Monday 24 September 2018

मंगोल नेशनल अर्गनाइजेशन ३ नं प्रदेश सभाको आयोजनामा सञ्चालित ३ दिने Motivational, Leadership, Public Speaking तथा संगठनको रणनीति र कार्यनीति बिषयक कार्यक्रम mno का प्रेसिडेन्ट बुद्धलाल मेचे ज्यु को प्रमुख आतिथ्यमा सम्पन्न भयो:




मंगोल नेशनल अर्गनाइजेशन ३ नं प्रदेश सभाको आयोजनामा सञ्चालित ३ दिने Motivational, Leadership, Public Speaking   तथा संगठनको रणनीति र कार्यनीति बिषयक ३ दिने बन्द प्रशिक्षण कार्यक्रम २३ सेप्टेम्बर २०१८ आइतबार मुलुकको बिश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध स्थित शेर्पा हाउसको भिलेज किचेन गार्डेनमा संगठनका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्यूको प्रमुख आतित्यथामा सम्पन्न भएको छ ।



कार्यव्रmमको पहिलो २ दिन संगठनका केन्द्रीय सदस्य रिन्चेन दोर्जे तामाङबाट Motivational, Leadership, Public Speaking बिषयमाथि प्रशिक्षण प्रदान भएको कार्यक्रम लाई अन्तिम दिन संगठनका मूलसचिव तथा कार्यक्रमका बिषेश अतिथी थम्मन बुढा मगर ज्यूले संगठनको रणनीति तथा कार्यनीति बिषय माथी प्रकाश पार्नु भएको थियो ।



केन्द्रीय अनुशासन सभाका संयोजक गणेश चाम्लिङको पनि बिषेश आतित्यथा रहेको कार्यव्रmम संगठनका ३ नं प्रदेश सभा अध्यक्ष लाक्पा तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।



 प्रदेश सभाका सचिव राजेन्द्र तामाङद्धारा सञ्चालित कार्यव्रmममा प्रदेश सभा अन्र्तगतका बिभिन्न जिल्ला सभाको उपस्थिती रहेको थियो ।








दक्षिणी कोरियामा एम.एन.ओ तदर्थ सभा गठन:



काठमाण्डौ /
                    मंगोल नेशनल अर्गनाईजेशनको प्रवासहरुमा संगठन बिस्तार हुनेक्रममा आज मिति २०७५/०६/०८ गते तदनुसार 2018/09/24 तारिखका दिन एम.एन.ओ तदर्थ प्रवास सभा दक्षिण कोरिया गठन भएको छ ।



                    दक्षिण कोरियाको राजधानी सेउल स्थित होटेल दोईदुङमूनमा सम्पन्न भएको एक कार्यक्रमको बिच अ.मू.मं गणेश चिडी मगरको अध्यक्षतामा २१ सदस्यीय तदर्थ प्रवास सभा दक्षिण कोरिया गठन भएको छ । जसको मूलसचिव, सचिव, कोषाध्यक्ष र प्रवक्तामा क्रमश: मि लामा तामाङ, अटल मगर , सलिना गुरुङ, तेजेन्द्र पून मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा विश्व बुढा मगर, अभिनास बुढा मगर, हिमाल सागर सुनुवार , विश्व राई , दल बहादुर वि.क, मिङ्मा शेर्पा , किशोर राना मगर , अशोक राई, अस्मिन लिम्बू, गुन बहादुर सारू, धगेन्द्र पुन , सिमा राना मगर र सुजित तामाङ रहेका छन् भने विशेष सल्लाहकारमा याम गुरुङ रहेका छन् ।


 मिलन तामाङले सन्चालन गरेको उक्त कार्यक्रममा संगठनको र मंगोल अस्तित्व र अधिकारका लागि सदैव एकजुट भएर अघि बढ्ने भनी वाचा कसम प्रतिज्ञा साथ कार्यक्रमको विधिवत रुपमा सम्पन्न गरेको तदर्थ प्रवास सभा दक्षिण कोरियाका सदस्य किशोर राना मगरले ( Roshik Rohsik Rana )  मंगोल भिजनलाई जानकारी गराउनु भएको छ ।
.
जै मंगोल ।

Saturday 22 September 2018

MNO प्रदेश नं ५ को ३ दिने प्रशिक्षण कार्यक्रम हिजो सम्पन्न भयो।




जै मंगोल!
मंगोल नेशनल अर्गनाइजेसन ५ नं प्रदेशले आयोजना गरेको ३ दिने प्रशिक्षण कार्यक्रम हिजो सफलता पुर्वक सु सम्पन्न भएको छन्।

