Friday 2 November 2018

मंगोल नेसनल अर्गनाइजेसनको केन्द्रिय आर्थिक बिभागको बैठक चितवनको family hotel मा सम्पन्न :




जै मंगोल
आज मिति 2075/7/16 गतेका दिन मंगोल नेसनल अर्गनाइजेसनको केन्द्रिय आर्थिक बिभागको बैठक चितवनको family hotel मा केन्द्रिय आर्थिक बिभागका संयोजक धनप्रकाश खिम्दुङ्को सम्ंयोजकत्वमा सम्पन्न भयो।



बैठकमा केन्द्रिय आर्थिक बिभागका सद्स्यहरु सोम गुरुङ्ग,शान बहादुर मेचे,केशु रास्कोटी मगर र धनमाया तमाङ्ग उपस्थित हुनुभएको थियो।यो बैठक बिशेसगरि युग पुरुष डा•गोपाल गुरुङ्गको जुन सपना थियो Mongol Resarch center बनाउने त्यसैलाई प्राथमिकता दिएर बसिएको थियो।अब छिट्टै नै Mongol resarch center बनाउन सुरु गर्दै छौं त्यसैको लागी हामिलाई आर्थिकको ठुलो खाचो भएकोले यो बैठकबाट हामीले देश बिदेशमा रहनु हुने सम्पुर्ण मुलबासी मंगोलहरुलाई सहयोगको लागी अपिल गर्ने निर्णय पारित गरियो।



हामी तपांईहरुलाई आधिकारिक रुपमा सहयोगको लागी पत्राचार पनि गर्नेछौं र हामिले अब छिट्टै नै संगठनको नाममा बैंक खाता खोलेर तपाईंहरुलाई बैंक खाता उपलब्ध पनि गराउनेछौं।यो Mongol Resarch center हाम्रो लागी मात्र होइन यो त अब आउने हाम्रो भाबी सन्तती सङ्गै बिश्वमा रहेका मंगोल बर्णको लागी हुनेछ,त्यसैले यो सहयोग भनेको बिश्वमै ऐतिहासिक हुनेछ।र यो Mongol resarch center लाई  सहयोग गर्दा रु• 5000 हजार भन्दा माथी सहयोग गर्नेको नाम शिलालेख मा लेखिनेछ।
जै मंगोल, जै मुलबासी

No comments:

Post a Comment