Thursday 11 October 2018

MNO जिल्ला सभा नुवाकोटले चक्र बहादुर तामाङको अध्यक्षतामा 10 जनाको बिदुर नगरपालिकाको 13 नम्बर वडासभा गठन गरियो :




मिति 11अक्टोबर 2018,(2075-06-25) मंगोल नेशनल अर्गनाइजेसन नुवाकोट जिल्ला सभाको नेतृत्वमा विदुरनगरपालिका वडा नम्बर 13 आम्थङमा MNO नुवाकोट जिल्लासभाको अध्यक्ष चन्द्र लोप्चन तामाङको सभाध्यक्षतामा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेसन केन्द्रिय सभाको सदस्य रिन्चेन दोर्जे तामाङ ,विशेष अतिथि MNO केन्द्रिय सभाको सदस्य काशिमा तामाङ ,विशेष अतिथि MNO केन्द्रिय सभाको  सदस्य  प्रेम श्रेष्ठ अतिथिहरु 3 नम्बर प्रदेशसभाको सदस्य दिलमान तामाङ ,3नम्बर प्रदेशसभाको सदस्य कर्म तामाङ ,3 नम्बर प्रदेशसभाको सदस्य कबिन राना मगर त्यसैगरी MNO  प्रवास सभा कतारको सचिब बिर बहादुर तामाङ (बिरू)ले प्रशिक्षण साथै मन्तव्य दिनुभएको थियोे।



 यसैगरी बृहत प्रशिक्षण कार्यक्रम सब्यभब्यताका साथ सम्पन्न गराउनु साथसाथै मंगोल नेशनल अर्गनाइजेसन नुवाकोट जिल्लासभाको सदस्य शेरबहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको र MNO नुवाकोट जिल्लासभाको सचिब प्रदिक्षा मंगोलले कार्यक्रम संचालन गरेको हो भने उक्त प्रशिक्षण पश्चात चक्र बहादुर तामाङको अध्यक्षतामा 10 जनाको बिदुर नगरपालिकाको 13 नम्बर वडासभा गठन गरियो।



जै भुमिपुत्र, जै मुलवासी
जै मंगोल

Monday 8 October 2018

MNO को 30 औं स्थापना दिवस संगै 5 न.प्रान्तको प्रथम अधिबेशन दाङ जिल्लाको घोराही बजारमा ।





MNO को 30 औं स्थापना दिवस संगै 5 न.प्रान्तको प्रथम
अधिबेशन दाङ जिल्लाको घोराही बजारमा हुने भएको छ।

मिति 2075 असोज 20 गते मंगोल नेशनल अर्गनाइजेसन 5 न.प्रान्तीय सभा अध्यक्ष दिपक थापामगरको अध्यक्षतामा बसेको 5 न. प्रान्तीय सभाको दोश्रो बैठकले MNO को 30 औं स्थापना दिबस संगै 5 न. प्रान्तको प्रथम अधिबेशन दाङ जिल्लाको घोराही बजारमा आयोजना गर्ने निर्णय पारित गरेको छ।
             स्थापना दिवस साथै प्रान्तीय अधिबेशन सभ्य र भब्य रुपमा सफल पार्नको निमित्त दिपक थापामगरको संयोजकत्वमा 51 सदस्यीय आयोजक सभा गठन गरिएको छ। भने स्थापना दिबस तथा प्रान्तको प्रथम अधिबेशनलाई थप ऐतिहासिक र  सानदार ढंगले सभ्य र भब्य रुपमा सफल पार्न आयोजक सभालाई सहयोग पुर्याउन 10 ओटा बिभाग गठन गरि सम्पूर्ण पदाधिकारी र सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरिएको छ।
जै भुमिपुत्र, जै मुलवासी
जै मंगोल।

Sunday 7 October 2018

बिजया दशमीको वास्तविकता यस्तो रहेछ: एकपटक अवश्य पढ्नु होला।



महान असुर सम्राट महिसासुर सहादत दिवस***

दुर्गा भाउज्यु ,

प्रणाम , नमस्कार ,झोर्ले ,फ्याफुल्ला, जोजोलोप्पा ,सेवारो , पाइलागु !!!

