Monday 1 October 2018

दशैं के हो नबुझिकन हावामा दशैं दशैं भन्दै उफ्रिनु भन्दा यो एकपटक पढ्नुहोस् र जान्नुस्:



हामी मुलबासी मंगोलको ईतिहास के हो ? को हौं त हामी ? को थिए त ती भुईँमा लम्पसार परेका राजा हरु ? थोरै समय दिएर पढ्नु होला !


            नुवाकोटको ककनिमा रुम्बा राजा , पञ्चकन्यामा घले राजा , बेतेनिका नाम्सापुरान र गोल्फु मा घ्लान राजा , जिम्नाङमा ल्हो राजा , राउतबेसी नयाँ छेपारमा थिङ राजा ,रसुवाको भार्कुमा मेवाङ घले राजा , गोल्जुङ ,गत्लाङ ,सिम्बन्दी र नुवाकोटको लच्याङमा गोले राजा थिए।

                 ती स्थानहरुमा रहेको तामाङ राजाहरुको दरबारको अवशेष ( अस्तित्व ) हरु अहिलेसम्म पनि रहेको छन्। त्यस बेलाका लच्याङका गोले राजा र बेतिनी गोल्फुका राजा भिरसिंग घ्लानले पृथ्वीनारायण शाहका सेनाहरुलाइ नराम्रो संग परास्त गरेका थिए। त्यसरी आफू हारेपछि गोले राजा लाई मीत लगाउने र सम्झौता गर्ने बाहानामा चौघडामा निशस्त्र रुपमा ( हातहतियार बिना ) बोलाएर पृथ्वीनारायण शाहका सेनाहरुले अमानबिय ढंगले कायरता पुर्वक हत्या गर्यो।

        सन् १७३९ मा गोर्खाका राजा नरभुपाल शाहाले पहिलो पटक नुवाकोट आक्रमण गर्दा धादिङ सेम्जोङका तामाङ राजाद्वारा नरभुपाल शाहाका बिरुद्ध कटुन्जे सामरिका बिचमा लडाँई गरेका थिए। उक्त लडाँईका कारण नुवाकोट आक्रमण असफल भयो। त्यसपछि सेमजोङ्का तामाङ वाइवा राजासँग बार्ता र छलफल गर्ने भनी गोर्खाका राजाद्वारा धादिङको यावेङ खोलाको बगरमा बोलायो। चतुर र षड्यन्त्रकारी शाह राजाले वालुवाभित्र हतियार लुकाइ बसेका थिए भने तामाङ राजालाइ निशस्त्र ( हातहतियार बिना ) उपस्थित गराइएको थियो। त्यसपछि त्यहाँ पनि षड्यन्त्रपुर्ण तरिकाले तामाङ राजालाई शाह राजाले मारियो।

        वि.सं. १८१३ देखि १८१९ सम्म काभ्रे तिमाल राज्यका तामाङ राजा हृिन्जेन दोर्जेका सेनाहरुले दुई पटकसम्म गोर्खाली फौजलाई लडाइँमा नराम्रो सङ हराएको थिए।  वि.सं. १८१९ असोज २ गते शान्ति र मिलापत्र को सन्धी गर्ने निहुमा तेमाल बेसिस्थित कोशिको किनारमा निशस्त्र ( हातहतियार बिना ) बोलाइ वालुवामा लुकाइ राखेको हतियार प्रयोग गरि अमानविय र षड्यन्त्रपुर्ण ढंगले हिृन्जेन दोर्जेको हत्या गरेका थिए। दरबारको निकै उचाइमा डाडामा भएको हुदा आक्रमण गर्न नसके पछि मीत गर्ने निहुपारी तेमालबेसी कोशिको बगरमा बोलाइएको थियो।



          राणाहरुको आदेस मा खटिएका पृथ्वीनारायण शाहले वालुवा मुनि तरवार लुकाएर राखेका थिए। हाम्रा राजा त्यहाँ भेला हुन साथ अन्धाधुन्ध एकाएक वालुवा मुनिबाट हतियार झिकी प्रहार गर्न थालेका थिए। हाम्रो राजा घोडामा थिए छल्दै भाग्ने क्रममा उहाँको पहिलो औला कटिएको थियो। केही छिनमै टाउको पनि काटेर खोलामा बगाइदिए भिडन्त सकेपछी रानी आइन र खोज्दै जादा राजाको खोजि गर्दागर्दै पानीको दह माथी राजाको टाउको तौरिदै गरेको अबस्थामा भेतेपछी रानिले पनि त्यहि डुबेर आत्महत्या गरेकी हुन। जुन औंला काटिएको थियो त्यो ठाउलाइ अहिले पनि औंलाटार भनेर चिँनिदो रहेछ।