मंगोल नेसनल अर्गनाइजेसन प्रदेश न 5 ले आयोजना गरेको तिनदिने प्रशिक्षण कार्यक्रम मा पाचौं रास्ट्रीय महाधिवेशनको बन्द सत्रबाट प्रदेश न ५ भित्रको केन्द्रीय सभाको सद्स्य र प्रदेश न ५ को बिभिन्न पदमा निर्वाचित भएका सद्स्यहरुलाई प्रदेश न 5 ले प्रमाणपत्र वितरण गरेको थियो।



उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसनका केन्द्रिय प्रेसिडेन्ट  बुद्धलाल मेचे ज्यु द्वारा प्रमाणपत्र बितरण गर्नु भएको थियोे।













MNO ३ नं प्रदेशको ३ दिने प्रशिक्षण कार्यक्रम बौद्ध स्थित शेर्पा हाउसमा चल्दै...



प्रशिक्षण कार्यक्रम जारी ...
मंगोल नेशनल अर्गनाइजेशन ३ नं प्रदेश सभाको आयोजनामा २१ सेप्टेम्बर २०१८ शुक्रबार देखी मुलुकको पर्यटकिय नगरी बौद्ध अवस्थित शेर्पा हाउसमा सुरु भएको ३ दिने Motivational, Leadership, Public Speaking  तथा संगठनको रणनीति तथा कार्यनीति बिषयक प्रशिक्षण कार्यक्रम निरन्तर चलिरहेको छ ।



शुक्रबार संगठनका ३ नं प्रदेश सभाका अध्यक्ष लाक्पा तामाङको सभाध्यक्षता तथा संगठनका केन्द्रीय सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुख आतित्यथामा सुरु भएको कार्यक्रम लाई प्रदेश सभाका कोषाध्यक्ष कुमार तामाङको स्वागत मन्तब्य बाट अगाडी बढाइएको थियो ।



उत्घाटन सभा लाई संगठनका केन्द्रीय सदस्य मंगोल भक्त खपाङ्गी लगायत ३ नं प्रदेश सभा अन्तर्गतका केन्द्रीय सदस्यहरुबाट शुभकामना मन्तब्य सहित अगाडी बढाइएको थियो । प्रदेश सभाका सचिव राजेन्द्र तामाङद्धारा सञ्चालित प्रशिक्षण कार्यव्रmमको पहिलो दिन संगठनका केन्द्रीय सदस्य रिन्चेन दोर्जे तामाङ बाट Motivational को बिषयमा प्रशिक्षण सहित सकिएको कार्यव्रmम दोस्रो दिन २२ सेप्टेम्बर आज पनि केन्द्रीय सदस्य तामाङ बाट नै उल्लेखित बिषय अन्र्तगत Leadership Development  को प्रशिक्षण प्रदान भएको छ ।



दोस्रो दिनको कार्यक्रमसम्म आइपुग्दा ३ नं प्रदेश अन्तरगत बिभिन्न जिल्ला हरुबाट आउनु भएका प्रशिक्षार्थी हरुले सभामा सहज र सरल भाषा बाट प्रशिक्षण ग्रहण गरिरहेको जानकारी प्राप्त भएको छ।



























Tuesday 18 September 2018




मंगोल नेशनल अर्गनाइजेसनका केन्दिय सदस्य तथा केन्द्रीय अार्थिक बिभागका सदस्य धनमाया तामाङ ज्यु ले मंगोल नेशनल अर्गनाइजेसनमा कसरी आबद्ध हुन सकिन्छ, र mno सम्बन्धि रुचि राख्नु हुने सम्पूर्ण मुलवासी हरुले यसको सम्पुर्ण कुराहरु कहाँ कहाँबाट सजिलैसँग जान्न वा बुझ्न सकिन्छन् भनी सम्पुर्ण ८०% अहिन्दु मुलवासी मंगोलहरु लाई यसरी जानकारी गराउनु हुँदै:

जानकारी लिनको लागि तलको भिडियोमा क्लिक गर्नु होला

असोज ३ गते संविधान दिवस प्रति mno को धारणा सार्वजनिक:


mno मुलसचिव थमन बुढा मगर

mno का मुल सचिवमा थमन बुढा मगर हाल संगठनका विभिन्न कार्यहरुमा प्रखर रुपमा निरन्तर लागिरहनु भएको छन्, यसै क्रममा हामीले वहाँ संग गरिएको बिशेष गरि असोज ३ गते संविधान दिवसलाई mno ले कसरी लिनुभएको छन् भन्ने सन्दर्भ अनि अन्य संगठनका गतिविधि तथा नेपालको राजनितीक अवस्थाहरुको बारेमा गरिएको वार्तालाप हरु यस प्रकार रहेको छन्।


पूरा वार्तालाप तलको भिडियोमा ल्किक गरेर हेर्न सकिन्छन्।