दुर्गा भाउज्यु आजभोलि तिम्रो जय जयकार भैरहेकोछ , तराइमा जताततै कानफोड भजन तथा अस्लिल गीत,संगीत ,स्वागत द्वार तिम्रो सम्झनामा लाखौ कडोडौको प्रतिमा बनाएर स्वागत हुदैछ !  तिमि मात्र होइन , तिम्रो सबै दिदि बहिनि को पनि धुमधाम पुजा अर्चना हुदैछ ! तिम्रो नाममा लाखौ कडोडौ़ पशुको बलिदिए तिमिलाइ खुशी बनाउने प्रयत्न गर्दैछ !

     पहाड़मा त झन तिम्रो भक्तहरुले दशौं दिन तिम्रा लागि उपवास बसिहरन्छ, तिम्रो विययोत्सव मा पहाड़ मा पाहाडेहरुले पशुबलि दिएर निधारमा रगतको टिका लगाउंछ ! तिमिले कुन त्यस्तो महान कार्यगरेकि रहिछौ र तिम्रो यत्रो धुमधाम र गुणगान गरिन्छ ।

     मेरो प्यारो दाजु महिसाअसुर संग तिम्रो माया बसेको त थिएन , तर तिमलाइ विष कन्या को रुपमा तिम्रै बाबु बाजे ले प्रयोग गर्यो ! तिमिले तिम्रो बाबु,बाजेको योजनाअनुसार  हाम्रो दाजु  महान मुलवासी सम्राट  महिसासुर संग झुठो प्रेम गर्यो !आफ्नो रुप यौवनको जालमा फसायौ र यस योजनामा तिम्रा सात जना दिदि वहिनिलाइ पनि प्रयोग गर्यौ !
तिमिहरुको बाबु ,बाजेको उद्देश्य अनुसार तिमिलाइ हाम्रो दाजु महिसासुर को हत्या गर्न विषकन्या को रुपमा प्रयोग गरेको थियो  ! तिमिले तिम्रो दिदि,वहिनि समेतको प्रयोग गरेर योजनाबद्ध तरिकाले आफ्नो यौवन सुम्पिएर सोझा ,सिधा ,दयावान, उदार प्रवृत्ति को महान सम्राट लाइ हत्या गरिदियौ !

        तिमि पनि दोषि त होइनौ  दुर्गा भाउज्यु तिमिलाइ पनि प्रयोग गरेको थियो र तिमिले हाम्रो दाजुको हत्या गरे लगतै तिम्रो आफन्तहरुको पोल पर्दाफाश हुन्छ भनि तिम्रो पनि हत्या गरियो ! तिम्रो हत्याको पोल खुल्छ भनि तथाकथित देवि को रुपमा तिमिलाइ स्थापित गरियो ! यसमा तिम्रो पनि दोष त छैन किनकि
बाहुनले प्रयोग गरको प्रत्येक व्यक्ति को अन्त्य यसरि नै भएको छ !

    जे होस दुर्गा भाउज्यु तिमिले हाम्रो दाजु महिसासुर लाइ हत्या गर्यौ त्यो तिम्रो कुबुध्दि थियो किनकि महिसासुर को हत्याले तिम्रो उद्देश्य पुरा भएन तर तिम्रा बाबु,बाजेको उद्देश्य अवश्य पुरा भयो , कि उक्त हत्याको प्रणाम मेटाउन उनिहरुले तिम्रो पनि हत्या गरिदियो र आज तिमिलाइ तिम्रो हत्याराहरुले देविको रुपमा स्थापित गरिदिएको छ !

