं शताब्दीका मंगोलहरु राजनीतिक रुपमा चेतनशील हुन जरुरी छन्। सम्पुर्ण कुराहरु बुझ्न अत्यन्त जरुरी छन्। खासगरि ब्राम्हणवादी शासकहरुले दबाएर राखेको मुलवासी मंगोलहरुको जिउँदो इतिहासलाई २१ अौं शताब्दीका बौद्धिक मुलवासी मंगोलहरुले अध्ययन गरि सचेत हुन अत्यन्तै जरुरी छन्। र यस इतिहासलाई ब्युँताएर मुलवासी मंगोलहरुको सन्तती हरुको भविष्यमाथि कुनैपनि किसिमको खेलवाड हुन नदिन अहिलेका सुझबुझ भएका मंगोलहरुले भ्याएसम्म निरन्तर लागिरहनु पर्ने देखिन्छन्।

हाम्रो गाउँ समाजमा भएको बिकृती र बिसंगति हरुलाई पुर्णरुपमा निरुत्साहित गर्नका निमित्त हामी मंगोलहरु नै सचेत हुनु पर्छ यसका लागि मुलवासी मंगोलहरु स्वयम शिक्षित र विक्क्षित हुनु पर्ने कुराहरुमा जोडदिनु आजको महत्त्वपूर्ण बिषय बनेका छन्। हामी अशिक्षित भए कै कारण हामीमा राजनितीक चेतनाको कमी भएको हो। यही राजनीतिक चेतनाको अभाव कै कारणले मुलुकका कुना कान्दरामा बसोबास गर्ने हाम्रो समुदायका बुवा आमा, दाजुभाइ तथा दिदिबहिनी हरु कर्ममा भन्दा भाग्यमा बढी बिश्वास गर्ने गर्छन्। 
भरपुर मेहनत वा कर्म गरेर आफ्नो भाग्य बदल्न सक्ने कुरामा बिश्वास राख्दैनन्। किनभने विभिन्न शासनकाल हरुमा त्यस बेलाका शासकहरुले अति र अत्याचार गरि लादिएको हिन्दु धर्म जबर्जस्ती रुपमा  स्वीकार्नु परेको र त्यसैको प्रभावका कारण अहिलेका हाम्रो मंगोल समुदायहरुले हिन्दु धर्मलाई अंगाल्न पुगेको थियोे। उनीहरुलाई मनुवादमा आधारित वर्ण ब्यवस्थालाई स्वीकार्न बाध्य पारिएको थियोे। र त्यही वर्ण ब्यवस्था अनुरुप आफुहरु शुद्र भएको कुरालाई पनि सहर्ष स्वीकार्न परेेेेको थियोे। शुद्र भैसकेपछि शुद्रले त्यत्ति धेरै ठुलो सोच राख्नु हुँदैन र सदियौं देखि शुद्रले सिमित सोच राखेर चल्नु पर्ने भएको हुनाले हाम्रो सोच अहिलेसम्म बदल्न सकिरहेका छैनन् भन्ने कुरा अहिलेको परिस्थितिले देखाएका छन्। त्यसै कारणले वर्ण ब्यवस्था अनुसार आफ्नो मालिक (बाहुन/क्षेत्री) लाई खुसी पार्न र रक्षा गर्नको निमित्त अहिलेका हाम्रो हिन्दु धर्म अंगाल्ने अशिक्षित र अबुझ मंगोल समुदायका कुनै कुनै झुण्डहरुले ब्राह्मणवादको ढाकछोप गर्न र रक्षा गर्न आफ्नै मंगोलहरु माथि जोडतोडका साथ खनिरहेको देख्न सकिन्छन्। तिनीहरूले न वर्ण चिन्यो, न वंश चिन्यो न त आफ्नो परम सत्रूलाई चिन्न सक्यो। त्यसैले अबको mno को  पहिलो कदम भनेको मुलवासी मंगोल हरुलाई जनचेतना मुलक कार्यक्रमहरु द्वारा आफुले आफू को हो भनेर चिनाउने र अहिले मुलुकमा भैरहेको एकल नस्लिय राजनितीक अवस्थाको बारेमा बुझाउने हो। सम्पुर्ण जनतालाई गाउँ शहर देखि जगाई सकेपछि अवश्य पनि अस्तित्व बिहिन मानवहरुले आफुले आफ्नो मानव अस्तित्वको लागि र आफ्नो सन्ततिको भविष्यको सुनिश्चितताको लागि क्रान्तिका आवाजहरु बुलन्द पारि जरुर लड्ने छ भन्ने कुरामा दुइमत रहने छैन।
#धन्यवाद