        अहिले भने  तेमाल दरवार को अवस्था निकै पिडादायि रहेको छ नाम मात्र दरबार जुन ठाउँमा अहिले सल्ला घारी रहेको छ, तर एेतिहासिक  ईटाहरु भने अझै पनि छन । यसैगरि दसैं मान्न अस्वीकार गर्दा किराँती राजा र सेनालाइ फाँसि चढाइएको थियो। हाम्रो राजाहरु मारेर बिजयी हासिल गरेको दिनलाइ नै शासकहरुले बिजयी दशमि भनी मनाउने गरेका हुन। जुनदिन हाम्रो खुशीको दिन हैन सर्बस्व लुटिएको कालो दिन हो । तलको तस्बिरमा हेर त्यो निधारको रातो टीका हाम्रो राजाको रगत हुन त्यो बेलामा सिदुर ,अबिर जस्ता रंग हरु पाइदैन थियो । बिजयी भएको दिन पृथ्वीनारायण शाहले हाम्रो राजाको रगत तिनको सेनालाइ लगाइदिँदै आशिर्वाद दिएको दिन नै दसैं हो। तर यो सबैले बुझ्ने मौका पएनन्।

               किनकी कुनै पनि प्राचिन इतिहासहरुमा हाम्रो बारे सत्य ईतिहास कसैले कहिल्यै लेखेनन् र लेख्न पनि दिईन्। जताततै राणा र पृथ्वीनारायणले बाईसे र चौबिसे राज्यको एकीकरण गरेर विशाल नेपाल खडा गरियो भन्ने मात्रै  लेखियो। त्यही कालो इतिहासका शिक्षाहरु हाम्रो कलिलो मस्तिष्कमा अमिट छाप भएर गाडिएर बसिरह्यो। तपाईं आफैं पनि कल्पना गर्नुस् कि त्यस्ता शिक्षा पाएका हामिले दसैं हामी सारा नेपालिको महान पर्व हो नभनेर के भन्ने त ? हामीले जाने बुझेकै तेत्ति हो। हामीलाई आजसम्म ती रहस्यमय इतिहास थाहै छैनन्, कसैले जान्ने कोसिस गरेन् शिक्षित बर्गहरुले समेत यसको खोजिनिधी गरेनन्। मात्रै २/४ रुपैयाँको प्रलोभनमा बिकिरह्यो। जानीजानी आफ्नो अस्तित्व मेटाउने कार्यमा उन्मुख भइरहेको पाइयो। आफ्नो इतिहास जान्न बाट बन्चित भए पछि यावत समस्या हरु जुन अहिले हामीले निरन्तर खेपिरहेका छन्। एकपटक सोच्नुस त! ईतिहास कस्को हुँदैन होला?  कुन जातिको इतिहास छैन होला फरक यति हो कि कसैको लिपिबद्ध रुपमा लेखियो र सुरक्षित साथ राखियो भने कसैको इतिहास मेटियो र त अहिले गुमनाम भएर दोधारे अवस्थामा रहनु परेको छन् ।

जित्नेको लागि हजार ताली भेटिन्छन्, तर हार्नेको आँसु पुज्ने हात भेटिँदैन भने जस्तै भयो हाम्रो ईतिहास.....
तपाईं हामीले यति थाहा पाएर पनि निधारभरि रातो टीका टाँसेर हिड्नु हुन्छ भने पुर्खाको रगतको मुल्य बिर्सेको दाषि मानसिक्ताले ग्रसित व्यती बाहेक अरु हुन सक्दैनन्।

 १. राई = दसैंको टिका थाप्न राशा शासकको आदेश पलना नगर्दा रामलिङहाङ्ग राई र रिदमा राइलाइ झुन्डाइ हत्या गरेको थियो।

२.लिम्बू= सन् १८३१ मा गोर्खाका राजा शाहले दसैं नमान्ने लिम्बूहरुको (सुब्बाङ्गी) र (किपट) खोस्ने धम्की  दिएकोले बाध्य भएर लिम्बू हरुले दसैं मान्दै आएको हुन। जोगिको  भेषमा लिम्बूहरुको गाउगाउमा जासुसीहरु दसै नमान्ने लिम्बुहरुलाइ चरम यातना दिएर दसैं मान्नलाइ बाध्य बनाएका थिए ।

३.नेवार= षड्यन्त्र पुर्बक गोर्खाका राजाले काठमाडौं उपत्यका कब्जा गरेता पनि नेवारहरुले गोर्खा राजाको शासन स्वीकारेका थिएनन् । तेसपछी नेवारहरुलाइ गोर्खा राजाको शासन मान्न र स्वीकार गर्न बाध्य बनाउन गोर्खा दरबारबात फुलपाति ल्याएर काठमाडौंको टुडिखेलमा फुलपाती बढाइ गरेर नेवारहरुलाई जबर्जस्ति दसै मनाउन बाथ्य बनाएका हुन र इ इतिहासमा सबै जानकारी लिने हो भने नेवारहरुको पिता पुर्खाहरुको त झन नाक र कान धार्निको हिसाबमा कातिएका छन् ।