    तर दुर्गा भाउज्यु अब तिमिले षड्यंत्र पुर्वक गरेको हत्याको पर्दाफाश भै सकेको छ ! र ठाँउ ठाँउ मा दाजु महिसासुर को सहादत दिवस पनि मनाएर तिम्रो षड्यंत्र को पर्दाफाश गर्दैछौ !   माफ गर्नु भाउजु, प्रत्येक प्रयोग हुनेहरुको दशा अन्तत: तिमि जस्तै हुन्छ !
  बाइ बाइ भाउज्यु ..............................
चन्देश्वर दासको वालबाट साभार......

Friday 5 October 2018

गाउँ गाउँ जाउँ मंगोल जगाऊँ, अस्तित्व बचाअौं अभियानलाई mno बाग्लुङ जिल्ला सभाले निरन्तरता दिँदै:




आज दिनांक 5 oct 2018 तदनुसार २०७५/०६/१९ गतेका दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा बाग्लुङको आयोजनामा "गाउँ-गाउँ जाउ मुलबासी मंगोल जगाऔं, अस्तित्व बचाऔं " अभियानलाई निरन्तरता दिदै जिल्ला सभा बाग्लुङ्को निसिखोला गाउँपालिका वडा नं. 4 झिम्पामा एक प्रशिक्षण कार्यक्र सम्पन्न संगै वडा नं. 4 वडा सभा गठन भएको छ।
जानकी घर्ती मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा 2 जना सल्लाहकार सहित 13 सदस्यीय वडा सभा गठन भएको छ ।


Thursday 4 October 2018

mno प्रदेश नं ३ का नुवाकोट जिल्ला सभाले तिब्र रुपमा घरदैलो कार्यक्रम हरुलाई तिब्रता दिँदै:








 MNO नुवाकोट जिल्ला सभाले घरदैलो गर्दै सिम्बुटार बस्तिमा MNO नुवाकोट जिल्ला सभाको सदस्य राम तामाङको सभाध्यक्षतामा प्रमुख अतिथि MNO केन्द्रीय सदस्य कासिमा तामाङ , अतिथिहरु MNO तिननम्बर प्रदेशसभाको कोषाध्यक्ष कुमार तामाङ ,MNO तिननम्बर प्रदेश सभाको सदस्य कबिनराना मगर ,MNO तिननम्बर प्रदेशसभाको सदस्य पुष्पा तामाङ र MNO कतारप्रवास सभाको सचिब बिरू लोप्चन तामाङ उहाहरुले उक्त बस्तिको सयौ बासिन्दाहरुको उपस्थितिमा प्रशिक्षण दिनुभएको थियो भने उक्त कार्यक्रममा MNO नुवाकोट जिल्लासभाको सदस्य रुपेश तामाङले स्वागत मन्तब्य राख्दै जिल्ला सभाको सचिब प्रदिक्षा मंगोलले कार्यक्रम संचालक गरेको हो र उक्त प्रशिक्षण पश्चात् विदुरनगरपालिका वडानम्वर एक ``MNO सिम्बुटार टोल सभा ´´जुल्बी विश्वकर्माको नेतृत्व वा अध्यक्षतामा पन्ध्र जनाको सभागठन गरियो ।
जै मंगोल जै मूलबासी


को हुन पशुपति को भट्ट ??





मल्ल कालको अन्त्यतिर वि.स.१३८२--१३९५ मा जयस्थिती मल्लको शासनकालमा तत्कालीन नेपाल (काठमान्डौ उपत्यका) मा मल्ल शासन प्रति जनता असन्तुष्ट हुदै गएपछि राजा चिन्तित भए र शासन सता कसरि लम्ब्याउने भनि सल्लाहाकार हरुसंग राय सल्लाह गरे ! राजाको सल्लाहाकार ले  भारत को जनतालाइ युरेसिया बाट शरणार्थीको रुपमा भारतवर्ष प्रवेश गरेको बाहुनहरुले वर्णव्यबस्था र जातिवाद मा विभाजन गरि फुटाएर शासन गरेको यता पनि त्यसै गरे फुटाउ र शासन गर्न ठिक हुने सल्लाह दिए पछि नेपाल मा पनि सोहि अनुसार वर्णव्यबस्था र जातिको निर्माण गर्नको लागि भारतको बाहुनलाइ गुहारे !!!!!!

