Friday 28 December 2018

बाँकेमा MNO को जिल्ला तदर्थ सभा गठन कार्य सम्पन्न:


   MNO केन्द्रका मुलसचिव थमन बुढा मगर

मिति 2075 पौष 13 गते तदनुसार सन् 28 Dec 2018 का दिन बाँके जिल्लामा MNO 5 नं.प्रान्तीय सभा सचिब जनप्रसाद मिदुन मगरको अध्यक्षतामा MNO केन्द्रिय सभा मुलसचिब थम्मन बुढामगरको प्रमुख आतिथ्यतामा र केन्द्रिय सदस्य तथा अनुशासन सभा सदस्य लाल दर्लामीको सञ्चालनमा प्रशिक्षण सम्पन्न गरियो।
             
                उक्त प्रशिक्षण कार्यक्रममा MNO दाङ जिल्ला सल्लाहकार वेद बहादुर थापामगर तथा MNO शुभचिन्तक ज्ञानुमाया रेउलेको पहलमा कार्यक्रम भएको थियो।कार्यक्रमका प्रमुख अतिथि थम्मन बुढा मगरज्युको प्रशिक्षण पश्चात कालुराम थारुको अध्यक्षतामा 11 सदस्यीय बाँके जिल्ला  तदर्थ सभा गठन भएको छ जसमा जिल्ला सचिब दुर्ग बहादुर श्रेष्ठ सहसचिवमा चैनु प्रसाद थारु र कोषअध्यक्षमा पुन्वा थारु चुनिनुभएको छ ।नवगठितMNO बाँके जिल्ला तदर्थ सभाका सम्पूर्ण पदाधिकारी ज्युहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ब्यक्त गर्दछु।
जै मंगोल।

 mno जिल्ला तदर्थ सभा गठनका तस्बिर


   mno का केन्द्रीय मुलसचिव ज्यु ले स्पीच दिनुहुँदै






No comments:

Post a Comment