४. गुरुङ= पृथ्वीनारायण शाहको आदेस अनुसार सेनामा काम गर्ने गुरुङ्हरु उनिहरुको परिवारहरुलाइ र गोर्खाका नजिक गाउको गुरुङ हरुलाइ दसैंमा अनिवार्य पशुबली दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत दलेर ढाेकाको अथवा दैलोको दायाँ र बायाँ लगाउन बाथ्य बनाएका थिए। बिक्रम संम्वद देखि राजेन्द्र बिक्रम शाहले गुरुङ्हरुलाइ लामा पुजारी राख्न बन्देज बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए।

५ .मगर= बिक्रम संबन्द १६१६ मा द्रव्य शाहले खड्का मगर लाई निर्मम हत्या गरि मगरहरु माथि शासन गरेको दिन देखि  मगर हरुलाइ दसैं मनाउन बाध्य बनाएका छन ।ईतिहास साक्षी छ ।

६ .तामाङ = सुनकोसी बगरमा हतियार लुकाएर पृथ्वीनारायण शाहले तामाङ हरुको राजा हिृन्जेन दोर्जे लाई मीत लगाउनी बहानामा बिना हरियार आउनु भनेर तिमाल बेसि भन्नी ठाउमा छलकपट गरि बोलाएर निर्ममता पुर्बक हत्या गरेर तामाङ हरुलाइ दसैं मनाउन बाध्य बनाएका थिए।
र अब भन्नुस्  कसरी हामिले आफ्नै पिता पुर्खाको रगतले मुछिएको टीका लाउन सक्छौ त ?

10 comments:

  1. यसमा लेखिएका कुरा सबै ईसाई हरुले हिन्दू धर्मको बिरोध मा चालेको चाल को एक हिस्सा हो । प्रमाणिकता केही छैन । हिन्दू धर्मशास्त्रलाई कमजोर बनाउने खेल को एक हिस्सा मात्रै हो

    ReplyDelete
    Replies
    1. हामि आफ्नो पुर्खको रगत ले टीका लगाउछौ
      तर हामी नबुझेर फसेका छौ बुझ्दा यो प्रर्यो गर्नु न हुने हो

      Delete
    2. यो महान चाड सम्पुर्ण हिन्दु नेपालीहरु को महान पर्व हो कसै ले कसैलाई मारेर र अथवा हत्या गरेर मान्न र मनाउन लगाएको छैन इतिहास साछी छ हिन्दु धर्म शास्त्र अनुसार नबदुर्गा माता भवानी ले बिजय गरेको दिनलाई बिजय दसमी को टिकाको रुप मा लगाइन्छ यो चाड हिन्दु धर्म सङ् सम्बन्धित चाड हो र यो धर्म विशेष छ जात विशेष हैन

      Delete
  2. Hahaha yo hawa post ho xetri ko matra navai gorkhama basobas garne ra nepalvar hindu dharma manne parapurba kal dekhi mani aayeko parba ho yo 12000 hajar barsa agadi dekhi mani aayeko chad ho yo newsma kunae satyata xaena

    ReplyDelete
  3. Dasain mannu vaneko afnai purkhako ragatma holi khelnu barabar ho

    ReplyDelete
  4. धार्मिक तथा साम्प्रदायिक सद्भावना लाई बिगार्ने कुरा गर्ने सबै नेपाल लाई सुडान ,प्यालेस्टाइन हैटी बनाउने को चङुल मा फसेका हरु हुन । दशै हिन्दु हरु को महान चाड हो , यो केवल ३-४ सय बर्ष को मात्र ईतिहास हैन । तिमी हरु जस्तो ले गर्दा धार्मिक सद्भावना बिथोल्ने गर्ना ले एक दिन तिमी हरु पनि त्यही बिध्वंस को सिकार हुनेछौ । यदि पृथ्वीनारायण शाह ले एकीकरण नगरेको भए तिम्रा हाम्रा पुर्खा लाई अरु देश का ले मारिदिने थिए ।चेतना भए ,बिजया दशमी को शुभकामना

    ReplyDelete
  5. नेपाल एकीकरण नभएको भए नेपाली कसरी हुन्थ्यौ???अनावश्यक रोइला!!!्््

    ReplyDelete
  6. kaatmaar chaahin turunt band gara.

    ReplyDelete
  7. निधार मा रातो तिका कानमा जमरा को के अर्थ रहन्छ। जब सम्म उच्च निच को भावना हट्दैन र श्रद्धा सदभाव को शु मधुर सम्बन्ध कायम राख्न सक्दैन। जब सम्म गलत बिचार,कुकर्म, हिंसा को बथ गरिंदैनौं। बेद ज्ञान भन्दा त बुद्ध ज्ञान नैं राम्रो लाग्यो ।

    ReplyDelete
  8. The person who wrote this story he is really a piece of shit, Dashain not only in Nepal we celebrate where ever Hindu religion is there every one we celebrate al though there is different way to celebrate but all the Hindu in the world we celebrate dashaian not because of your shit history because of the history of the Hindu god. This is the reason we clebrating Dashain. I think this ass hole he never been to school.

    ReplyDelete