भारत बाट श्रीनाथ भट्ट को नेतृत्व मा पांचजनाको बाहुन टोलि क्रमस:(१)श्रीनाथ भट्ट(कान्यकुब्ज)  (२)रघुनाथ झा मैथिल(३)महिनाथ भट्टराइ(४)किर्तिनाथ उपाध्याय(५)रामनाथ झा लाइ विशेषज्ञ को रुपमा झिकाए र काठमान्डौ उपत्यका मा भारत को जस्तै वर्णव्यबस्था र जातिवाद को बिउ रोपे

यसरि वर्णव्यबस्था जस्तो क्रुर व्यवस्था को निर्माण गरि जनता विच उंच,निच को खाडल बनाए र शासन सता लम्ब्याए ! त्यसपछिको शासक हरुले झन संसार कै क्रुर पुस्तक मनुस्मृति लाइ नै कानुन बनाइ लागु गरे

यसरि गुण लाएपछि राजाले ति भारतिय बाहुनहरुलाइ नेपाल मै बस्न अनुरोध गरे  के सेवा गरौ भनि प्रस्ताव राखे "बाहुनटोलिको नेता श्रीनाथ भट्ट ले त्यतिवेला सबैभन्दा आम्दानि को स्रोत पशुपति को पुजारि आफु र आफ्नै वंंशज हुनुपर्ने प्रस्ताव राखे !उक्त प्रस्ताव राजाले सहर्ष स्विकार गरि भट्ट लाइ सम्मान पुर्वक पुजारि बनाइयो ।तथा अन्य बाहुन हरुलाइ समेत उच्च सम्मान गर्दै महत्वपूर्ण स्थान दिए !!

मल्ल काल अगाडि नेपाल मा वर्णव्यबस्था तथा जातिप्रथा र जातिविभेद छुवाछुत नेपाल मा थिएन ! नेपालमा बाहुनहरुको आगमन पहिलो पटक मल्ल कालमा नै हो !
जुन बाहुनको कृपाले सतासुख लगायत का भौतिक सुखसुविधा प्राप्त गरेकोछ त्यसलाइ पशुपति को पुजारी बाट किन हटाउंछ ?आज नेपाल को सर्वसक्तिमान कोहि छ भन्ने ति पशुपति को भट्ट नै हुन जसलाइ नेपाल मै सबैभन्दा बढि सुखसुविधा प्राप्त छ  यो त्यै क्रुर बाहुनको सन्तान हो जसले वर्णव्यबस्था को निर्माण गरि ८०% नेपालि लाइ बाहुनवाद को दलदल मा फसायो !!!!!!!!!

(विस्तार को लागि  मधुसुदन पाण्डे द्वारा लिखित पुस्तक " नेपालको जनजाति हरु"हेर्नुहोला )
सहयोगी मित्र हरु Purna Karki,Tamang sohan ,GB Mangol

Wednesday 3 October 2018

को हुन् त यी दशैं बहिष्कार गर्नेहरु ? वास्तविकता यस्तो पो रहेछ :




 हिन्दुहरुको महान पर्व ( चाड ) मानिने दशैंको फुलपाति २०७५ असोज ३० गते तदनुसार  16 oct 2018 मंगलबार को दिन परेको छ। यही हिन्दुहरुको महान पर्वलाई आधुनिक समाजका अहिन्दु अर्थात हिन्दु नभएका हरुले बहिष्कार गरौं भन्दै सामाजिक सञ्जाल लगायत का अन्य बिभिन्न अनलाइन मिडियाहरुमा जताततै बिरोधका भाषाहरु छताछुल्ल पोखाएको पाइयो। यत्तिमात्रै नभइकन गाउँ घर देखि शहर बजारसम्म अचेल यही बिषय व्यापक रुपमा चर्चा चलिरहेको पनि भेटिएको छन्। कसले किन यसरी एउटा धर्म बिशेषको पर्वलाई अरु धर्म मान्नेहरुले बहिष्कार गरौं भन्दैछन् त?