     : HB GHALE  

जै मंगोल,     जै मुलवासी 


Saturday 2 May 2020

देशको चौथो अंग पत्रकार Watch dogs जस्तो हुनु पर्छ, MNO प्रेसिडेन्ट बुद्धलाल मेचे



                 
                  MNO प्रेसिडेन्ट बुद्धलाल मेचे



Watch dogs journalist

एकताका युगपुरुष अमर ड. गोपाल गुरुङ ज्यु कागजात प्रमाणहरुको पोका लिएर मेरो झुप्रोमा आउनु भयो। यो पोका तिमीले सम्भालेर राख है भनेर दिनु भयो। मेरो हातमा थमाई वरी भन्नु भयो, मेरो जिन्दगी भरीको कमाई यही भित्र छ। जसको निम्ति मैले जेलनेल सहनु पर्यो, भुमिगत भइ भागेर जिवन बिताउनु पर्यो, अनेकौं भुक्तमान सहनु पर्‍यो, अनेकौं धाकधम्की सहनु पर्‍यो, सर्वस्वहरण हुनु पर्यो। यो घटना 2064 साल असोज महिना तिरको हो। जुन बेला नेपालमा नयां संविधान निर्माणको निमित्त संविधान सभाको चुनाव मंसिर 6 गते सम्पन्न हुने गरी निर्वाचन आयोगले मिति घोषणा गरेको थियो। निर्वाचन आयोगले एमएनओलाई दर्ता नदिएको हुंदा त्यो पहिलो संविधान सभाको चुनावमा संगठनले भाग लिन नपाउने निश्चित भइसकेको थियो। परन्तु तोकिएको मितिमा संविधानसभाको चुनाव सम्पन्न नभएर 2064 चैत 28 मा सरे पछि भने 2064 साल माघ 15 गतेका दिन निर्वाचन आयोगले एमएनओलाई दर्ता दिन कर लाग्यो। त्यसपश्चात मात्र एमएनओले संविधान सभाको पहिलो चुनावमा भाग लिन पायो। ड. गुरुङ ज्युले मलाई राख्न दिनु भएको पोका भित्र के थियो ? एकवर्ष जति खोलेर हेर्ने मैले हिम्मत गरिन। बडो जतनसंग कुम्ल्याएर राखें। यो पोका तिमीले राख! भनेर तेतिकै भन्नु भएको त होइन होला! पक्कै यो भित्र केही न केही रहस्य लुकेको छ भनेर मलाई सोच्नु  बाध्य गरायो।

म सानो छँदा एउटा कथा सुनेको थिएँ। त्यो कथाको झल्झली याद आयो। कथामा एकजना बाबुको तीन जना छोराहरु थिए। तीनै जना छोराहरुले बिहे गरिसकेपछि बाबुले आफनो जिउनी भाग राखेर सबै छोराहरुलाई बराबरी अंशवण्डा गरिदिए। बाबुको जीउनी अंश पाउने आशा र लोभमा तीनै भाइ छोराहरु बीच बाबुलाई आफू संगै राख्ने कुरामा होडबाजी चल्यो। बाबुको मन जित्न र खुशी पार्नको निम्ति तीनै जना छोराहरु बाबुलाई सेवा दिनुमा अहोरात्र खटिन थाले। कुन छोरासंग बस्दा ठीक हुन्छ? बाबुलाई निर्णय गर्न गाह्रो पर्यो। जेठा छोराकोमा बस्दा  माइला र कान्छा छोरा रिसाउने होकी ! कान्छा छोराकोमा बस्दा जेठा, माइलाले चित्त दुखाउने पो होकी ! बाबु सबै छोराहरुको चित्त दुखाउने पक्षमा थिएनन्। सबै छोराहरुलाई चित्त बुझाएर बस्न चाहन्थे। यो जटिल परिस्थितिको समाधान के कसरी गर्न सकिन्छ? बाबु- उपायको खोजीमा थिए। छोराहरुमा बाबुको जीउनी भाग प्रति लोभ-लालच बढेकाले एक-आपसमा खिचातानी शुरु भएको हो भन्ने यथार्थ कुरा बाबुलाई राम्रो संगले थाहा थियो। बाबुले तीन भाइ छोराहरुलाई एकै साथ बोलाएर मेरो शेषपछि कुल-घरानाको इज्जत, मान-सम्मान, संस्कार र संस्कृति जुन छोराले जोगाएर राख्न सक्छ म त्यही छोरासँग बस्छु यसको निम्ति तिमीहरुले एउटा काम गर भने।  बाबुले तीनै जना छोराहरुलाई एक-एक वटा मक्कैको घोघा दिंदै भने म एक बर्षको लागि तीर्थ यात्रा जांदैछु। यात्रा सकेर एक बर्षमा फर्किन्छु। जुन छोराले मक्कैको घोगा जस्ताको तस्तै जोगाएर मलाई देखाउन सक्छ म त्यही छोरासंग बस्छु। त्यो कुरा सुनेर छोराहरु आ-आफ्नो भागमा परेको मक्कैको घोघा बोकेर खुसी हुँदै घर फर्के। जेठा र कान्छाले चाही मक्कैको घोगालाई कपडाले मोडेर, धागोले बांधेर बडो जतनसंगले बाकसमा लुकाएर राखे। माइला छोरा चाहीं बाबुको कुरामा केही न केही भित्री रहस्य छ भनेर रातभरी घोरिए। उज्यालो भएपछि हत्त न पत्त उठेर खेतबारी खन्न थाल्यो। त्यसपछि मक्कैको घोघा छड्याएर खेतबारीमा रोप्यो। एकवर्ष पुग्न लाग्दा -लाग्दै रोपेको मक्कै पनि पाक्यो। बाबुलाई देखाउन एक घोघा मक्कै भाँचेर सुरक्षित राखे। बर्षदिन भएपछि बाबु तीर्थ यात्रा गरी सकेर घर आइपुगे। तीनै जना छोराहरुलाई बोलाएर आ-आफ्नो मक्कैको घोघा देखाउनु भने। जेठा र कान्छाले हत्तपत्त मक्कै निकालेर देखाए, मक्कै घुनले खाइसकेको थियो। माइला छोराको मक्कै देखाउने पालो आयो। माइला छोराले मक्कैको घोघा खोलेर देखायो, उसको मक्कै जस्ताको तस्तै थियो। त्यो देखेर यो छोराले मात्र कुलघरानाको इज्जत, मान सम्मान,संस्कार र संस्कृति बचाउन सक्छ भनेर माइला छोरासंगै बाबु बस्न थाल्यो।

