Sunday 7 October 2018

बिजया दशमीको वास्तविकता यस्तो रहेछ: एकपटक अवश्य पढ्नु होला।



महान असुर सम्राट महिसासुर सहादत दिवस***

दुर्गा भाउज्यु ,

प्रणाम , नमस्कार ,झोर्ले ,फ्याफुल्ला, जोजोलोप्पा ,सेवारो , पाइलागु !!!

दुर्गा भाउज्यु आजभोलि तिम्रो जय जयकार भैरहेकोछ , तराइमा जताततै कानफोड भजन तथा अस्लिल गीत,संगीत ,स्वागत द्वार तिम्रो सम्झनामा लाखौ कडोडौको प्रतिमा बनाएर स्वागत हुदैछ !  तिमि मात्र होइन , तिम्रो सबै दिदि बहिनि को पनि धुमधाम पुजा अर्चना हुदैछ ! तिम्रो नाममा लाखौ कडोडौ़ पशुको बलिदिए तिमिलाइ खुशी बनाउने प्रयत्न गर्दैछ !

     पहाड़मा त झन तिम्रो भक्तहरुले दशौं दिन तिम्रा लागि उपवास बसिहरन्छ, तिम्रो विययोत्सव मा पहाड़ मा पाहाडेहरुले पशुबलि दिएर निधारमा रगतको टिका लगाउंछ ! तिमिले कुन त्यस्तो महान कार्यगरेकि रहिछौ र तिम्रो यत्रो धुमधाम र गुणगान गरिन्छ ।

     मेरो प्यारो दाजु महिसाअसुर संग तिम्रो माया बसेको त थिएन , तर तिमलाइ विष कन्या को रुपमा तिम्रै बाबु बाजे ले प्रयोग गर्यो ! तिमिले तिम्रो बाबु,बाजेको योजनाअनुसार  हाम्रो दाजु  महान मुलवासी सम्राट  महिसासुर संग झुठो प्रेम गर्यो !आफ्नो रुप यौवनको जालमा फसायौ र यस योजनामा तिम्रा सात जना दिदि वहिनिलाइ पनि प्रयोग गर्यौ !
तिमिहरुको बाबु ,बाजेको उद्देश्य अनुसार तिमिलाइ हाम्रो दाजु महिसासुर को हत्या गर्न विषकन्या को रुपमा प्रयोग गरेको थियो  ! तिमिले तिम्रो दिदि,वहिनि समेतको प्रयोग गरेर योजनाबद्ध तरिकाले आफ्नो यौवन सुम्पिएर सोझा ,सिधा ,दयावान, उदार प्रवृत्ति को महान सम्राट लाइ हत्या गरिदियौ !

        तिमि पनि दोषि त होइनौ  दुर्गा भाउज्यु तिमिलाइ पनि प्रयोग गरेको थियो र तिमिले हाम्रो दाजुको हत्या गरे लगतै तिम्रो आफन्तहरुको पोल पर्दाफाश हुन्छ भनि तिम्रो पनि हत्या गरियो ! तिम्रो हत्याको पोल खुल्छ भनि तथाकथित देवि को रुपमा तिमिलाइ स्थापित गरियो ! यसमा तिम्रो पनि दोष त छैन किनकि
बाहुनले प्रयोग गरको प्रत्येक व्यक्ति को अन्त्य यसरि नै भएको छ !

    जे होस दुर्गा भाउज्यु तिमिले हाम्रो दाजु महिसासुर लाइ हत्या गर्यौ त्यो तिम्रो कुबुध्दि थियो किनकि महिसासुर को हत्याले तिम्रो उद्देश्य पुरा भएन तर तिम्रा बाबु,बाजेको उद्देश्य अवश्य पुरा भयो , कि उक्त हत्याको प्रणाम मेटाउन उनिहरुले तिम्रो पनि हत्या गरिदियो र आज तिमिलाइ तिम्रो हत्याराहरुले देविको रुपमा स्थापित गरिदिएको छ !

    तर दुर्गा भाउज्यु अब तिमिले षड्यंत्र पुर्वक गरेको हत्याको पर्दाफाश भै सकेको छ ! र ठाँउ ठाँउ मा दाजु महिसासुर को सहादत दिवस पनि मनाएर तिम्रो षड्यंत्र को पर्दाफाश गर्दैछौ !   माफ गर्नु भाउजु, प्रत्येक प्रयोग हुनेहरुको दशा अन्तत: तिमि जस्तै हुन्छ !
  बाइ बाइ भाउज्यु ..............................
चन्देश्वर दासको वालबाट साभार......

No comments:

Post a Comment