सरसर्ती सञ्जालहरुमा हेर्दा दशैंको बिरोध गर्दै आउनेमा मंगोल नेशनल अर्गनाइजेसन नामक एक राजनितीक संगठन भेटिएको छन्। जुन संगठनले अहिलेसम्म चल्दै र चलाउँदै आइरहेको एकात्मक नश्लवादी हरुको तानाशाही प्रबृत्ति र संस्कारको खुलेर बिरोध गर्दै आइरहेको स्पष्ट देख्न र बुझ्न सकिन्छन्। बुझ्दै जाँदा कसैले पनि दशैं मान्नै पाउँदैन भन्ने हाम्रो मान्यता नभइ हिन्दुहरुले मज्जाले दशैं मान्न मिल्ने र सकिने पनि बताएको छन्।


             उहिल्यैदेखि एकात्मक तानाशाही राज्यसत्तावादी हरुको विभिन्न किसिमको मानसिक तथा भौतिक यातना र दृश्य वा अदृश्य रुपमा दिँदै आइरहेको बिभिन्न धम्किका कारणले करोडौं अहिन्दुहरु मुलवासी मंगोल हरुले धर्म परिवर्तन गर्न बाध्य भएको र निरन्तर रुपमा दशैं नमानि नहुने परम्परा हालसम्म चलिआएको कुरा यथार्थ हो, त्यसैले हामीले यस्ता जबर्जस्ती परम्परालाई तोड्नु पर्ने, धर्म निरपेक्ष राष्ट्रमा सबैले धार्मिक स्वतन्त्रता पाउनु पर्ने र सबै जातिहरुले आ आफ्नो बिशेष चाडपर्व हरु स्वतन्त्र पुर्व मााउन पाउनुु पर्ने र त्यस पर्वहरु मनाउँदा अनिवार्य रुपमा दशैंमा जस्तै सार्वजनिक बिदा हुनुपर्नेमा मंगोल नेशनल अर्गनाइजेसनको जोड रहेको जानकारी गराउनु भएको छन्।

मंगोल नेशनल अर्गनाईजेशन पाँचथर जिल्ला सभाको अायोजनामा सदरमुकाम फिदिम स्थित अजिमा होटलको सभा हलमा एक कार्यक्रम गरि कार्यलय उद्घघाटन साथै प्रशिक्षण कार्यक्रम सम्पन्न





               
मिति २०७५/०६/१७ गते तदनुसार 3 Oct 2018 का दिन मंगोल नेशनल अर्गनाईजेशन पाँचथर र जिल्ला सभाको अायोजनामा पाँचथरको सदरमुकाम फिदिम स्थित अजिमा होटलको सभा हलमा एक कार्यक्रमको कार्यलय उद्घघाटन साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।



अहिन्दू मूलवासी मंगोल मौसम मगरको अध्यक्षतामा सम्पन्न कार्यलय उद्धघाटन तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीय सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्य अकल तामाङको विशिष्ट आतिथ्यता रहेको थियो ।



कार्यक्रममा प्रमुख अतिथि संतोष तामाङले उपस्थित कार्यकर्ताहरुलाई संगठनको निति, सिद्धान्त र कार्यकर्ता व्यक्तिव विकास सम्बन्धि प्रशिक्षित गराएका थिए । त्यस्तै विशिष्ट अतिथी अक्कल तामाङले पनि मंगोल अस्तित्व , मंगोलवाद र हिन्दुवादबारे प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा जिल्ला सल्लाहकार राम तुम्रोकले स्वागत मन्तव्य राखेका थिए भने बीरमाया तामाङले कार्यक्रम सन्चालन गरेका थिए ।