यो कथाको संझनाले मलाई पोका खोतल्नै पर्ने बाध्य  गरायो र वास्तविक यथार्थता सिकायो। जुन कुरा सबैले बुझ्न र जान्न आवश्यक थियो। यी नै सत्यतथ्य यथार्थ कुराहरुलाई र जिन्दगी भरी गुमाएर आर्जन गर्नु भएका उपलब्धिलाई सुरक्षित र जिवित बनाई राख्नको लागि रिसर्च सेन्टर बनाउनु पर्ने र मंगोल भिजन पत्रिका चलाउनु पर्ने युगपुरुष अमर ड गोपाल गुरुङ ज्युको अधुरो सपना रहेकाले प्रारम्भिक चरणको मंगोल रिसर्च सेन्टर निर्माण कार्य सम्पन्न गरी सुरक्षित राख्न सफल भएका छौं। मंगोल रिसर्च सेन्टरले आफु जस्तै निर्भिक, साहसी , दुरदर्शी मंगोल नेता र मंगोल भिजन पत्रिकाले आफैं जस्तो सुंगेर पत्ता लगाउने साहसी पत्रकार जन्माउँदै लैजाने कुरामा युगपुरुष अमर ड. गोपाल गुरुङ ढुक्क हुनु हुनुहुन्थ्यो।
मंगोल रिसर्च सेन्टर निर्माण र मंगोल भिजन पत्रिका संचालन गर्नुको मुख्य कारणहरु:-

1) ड. गोपाल गुरुङ जस्तै आंटी,साहसी,त्यागी,स्पष्ट भिजन भएका र दुरदर्शी लोकतन्त्रवादी मंगोल नेताहरु तयार पार्दै लैजानु।
2) लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयतालाई संस्थागत गरेर मजबूत बनाउनुको लागि।
3) लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताका लागि देश भित्र र देश बाहिर लड्नु भएको कुटनैतिक र रणनीतिका प्रमाणहरुलाई सुरक्षित राखेर आउंदो भावीपिंडीहरुलाई रिसर्चका लागि सहज वातावरण बनाइ दिनु।
4) बहुमुखी प्रतिभाका धनी ड. गुरुङका बिभिन्न विधाहरु मध्ये साहित्य विधाहरुमा कथा , कविता, उपन्यास,पत्रकारिता र राजनीति सम्बन्धीका कागजात प्रमाणहरु सुरक्षित राखेर संबन्धित विषयका विधार्थीहरुका लागि रिसर्च गर्न सहज होस भन्ने हेतुले।
5) नेपाल नबन्नु र बनाउन नसक्नुको मुल कारण यो देश लुटेरा नीति अन्तर्गत चलेकाले हो। राजनीतिक दलको काम र उद्देश्य देश बनाउने नीतिसंग संबन्धित हुनु पर्दछ। यसको निम्ति राजनीतिक दलहरुले जनतालाई जागरुक बनाउने, चेतनशील बनाउने, सजक गराउने र जिम्मेवारी बोध गराउने काम गर्नु पर्दछ।

