Wednesday 3 October 2018

मंगोल नेशनल अर्गनाईजेशन पाँचथर जिल्ला सभाको अायोजनामा सदरमुकाम फिदिम स्थित अजिमा होटलको सभा हलमा एक कार्यक्रम गरि कार्यलय उद्घघाटन साथै प्रशिक्षण कार्यक्रम सम्पन्न





               
मिति २०७५/०६/१७ गते तदनुसार 3 Oct 2018 का दिन मंगोल नेशनल अर्गनाईजेशन पाँचथर र जिल्ला सभाको अायोजनामा पाँचथरको सदरमुकाम फिदिम स्थित अजिमा होटलको सभा हलमा एक कार्यक्रमको कार्यलय उद्घघाटन साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।



अहिन्दू मूलवासी मंगोल मौसम मगरको अध्यक्षतामा सम्पन्न कार्यलय उद्धघाटन तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीय सचिव सन्तोष तामाङको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्य अकल तामाङको विशिष्ट आतिथ्यता रहेको थियो ।



कार्यक्रममा प्रमुख अतिथि संतोष तामाङले उपस्थित कार्यकर्ताहरुलाई संगठनको निति, सिद्धान्त र कार्यकर्ता व्यक्तिव विकास सम्बन्धि प्रशिक्षित गराएका थिए । त्यस्तै विशिष्ट अतिथी अक्कल तामाङले पनि मंगोल अस्तित्व , मंगोलवाद र हिन्दुवादबारे प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा जिल्ला सल्लाहकार राम तुम्रोकले स्वागत मन्तव्य राखेका थिए भने बीरमाया तामाङले कार्यक्रम सन्चालन गरेका थिए ।

No comments:

Post a Comment