Monday 1 October 2018

दशैं के हो नबुझिकन हावामा दशैं दशैं भन्दै उफ्रिनु भन्दा यो एकपटक पढ्नुहोस् र जान्नुस्:



हामी मुलबासी मंगोलको ईतिहास के हो ? को हौं त हामी ? को थिए त ती भुईँमा लम्पसार परेका राजा हरु ? थोरै समय दिएर पढ्नु होला !


            नुवाकोटको ककनिमा रुम्बा राजा , पञ्चकन्यामा घले राजा , बेतेनिका नाम्सापुरान र गोल्फु मा घ्लान राजा , जिम्नाङमा ल्हो राजा , राउतबेसी नयाँ छेपारमा थिङ राजा ,रसुवाको भार्कुमा मेवाङ घले राजा , गोल्जुङ ,गत्लाङ ,सिम्बन्दी र नुवाकोटको लच्याङमा गोले राजा थिए।

                 ती स्थानहरुमा रहेको तामाङ राजाहरुको दरबारको अवशेष ( अस्तित्व ) हरु अहिलेसम्म पनि रहेको छन्। त्यस बेलाका लच्याङका गोले राजा र बेतिनी गोल्फुका राजा भिरसिंग घ्लानले पृथ्वीनारायण शाहका सेनाहरुलाइ नराम्रो संग परास्त गरेका थिए। त्यसरी आफू हारेपछि गोले राजा लाई मीत लगाउने र सम्झौता गर्ने बाहानामा चौघडामा निशस्त्र रुपमा ( हातहतियार बिना ) बोलाएर पृथ्वीनारायण शाहका सेनाहरुले अमानबिय ढंगले कायरता पुर्वक हत्या गर्यो।

        सन् १७३९ मा गोर्खाका राजा नरभुपाल शाहाले पहिलो पटक नुवाकोट आक्रमण गर्दा धादिङ सेम्जोङका तामाङ राजाद्वारा नरभुपाल शाहाका बिरुद्ध कटुन्जे सामरिका बिचमा लडाँई गरेका थिए। उक्त लडाँईका कारण नुवाकोट आक्रमण असफल भयो। त्यसपछि सेमजोङ्का तामाङ वाइवा राजासँग बार्ता र छलफल गर्ने भनी गोर्खाका राजाद्वारा धादिङको यावेङ खोलाको बगरमा बोलायो। चतुर र षड्यन्त्रकारी शाह राजाले वालुवाभित्र हतियार लुकाइ बसेका थिए भने तामाङ राजालाइ निशस्त्र ( हातहतियार बिना ) उपस्थित गराइएको थियो। त्यसपछि त्यहाँ पनि षड्यन्त्रपुर्ण तरिकाले तामाङ राजालाई शाह राजाले मारियो।

        वि.सं. १८१३ देखि १८१९ सम्म काभ्रे तिमाल राज्यका तामाङ राजा हृिन्जेन दोर्जेका सेनाहरुले दुई पटकसम्म गोर्खाली फौजलाई लडाइँमा नराम्रो सङ हराएको थिए।  वि.सं. १८१९ असोज २ गते शान्ति र मिलापत्र को सन्धी गर्ने निहुमा तेमाल बेसिस्थित कोशिको किनारमा निशस्त्र ( हातहतियार बिना ) बोलाइ वालुवामा लुकाइ राखेको हतियार प्रयोग गरि अमानविय र षड्यन्त्रपुर्ण ढंगले हिृन्जेन दोर्जेको हत्या गरेका थिए। दरबारको निकै उचाइमा डाडामा भएको हुदा आक्रमण गर्न नसके पछि मीत गर्ने निहुपारी तेमालबेसी कोशिको बगरमा बोलाइएको थियो।