देश हाँक्ने नेपालका राजनीतिक दलहरू प्राय: बाहुनक्षेत्रीहरुको कब्जामा छ र ती बाहुनक्षेत्रीहरुले हाँकेका राजनीतिक दलहरुको नीति निर्देशन देश बनाउने किसिमको नभएर लुट नीति मात्र छ। जताततै भ्रष्टाचारै भ्रष्टाचार, जताततै लुट्ने र धुत्ने, एकप्रकारले हिन्दुआर्य बाहुनक्षेत्री शासकहरुको निम्ति लुट मच्चाउन छुट छ र उनीहरूको लागि मोजतन्त्र भएको छ। यसोसले मंगोल रिसर्च सेन्टर भवन निर्माण कार्यले लुट नीतिको अन्त्य गरेर उद्दार नीति अर्थात् दिनु सिकाउने नीतिको अभ्यास गर्ने छ। सही ठाउँमा तन मन धन दिंदा कहिल्यै खेर जांदैन। इनारको पानी झिक्दैमा पानी परेको रित्तो हुँदैन। जसरी शिशिर ऋतुमा बोट बिरुवाहरु पतझर भएर उदेक लाग्दो उजार रुप लिन्छन् र बसन्त ऋतु आए संगै पालुवाहरु पलाएर फेरि हरियालीमा परिणत हुन्छ। त्यस्तै गरी देश बनाउने सम्बन्ध संग जोडिएको अर्को भरपर्दो कुटनैतिक हतियार भनेको संचार माध्यम हो। यो मुलुक लोकतन्त्र -धर्मनिरपेक्ष-प्रान्तीयताको मुलुक हुनुपर्छ भनेर यी 3 वटा माग र मुद्दा उठाएर युगपुरुष अमर ड. गोपाल गुरुङ ज्युले सन् 1972 देखि लड्दै ,लेख्दै र बोल्दै आउनु भएको थियो।

यसको निम्ति उहाँले आफनै प्रकाशन र सम्पादनमा कुटनैतिक हतियारको रुपमा 2027 सालदेखी खस भाषामा छापिने न्युलाइट पत्रिका संचालनमा ल्याउनु भएको थियो। खस भाषामा छापिने न्युलाइट पत्रिकालाई अंग्रेजी भाषामा छाप्नुको निमित्त तत्कालिन पञ्चायती राजाको सरकारलाई दरखास्त लेखेर दिनु भयो तर अंग्रेजी भाषामा न्युलाइट पत्रिका संचालनको निम्ति दर्ता र अनुमति भने दिइएन। त्यसपछि 2040 सालदेखी अंग्रेजी भाषामा थण्डरबोल्ट साप्ताहिक पत्रिका दर्ता गरेर प्रकाशित गर्नु भयो। देश बन्न र बनाउनका लागि देशको चौथो अंग पत्रकारहरु साहसी हुनु अति जरुरी छ। सरकारले गरेका गल्ती र कमीकमजोरीमा  सरकारलाई प्रश्न सोध्नु सक्नु पर्दछ। सरकारलाई जवाफदेही बनाउन सक्नु पर्छ। सरकारलाई प्रश्न सोध्नुको सट्टा उल्टो सरकारको कम्जोरीलाई ढाकछोप गरेर कम्जोर बिपक्षीसंग मात्र प्रश्न गर्ने हो भने देश बन्न सक्दैन। पत्रकारहरुले सेतोलाई सेतो कालोलाई कालो भन्न सक्नु पर्दछ। देशको चौथो अंग पत्रकार  Watch dogs जस्तो हुनु पर्छ। watch dogs journalist भनेको कुकुरले जस्तो सुंघेर पत्ता लगाउने पत्रकार । ‌भ्रष्टाचार,बेभिचार, काला बजारी, तस्करी, देशको हित विपरीत सन्धी, सम्झौता, शिक्षा, स्वास्थ्य, रोजगार, मानव अधिकार, हत्या हिंसा जस्ता कुरामा बहस खडा गरेर न्यायपालिका,कार्यपालिका र ब्यवस्थापिका जस्ता अंगहरु लाई चलायमान बनाउने पत्रकारको कलममा तागत हुन्छ।

#copyright_from_mno_president_budhalal_meche

Thursday 3 January 2019

मंगोल नेशनल अर्गनाइजेसन को ३० अौं स्थापना दिवस तथा ५ नं प्रान्तको ऐतिहासिक प्रथम अधिबेशन भब्यताका साथ सम्पन्न भएका छन्। भिडियो सहित



मंगोल नेशनल अर्गनाइजेसन को ३० अौं स्थापना दिवस तथा ५ नं प्रान्तको ऐतिहासिक प्रथम अधिबेशन दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा भब्यताका साथ सम्पन्न भएका छन्।
                            यस कार्यक्रम MNO ५ नंं प्रदेशका अध्यक्ष दिपक थापा मगरको अध्यक्षता तथा MNO केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचे ज्यु को प्रमुख आतिथ्य र संगठनका केन्द्रीय मुल सचिव थमन बहादुर बुढा मगर ज्यु को बिशिस्ट आतिथ्यमा भएको थियो, भने केन्द्रीय कार्यलय सचिव तथा केन्द्रीय सर्वोच्च सभा सदस्य रिन्छेन दोर्जे तामाङ ज्यु ले उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उक्त कार्यक्रममा मुलुक भरका विभिन्न जिल्लाहरु बाट मुलवासी मंगोलहरु उपस्थित भएको थियोे।



