Monday 24 December 2018

MNO को ३० अौं स्थापना दिवसको अन्तिम तयारी हुँदै : भिडियो सहित हेर्नू होला।


दाङ,
मंगोल नेशनल अर्गनाइजेसन ५ नं प्रदेश सभाका आयोजनामा यही मिति १ जनवरी २०१९ का दिन दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको सहिद मञ्चमा बृहत् रुपमा हुन लागिरहेको मंगोल नेशनल अर्गनाइजेसनको ३० अौं स्थापना दिवस लाई सभ्य तथा भव्य रुपमा सम्पन्न गराउनको निमित्त mno ५ नं प्रदेश सभाले घरदैलो अभियान नै सुरुवात गरिसकेका छन्।

mno का नेता तथा नेतृहरु घरदैलो कार्यक्रम तिर


mno को ३० अौं  स्थापना दिवसको पोष्टर लगाउँदै


mno का जुझारु युवा नेतृहरु

 साथै उक्त कार्यक्रमलाई सफल पार्नका लागि केही दिन देखि mno ५ नं प्रदेश सभाका जुझारु मंगोल नेता तथा कार्यकर्ताहरुलाई थप साथ र सहयोग गर्न मुलुक भरका विभिन्न जिल्लाबाट mno का नेता तथा कार्यकर्ताहरु दाङ प्रस्थान गरिसकेको कुरा पनि अवगत गराउन चहान्छौं।

स्थापना दिवसको प्रचारप्रसारका क्रममा पोष्टर लगाउँदै

यसरी विभिन्न जिल्लाबाट पाल्नु हुने mno का जुझारु नेता तथा कार्यकर्ताहरुको सहकार्यमा घरदैलो कार्यक्रम तथा बिभिन्न अभियानहरु सञ्चालन गर्दैै स्थापना दिवसको लागि आवश्यक सम्पुर्ण कार्यहरुको अन्तिम तयारीमा पुगिसकेको जानकारी पनि प्राप्त भएको छ।


mno का बिषयमा स्थानीयहरु बासीहरु संग भलाकुसारी गर्दै














mno का नेता तथा कार्यकर्ताहरु घरदैलो अभियानमा जुट्दै

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

No comments:

Post a Comment