          राणाहरुको आदेस मा खटिएका पृथ्वीनारायण शाहले वालुवा मुनि तरवार लुकाएर राखेका थिए। हाम्रा राजा त्यहाँ भेला हुन साथ अन्धाधुन्ध एकाएक वालुवा मुनिबाट हतियार झिकी प्रहार गर्न थालेका थिए। हाम्रो राजा घोडामा थिए छल्दै भाग्ने क्रममा उहाँको पहिलो औला कटिएको थियो। केही छिनमै टाउको पनि काटेर खोलामा बगाइदिए भिडन्त सकेपछी रानी आइन र खोज्दै जादा राजाको खोजि गर्दागर्दै पानीको दह माथी राजाको टाउको तौरिदै गरेको अबस्थामा भेतेपछी रानिले पनि त्यहि डुबेर आत्महत्या गरेकी हुन। जुन औंला काटिएको थियो त्यो ठाउलाइ अहिले पनि औंलाटार भनेर चिँनिदो रहेछ।

        अहिले भने  तेमाल दरवार को अवस्था निकै पिडादायि रहेको छ नाम मात्र दरबार जुन ठाउँमा अहिले सल्ला घारी रहेको छ, तर एेतिहासिक  ईटाहरु भने अझै पनि छन । यसैगरि दसैं मान्न अस्वीकार गर्दा किराँती राजा र सेनालाइ फाँसि चढाइएको थियो। हाम्रो राजाहरु मारेर बिजयी हासिल गरेको दिनलाइ नै शासकहरुले बिजयी दशमि भनी मनाउने गरेका हुन। जुनदिन हाम्रो खुशीको दिन हैन सर्बस्व लुटिएको कालो दिन हो । तलको तस्बिरमा हेर त्यो निधारको रातो टीका हाम्रो राजाको रगत हुन त्यो बेलामा सिदुर ,अबिर जस्ता रंग हरु पाइदैन थियो । बिजयी भएको दिन पृथ्वीनारायण शाहले हाम्रो राजाको रगत तिनको सेनालाइ लगाइदिँदै आशिर्वाद दिएको दिन नै दसैं हो। तर यो सबैले बुझ्ने मौका पएनन्।

               किनकी कुनै पनि प्राचिन इतिहासहरुमा हाम्रो बारे सत्य ईतिहास कसैले कहिल्यै लेखेनन् र लेख्न पनि दिईन्। जताततै राणा र पृथ्वीनारायणले बाईसे र चौबिसे राज्यको एकीकरण गरेर विशाल नेपाल खडा गरियो भन्ने मात्रै  लेखियो। त्यही कालो इतिहासका शिक्षाहरु हाम्रो कलिलो मस्तिष्कमा अमिट छाप भएर गाडिएर बसिरह्यो। तपाईं आफैं पनि कल्पना गर्नुस् कि त्यस्ता शिक्षा पाएका हामिले दसैं हामी सारा नेपालिको महान पर्व हो नभनेर के भन्ने त ? हामीले जाने बुझेकै तेत्ति हो। हामीलाई आजसम्म ती रहस्यमय इतिहास थाहै छैनन्, कसैले जान्ने कोसिस गरेन् शिक्षित बर्गहरुले समेत यसको खोजिनिधी गरेनन्। मात्रै २/४ रुपैयाँको प्रलोभनमा बिकिरह्यो। जानीजानी आफ्नो अस्तित्व मेटाउने कार्यमा उन्मुख भइरहेको पाइयो। आफ्नो इतिहास जान्न बाट बन्चित भए पछि यावत समस्या हरु जुन अहिले हामीले निरन्तर खेपिरहेका छन्। एकपटक सोच्नुस त! ईतिहास कस्को हुँदैन होला?  कुन जातिको इतिहास छैन होला फरक यति हो कि कसैको लिपिबद्ध रुपमा लेखियो र सुरक्षित साथ राखियो भने कसैको इतिहास मेटियो र त अहिले गुमनाम भएर दोधारे अवस्थामा रहनु परेको छन् ।