कार्यक्रम MNO ५ नं प्रदेशका सदस्यहरु धनीसरा गहा मगर, घनश्याम चौधरी र दीपा चौधरी ज्यु को स्वागत मन्तब्यबाट प्रारम्भ भएको थियोे। भने अतिथिहरु MNO प्रवास सभा UK का संयोजक खड्क बहादुर बुढा मगर, गण्डकी प्रदेश सभाका अध्यक्ष नर बहादुर गुरुङ, MNO केन्द्रीय सदस्य बिस्न मान बि.क. लालमोन घर्ती मगर, प्रेम छिरि शेर्पा र लाल बहादुर दर्लामी मगर ज्यु ले पनि कार्यक्रममा आ आफ्नो मन्तब्यहरु राख्नु भएको थियोे।


                   त्यस्तैगरि अतिथिहरु MNO केन्द्रीय सर्वोच्च सभाका सदस्य केशु रासकोटी मगर, कल्पना थापा मगर, बरिस्ठ केन्द्रीय सदस्य तथा अनुशासन बिभागका संयोजक गणेश चाम्लुङ राई, केन्द्रीय सर्वोच्च सभा सचिव सन्तोष तामाङ ज्यु ले पनि संगठनका मुद्दा र एजेन्डा हरु उपर बिभिन्न अभिव्यक्तिहरु राख्नु भएको थियोे।



यस ३० अौं स्थापना दिवस तथा ५ नं प्रान्तको ऐतिहासिक प्रथम अधिबेशनको बन्दसत्र बाट प्रान्त न• ५ को नयाँ कार्यसमितिमा चयन हुनु भएको छ। उक्त नयाँ कार्यसमितिको नाम लिस्ट यसप्रकार छ:

दिपक थापा मगर- एम•एन•ओ• ५ न• प्रान्त       अध्यक्ष
जनक मिदुन मगर-    "          "       "             सचिब
सत्रुधन रोका मगर-    "          "       "            सह-सचिब
नेत्र बहादुर गुरुङ्ग       "          "       "           कोषाधक्ष
टेक ब•सिङ्ग्जाली     "          "       "               सद्स्य
पदम थापा मगर        "          "      "                सद्स्य
सन्त ब•बिक             "          "      "                   "
मन ब•राना मगर        "          "      "                   "
ओम ब• सारु            "           "      "                  "
बुद्धी ब•सारु             "           "      "                   "
खिल ब•गाहा            "           "      "                   "
बुद्धिसागर थारु         "           "      "                   "
कर्णे ब• गुरुङ्ग           "           "      "                  "
बिष्णु गुरुङ्ग              "           "      "                  "
देब प्र•श्रेस्ठ              "           "      "                  "
पुर्ण ब•आले             "           "      "                  "
टेक ब• आले            "           "      "                  "
मन ब•घर्ती मगर       "           "       "                 "
केश ब•थापा मगर     "          "       "                 "
प्रेम घर्ती मगर          "           "       "                 "
गङ्गा नेपाली             "          "       "                 "
 निर्मला झाक्री          "         "       "                  "
धनिसरा गाहा मगर   "          "       "                  "
सुमित्रा गुरुङ्ग           "          "       "                 "
रेवती सारु मगर       "          "       "                 "
जेनिशा बुढा मगर    "           "       "                 "
दिपा चौधरी           "            "       "                "
सुप्रिया वुढा मगर    "           "        "                 "
कुमारी बुढा मगर    "          "         "                 "
चित्रकला बलामी    "          "         "                 "
बिर ब•गुरुङ्ग          "          "         "                 "
सुदीप थापा मगर   "          "         "                  "
देबराज गुरुङ्ग        "          "         "                  "
अनिसरा बुढा मगर "          "         "                  "
घनश्याम चौधरी     "          "         "                 "

सल्लाहकारहरु :
खगेन्द्र रास्कोटी मगर
चन्द्र बहादुर अर्गेजा मगर
रोमन बहादुर राना मगर
















भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला ⬇️

Tuesday 1 January 2019

MNO प्रवास सभा मलेसियाले संगठनको ३० अौं स्थापना दिवस धुमधामका साथ मनाउन सफल:




हिजो मिति १ जनवरी २०१९ का दिन मंगोल नेशनल अर्गनाइजेसन प्रवास सभा मलेसियाको आयोजनामा MNO को ३० अौं स्थापना दिवस मलेसियाको क्वालालम्पुर स्थित The 5 Elements hotel मा भव्यताका साथ सम्पन्न भएका छन्।
         MNO प्रवास सभा मलेसियाका अध्यक्ष सोम खपाङ्गी ज्यु को अध्यक्षता र बुद्धिमान दर्लामी ज्यु को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमलाई प्रवास सभा मलेसियाका कोषाध्यक्ष राजु किरण रास्कोटी ज्यु को स्वागत मन्तब्यबाट आरम्भ गर्नु भएको थियोे भने प्रवास सभा मलेसियाका सह सचिव स्वाभिमान मंगोल ज्यु ले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।



