Monday 24 September 2018

मंगोल नेशनल अर्गनाइजेशन ३ नं प्रदेश सभाको आयोजनामा सञ्चालित ३ दिने Motivational, Leadership, Public Speaking तथा संगठनको रणनीति र कार्यनीति बिषयक कार्यक्रम mno का प्रेसिडेन्ट बुद्धलाल मेचे ज्यु को प्रमुख आतिथ्यमा सम्पन्न भयो:




मंगोल नेशनल अर्गनाइजेशन ३ नं प्रदेश सभाको आयोजनामा सञ्चालित ३ दिने Motivational, Leadership, Public Speaking   तथा संगठनको रणनीति र कार्यनीति बिषयक ३ दिने बन्द प्रशिक्षण कार्यक्रम २३ सेप्टेम्बर २०१८ आइतबार मुलुकको बिश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध स्थित शेर्पा हाउसको भिलेज किचेन गार्डेनमा संगठनका केन्द्रीय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्यूको प्रमुख आतित्यथामा सम्पन्न भएको छ ।



कार्यव्रmमको पहिलो २ दिन संगठनका केन्द्रीय सदस्य रिन्चेन दोर्जे तामाङबाट Motivational, Leadership, Public Speaking बिषयमाथि प्रशिक्षण प्रदान भएको कार्यक्रम लाई अन्तिम दिन संगठनका मूलसचिव तथा कार्यक्रमका बिषेश अतिथी थम्मन बुढा मगर ज्यूले संगठनको रणनीति तथा कार्यनीति बिषय माथी प्रकाश पार्नु भएको थियो ।



केन्द्रीय अनुशासन सभाका संयोजक गणेश चाम्लिङको पनि बिषेश आतित्यथा रहेको कार्यव्रmम संगठनका ३ नं प्रदेश सभा अध्यक्ष लाक्पा तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।



 प्रदेश सभाका सचिव राजेन्द्र तामाङद्धारा सञ्चालित कार्यव्रmममा प्रदेश सभा अन्र्तगतका बिभिन्न जिल्ला सभाको उपस्थिती रहेको थियो ।








No comments:

Post a Comment