जित्नेको लागि हजार ताली भेटिन्छन्, तर हार्नेको आँसु पुज्ने हात भेटिँदैन भने जस्तै भयो हाम्रो ईतिहास.....
तपाईं हामीले यति थाहा पाएर पनि निधारभरि रातो टीका टाँसेर हिड्नु हुन्छ भने पुर्खाको रगतको मुल्य बिर्सेको दाषि मानसिक्ताले ग्रसित व्यती बाहेक अरु हुन सक्दैनन्।

 १. राई = दसैंको टिका थाप्न राशा शासकको आदेश पलना नगर्दा रामलिङहाङ्ग राई र रिदमा राइलाइ झुन्डाइ हत्या गरेको थियो।

२.लिम्बू= सन् १८३१ मा गोर्खाका राजा शाहले दसैं नमान्ने लिम्बूहरुको (सुब्बाङ्गी) र (किपट) खोस्ने धम्की  दिएकोले बाध्य भएर लिम्बू हरुले दसैं मान्दै आएको हुन। जोगिको  भेषमा लिम्बूहरुको गाउगाउमा जासुसीहरु दसै नमान्ने लिम्बुहरुलाइ चरम यातना दिएर दसैं मान्नलाइ बाध्य बनाएका थिए ।

३.नेवार= षड्यन्त्र पुर्बक गोर्खाका राजाले काठमाडौं उपत्यका कब्जा गरेता पनि नेवारहरुले गोर्खा राजाको शासन स्वीकारेका थिएनन् । तेसपछी नेवारहरुलाइ गोर्खा राजाको शासन मान्न र स्वीकार गर्न बाध्य बनाउन गोर्खा दरबारबात फुलपाति ल्याएर काठमाडौंको टुडिखेलमा फुलपाती बढाइ गरेर नेवारहरुलाई जबर्जस्ति दसै मनाउन बाथ्य बनाएका हुन र इ इतिहासमा सबै जानकारी लिने हो भने नेवारहरुको पिता पुर्खाहरुको त झन नाक र कान धार्निको हिसाबमा कातिएका छन् ।

४. गुरुङ= पृथ्वीनारायण शाहको आदेस अनुसार सेनामा काम गर्ने गुरुङ्हरु उनिहरुको परिवारहरुलाइ र गोर्खाका नजिक गाउको गुरुङ हरुलाइ दसैंमा अनिवार्य पशुबली दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत दलेर ढाेकाको अथवा दैलोको दायाँ र बायाँ लगाउन बाथ्य बनाएका थिए। बिक्रम संम्वद देखि राजेन्द्र बिक्रम शाहले गुरुङ्हरुलाइ लामा पुजारी राख्न बन्देज बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए।

५ .मगर= बिक्रम संबन्द १६१६ मा द्रव्य शाहले खड्का मगर लाई निर्मम हत्या गरि मगरहरु माथि शासन गरेको दिन देखि  मगर हरुलाइ दसैं मनाउन बाध्य बनाएका छन ।ईतिहास साक्षी छ ।

६ .तामाङ = सुनकोसी बगरमा हतियार लुकाएर पृथ्वीनारायण शाहले तामाङ हरुको राजा हिृन्जेन दोर्जे लाई मीत लगाउनी बहानामा बिना हरियार आउनु भनेर तिमाल बेसि भन्नी ठाउमा छलकपट गरि बोलाएर निर्ममता पुर्बक हत्या गरेर तामाङ हरुलाइ दसैं मनाउन बाध्य बनाएका थिए।
र अब भन्नुस्  कसरी हामिले आफ्नै पिता पुर्खाको रगतले मुछिएको टीका लाउन सक्छौ त ?