                    कार्यक्रममा स्वागत मन्तब्य राख्ने क्रममा वहाँले  उपस्थित हुनुहुने सम्पुर्ण महानुभाव हरुलाई MNO प्रवास सभा मलेसियाको तर्फबाट स्वागत गर्नु भएको थियो। साथै प्रवासमा रहेर पनि बिभिन्न कार्य ब्यस्तताका बावजुद पनि आफ्नो महत्त्वपूर्ण समयलाई छुट्याएर यस ऐतिहासिक दिनमा  हामी मुलवासी मंगोलहरुको कार्यक्रलाई आफ्नै कार्यक्रम सम्झि उपस्थित भइदिनु भएकोमा प्रवास सभाको र आफ्नो ब्यक्तिगत तर्फबाट सम्पूर्ण मुलवासी मंगोल हरुलाई धन्यवाद तथा जै मंगोलको न्यानो अभिवादन टक्र्याउनु भएको थियोे।



      कार्यक्रमका अतिथिहरु साङ्गे दोर्जे तामाङ, खगेन्द्र बहादुर लिम्बु, होम चेपाङ, मित्र मगर, रेवत आले लगायतका अन्य अतिथि ज्यु हरुले आ आफ्नो मन्तब्य राख्ने क्रममा सर्वप्रथमत: हामी मुलवासी मंगोलहरुले आफुले आफैंलाई चिन्न पर्ने, हाम्रो अस्तित्व के हो बुझ्नु पर्ने र यही मुख्य कुराहरुको चेतनाको कमीका कारणले गर्दा खेरि सदियौं देखि आजसम्म हामी माथि ब्रम्हणवादी शासकहरुले हरेक क्षेत्रमा बिभेद गरिएको छन्, त्यसैले हामी पछाडि पर्न बाध्य भएको हो। यस्ता संकटपुर्ण अवस्था बाट मुक्त हुन र यस स्थान बाट माथि उठ्न अब हामीले निक्कै संघर्षहरु गर्नु पर्ने हुन्छन् जुन अपरिहार्य छन् भन्नुभएको छन्। यस्ता  तानाशाही शासकहरुको दासताबाट मुक्त हुन प्रवासमा रहनु भएको सम्पुर्ण मुलवासी हरुलाई मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भई सशक्त रुपमा बैचारिक क्रान्तिमा सहभागी हुन अपिल समेत गर्नु भएको छन्। साथै प्रवास मै बसेर पनि हामीले MNO लाई भरपुर साथ र सहयोग गरि एकल नस्लवादी ब्राम्हणवादीहरुको बिरुद्ध केही न केही भुमिका निभाउन आग्रह गर्नुभएको छन्। अतिथिहरुले MNO कुनै जातिय वा धार्मिक संगठन नभएको र जिकिर गर्दै यस संगठनले लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारको बारेमा स्थापना काल देखि बुलन्द आवाज उठाउँदै आइरहेको कुराको पनि जानकारी गराउनु भएको थियोे।




      MNO प्रवास सभा मलेसियाका सचिव नरेश तामाङ ज्यु ले आफ्नो मन्तब्य राख्नेे क्रममा मुख्य त मंगोल शब्दको बिषयमा प्रस्ट पार्नु भएको थियोे। यही मंगोल शब्दलाई गलत ढंगबाट अर्थ्याउने जमात हरुले झन भुमिपुत्र मुलवासी मंगोलहरु लाई दोधारमा पारि रहेको जिकिर गर्नु भएको थियोे। हामी थेप्चा र चिम्साहरुको वर्ण मंगोल हो । त्यसैले हामीले आफुलाई मंगोल भन्न कत्ति पनि डराउन नहुने धारणाा ब्यक्त गर्नु भएको थियो। हामी आदिवासीजनजाति होइन हामीलाई त्यस कोटामा जबर्जस्ति कोच्याएको छन्। जबकि बाहुन क्षेत्रीहरुले संबिधानमा आफुलाई आफ्नो नस्लको आधारमा आफ्नो अस्तित्व खस आर्य भनेर संरक्षित गरिएको तर हामी मुलवासी मंगोलहरु लाई सुरुमा मतुवाली बनायो अहिले आएर आदिवासीजनजाति बनायो र भोलि के बनाउने हो थाहा छैन। हाम्रो अस्तित्वको नामा निसाना मेटाउनको लागि ब्रम्हणवादी हरु सयौं बर्ष देखि लागि परेका छन्, विभिन्न कालखण्डमा हामीलाई विभिन्न उपनाम हरु दिई हाम्रो अस्तित्व माथि निरन्तर हमला गरिरहे, त्यसैको प्रतिफल हो अहिलेका मुलवासी मंगोलहरुले आफुलाई मंगोल भन्न हच्कने तर आदिवासीजनजाति भन्न निक्कै रुचाउने, यदि कसैले हामी थेप्चा र चिम्सेहरुको वर्ण गहुँगोह्रो हो, वा मतुवाली हो, वा आदिवासीजनजाति हो भन्छ भने त्यो गलत हो। सबैलाई चुनौती दिएर भन्दैछु कि हाम्रो वर्ण मंगोल हो, यदि कोही कसैले यस शब्दमा आपति जनाउँछ भने म तिनीहरुलाई सोध्न चहान्छु कि हामी थेप्चे र चिम्सेहरुको वर्ण के हो त भन्दिन सक्छौ? त्यसैले हामीले अब हरेक कुराहरु बुझ्नु पर्ने बेला आइसकेको जानकारी दिनुभएको छन।



        प्रमुख अतिथि बुद्धिमान दर्लामी ज्यु ले कार्यक्रममा उपस्थित दर्शक महानुभाव हरुलाई अति नम्र रुपमा अलिखित ईतिहास, बर्तमान र भविष्यमा हुनसक्ने सम्भावित संकटको बिषयमा तितो लाग्ने मार्मिक सत्य शब्दहरु प्रस्तत गर्नुभएको थियोे। युग पुरुष डा. गोपाल गुरुङ ज्यु ले वास्तवमा MNO को स्थापना किन र कहाँ गर्नुभएको थियोे भन्ने बारेमा प्रस्ट पार्नु भएको थियोे। अभिब्यक्ति राख्ने सिससिलामा दार्लामी ज्यु ले बिश्वभरी छरेर रहनु भएका ८०% अहिन्दु मुलवासी मंगोलहरु संगठित भएर mno लाई साथ दिनुको बिकल्प नरहेको भन्दै गाउँ गाउँ बाट उठेर र बस्ति बस्ति बाट उठेर मात्रै नहुने अब पुरै विश्वभरको मंगोलहरु जुरमुराउनु पर्ने बेला आइसकेको र यश अभियानमा तपाईं हामी सम्पुर्ण मुलवासी मंगोलहरु छिटोभन्दा छिटो जुटेर, डटेर र खटेर लाग्न समेत अनुरोध गर्नु भएको थियोे। वहाँले mno को पाँच क्रान्ति १) राजनितीक, २) आर्थिक, ३) शैक्षिक, ४) धार्मिक र ५) साँस्कृतिक क्रान्तिको बिषयमा पनि थप चर्चा गर्नु भएको थियोे। कार्यक्रमको अन्त्यमा वहाँले उपस्थित सम्पुर्ण दर्शक स्रोता हरुलाई मंगोल नेशनल अर्गनाइजेसन लाई संधैभरि धेरै भन्दा धेरै माया गरिदिन र mno को हरेक कार्यक्रममा सहभागी भइ सबैजना हातेमालो गरि अगाडि बढ्न आग्रह गर्दै सबैलाई धन्यवादका साथै जै मंगोलको अभिवादन समेत दिनुभएको थियोे।



    MNO को ३० अौं स्थापना दिवसलाई थप आकर्षक तथा ब्यवस्थित तरिकाले भब्यताका साथ सम्पन्न गराउनुको निमित्त प्रवासी कलाकार भाईबहिनी हरुले आ आफ्नो भेषभुषामा सजिएर विभिन्न गायन तथा नृत्य प्रस्तुत गरि उपस्थित सम्पुर्ण दर्शकहरुलाई पर्याप्त मनोरञ्जन प्रदान गर्नु भएको थियोे। कलाकार भाइबहिनीहरुलाई यस क्षेत्रमा निरन्तर लागिरहनका निमित्त थप हौसला मिलुुुन्, कला र गला कै माध्यमबाट आ आफ्नो धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्ने कार्यमा संधै अघि बढिरहुन भन्ने हेतुले MNO प्रवास सभा मलेसियाले वहाँहरुको कलाको उच्च कदर गर्दै सम्पुर्ण कला प्रेमीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियोे।



कार्यक्रम लाई समापन गर्ने क्रममा सभा अध्यक्ष सोम खपाङ्गी ज्यु ले अबको यो युगमा मुलवासी मंगोलहरुले अनेक किसिमका शोषण दमन तथा बिभेदहरु सहनु हुँदैन। कुनै पनि गलत गतिविधिको बिरुद्धमा हामीले खुलेर आवाज उठाउनु पर्छ। प्रवासमा रहेर पनि मुलवासी मंगोलहरुलाई बैचारिक राजनिती बारे चेतना जगाएर सुझबुझ बनाउनको निमित्त हरदम आफुले सकेको सहयोग गर्न सबैमा अनुरोध गर्दै सम्पुर्ण ८०% अहिन्दु मुलवासी मंगोलहरु संगठित भएर अगाडि बढ्न समेत अनुरोध गर्नुभएको थियोे।











जै मंगोल!          जै मुलवासी!










Saturday 29 December 2018

दाङमा mno का केही जुझारु कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएका छन्। कारण सुन्दा तपाईं चकित पर्नु हुनेछ।




मंगोल नेशनल अर्गनाइजेसन एउटा लोकतान्त्रिक राजनितीक संगठन हो। जुन संगठनले स्थापना काल देखिनै लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारका बिषयमा वकालत गर्दै आइरहेको कुरा सम्पुर्ण जनमानसमा सर्वविदित्तै छन्। नेपालको रुढीबादी परम्परा, कुसंस्कार तथा अन्धविश्वासमा जिउन बाध्य पारिएको समस्त नेपाली जनहरु प्रति यसको वास्तविकता माथि प्रकाश पार्दै सामाजिक जनचेतना जस्ता महत्त्वपूर्ण कार्यहरु लाई प्राथमिकता दिने र नेपालको बाउनवादी सरकारको निरङ्कुस् तानाशाही नितिको खण्डन गर्दै आइरहेको कुरा पनि सबैमा जानकार छन्।

mno ले राजनितिक, आर्थिक, शैक्षिक, धार्मिक र साँस्कृतिक क्रान्तिलाई आधाार बनाएर राजनितीक यात्रा सुरु गरेको पनि आज ३० अौं वसन्त भइसकेछ। यत्रो ३० बर्षको अन्तरालमा पनि मंगोल नेशनल अर्गनाइजेसन लाई मुलुक ब्यापी बनाउन नसक्नु र देश तथा बिदेशमा रहने ८०% अहिन्दु मुलवासी मंगोलहरुले mno लाई राम्रोसँग चिन्न नसक्नु वा नबुझ्नु धेरै दु:ख लाग्दो कुरा हो। भने यस राजनितीक संगठनलाई गुमनाम तथा समाप्त पार्न विभिन्न षड्यन्त्रकारी तत्वहरु दिलो ज्यान लगाएर रातोदिन लागिपरे। त्यसैको प्रत्येक्ष वा अप्रत्यक्ष असरले गर्दा खेरि नै यो संगठनले भनेको जस्तो मुलुक वा विश्वव्यापी रुप लिन सकेन।  संगठनको प्रचारप्रसार, प्रशिक्षण, नगर अधिबेशन, जिल्ला अधिबेशन देखि लिएर विभिन्न कार्यक्रमहरु सफल हुन नदिन जहिल्यै पनि कुनै न कुनै पक्षबाट हस्तक्षेप गिरहरे। एउटा लोकतान्त्रिक राजनितीक संगठनका बिभिद कार्यक्रमलाई बिफल पार्न लोकतान्त्रिक मुलुककै सरकार अग्रपंतिमा छन्।

यहि १ जनवरी २०१९ को दिन मंगोल नेशनल अर्गनाइजेसनको ३० अौं स्थापना दिवस दाङ जिल्लाको घोराही उपमहानगर पालिकामा सम्पन्न हुँदैछन्। यसै स्थापना दिवसलाई सभ्य र भव्य रुपमा सौहार्दपुर्ण बातावरणमा सम्पन्न गराउनको  निमित्त mno का नेता तथा कार्यकर्ताहरुले विभिन्न घरदैलो अभियान, प्रशिक्षण तथा भित्तेलेखन अभियानलाई तिब्र रुपमा अगाडि बढाउँदै छन्। लोकतान्त्रिक मुलुकमा लोकतान्त्रिक संबिधानको भाग २९ को राजनितीक दल सम्बन्धि ब्यवस्था को धारा २६९ मा ब्यवस्था गरिए अनुसार एउटा लोकतान्त्रिक राजनिती संगठनले आफ्नो कुनैपनि कार्यक्रम गर्न पाउने स्वतन्त्र अधिकार सुनिश्चित छन्।



यसै बिधान अनुरुप लोकतान्त्रिक राजनितीक संगठनले उपभोक गर्न पाउने स्वतन्त्र अधिकार अनुसार नै मंगोल नेशनल अर्गनाइजेसनले देशब्यापी रुपमा सांगठनिक तथा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु गर्दैछन्।

                 यसै सिलसिलामा संगठनको ३० अौं स्थापना दिवसको कार्यक्रमलाई ब्यपक बनाउनको निमित्त भित्ते लेखन अभियानमा खट्नु भएको मुलवासी मंगोलका केही जुझारु कार्यकर्ता हरुलाई लोकतन्त्रवादी सरकारका प्रशासनले माथिको आदेश भन्दै लोकतान्त्रिक संबिधानको धजिया उडाउँदै असंवैधानिक पुर्वक हिरासतमा राखिएका छन्। प्रहरीले थुनामा राख्नुको कारण भने हामी मंगोल हिन्दु होइनौंं, हिन्दु चाड मन्दैनौं, जातजाति भन्दैनौं भन्ने मंगोल नेशनल अर्गनाइजेसनका नाराहरु रहेको बताएका छन्। सरकारले मंगोल नेशनल अर्गनाइजेसनका यी योद्धाहरु लाई छिटोभन्दा छिटो बिनासर्त रिहा गरि लोकतन्त्रको सम्मान गर्न अनुरोध गर्दछौं।
जै मंगोल!    जै मुलवासी!!