Tuesday 1 January 2019

MNO प्रवास सभा मलेसियाले संगठनको ३० अौं स्थापना दिवस धुमधामका साथ मनाउन सफल:




हिजो मिति १ जनवरी २०१९ का दिन मंगोल नेशनल अर्गनाइजेसन प्रवास सभा मलेसियाको आयोजनामा MNO को ३० अौं स्थापना दिवस मलेसियाको क्वालालम्पुर स्थित The 5 Elements hotel मा भव्यताका साथ सम्पन्न भएका छन्।
         MNO प्रवास सभा मलेसियाका अध्यक्ष सोम खपाङ्गी ज्यु को अध्यक्षता र बुद्धिमान दर्लामी ज्यु को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमलाई प्रवास सभा मलेसियाका कोषाध्यक्ष राजु किरण रास्कोटी ज्यु को स्वागत मन्तब्यबाट आरम्भ गर्नु भएको थियोे भने प्रवास सभा मलेसियाका सह सचिव स्वाभिमान मंगोल ज्यु ले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।



                    कार्यक्रममा स्वागत मन्तब्य राख्ने क्रममा वहाँले  उपस्थित हुनुहुने सम्पुर्ण महानुभाव हरुलाई MNO प्रवास सभा मलेसियाको तर्फबाट स्वागत गर्नु भएको थियो। साथै प्रवासमा रहेर पनि बिभिन्न कार्य ब्यस्तताका बावजुद पनि आफ्नो महत्त्वपूर्ण समयलाई छुट्याएर यस ऐतिहासिक दिनमा  हामी मुलवासी मंगोलहरुको कार्यक्रलाई आफ्नै कार्यक्रम सम्झि उपस्थित भइदिनु भएकोमा प्रवास सभाको र आफ्नो ब्यक्तिगत तर्फबाट सम्पूर्ण मुलवासी मंगोल हरुलाई धन्यवाद तथा जै मंगोलको न्यानो अभिवादन टक्र्याउनु भएको थियोे।



      कार्यक्रमका अतिथिहरु साङ्गे दोर्जे तामाङ, खगेन्द्र बहादुर लिम्बु, होम चेपाङ, मित्र मगर, रेवत आले लगायतका अन्य अतिथि ज्यु हरुले आ आफ्नो मन्तब्य राख्ने क्रममा सर्वप्रथमत: हामी मुलवासी मंगोलहरुले आफुले आफैंलाई चिन्न पर्ने, हाम्रो अस्तित्व के हो बुझ्नु पर्ने र यही मुख्य कुराहरुको चेतनाको कमीका कारणले गर्दा खेरि सदियौं देखि आजसम्म हामी माथि ब्रम्हणवादी शासकहरुले हरेक क्षेत्रमा बिभेद गरिएको छन्, त्यसैले हामी पछाडि पर्न बाध्य भएको हो। यस्ता संकटपुर्ण अवस्था बाट मुक्त हुन र यस स्थान बाट माथि उठ्न अब हामीले निक्कै संघर्षहरु गर्नु पर्ने हुन्छन् जुन अपरिहार्य छन् भन्नुभएको छन्। यस्ता  तानाशाही शासकहरुको दासताबाट मुक्त हुन प्रवासमा रहनु भएको सम्पुर्ण मुलवासी हरुलाई मंगोल नेशनल अर्गनाइजेसनमा आबद्ध भई सशक्त रुपमा बैचारिक क्रान्तिमा सहभागी हुन अपिल समेत गर्नु भएको छन्। साथै प्रवास मै बसेर पनि हामीले MNO लाई भरपुर साथ र सहयोग गरि एकल नस्लवादी ब्राम्हणवादीहरुको बिरुद्ध केही न केही भुमिका निभाउन आग्रह गर्नुभएको छन्। अतिथिहरुले MNO कुनै जातिय वा धार्मिक संगठन नभएको र जिकिर गर्दै यस संगठनले लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारको बारेमा स्थापना काल देखि बुलन्द आवाज उठाउँदै आइरहेको कुराको पनि जानकारी गराउनु भएको थियोे।




      MNO प्रवास सभा मलेसियाका सचिव नरेश तामाङ ज्यु ले आफ्नो मन्तब्य राख्नेे क्रममा मुख्य त मंगोल शब्दको बिषयमा प्रस्ट पार्नु भएको थियोे। यही मंगोल शब्दलाई गलत ढंगबाट अर्थ्याउने जमात हरुले झन भुमिपुत्र मुलवासी मंगोलहरु लाई दोधारमा पारि रहेको जिकिर गर्नु भएको थियोे। हामी थेप्चा र चिम्साहरुको वर्ण मंगोल हो । त्यसैले हामीले आफुलाई मंगोल भन्न कत्ति पनि डराउन नहुने धारणाा ब्यक्त गर्नु भएको थियो। हामी आदिवासीजनजाति होइन हामीलाई त्यस कोटामा जबर्जस्ति कोच्याएको छन्। जबकि बाहुन क्षेत्रीहरुले संबिधानमा आफुलाई आफ्नो नस्लको आधारमा आफ्नो अस्तित्व खस आर्य भनेर संरक्षित गरिएको तर हामी मुलवासी मंगोलहरु लाई सुरुमा मतुवाली बनायो अहिले आएर आदिवासीजनजाति बनायो र भोलि के बनाउने हो थाहा छैन। हाम्रो अस्तित्वको नामा निसाना मेटाउनको लागि ब्रम्हणवादी हरु सयौं बर्ष देखि लागि परेका छन्, विभिन्न कालखण्डमा हामीलाई विभिन्न उपनाम हरु दिई हाम्रो अस्तित्व माथि निरन्तर हमला गरिरहे, त्यसैको प्रतिफल हो अहिलेका मुलवासी मंगोलहरुले आफुलाई मंगोल भन्न हच्कने तर आदिवासीजनजाति भन्न निक्कै रुचाउने, यदि कसैले हामी थेप्चा र चिम्सेहरुको वर्ण गहुँगोह्रो हो, वा मतुवाली हो, वा आदिवासीजनजाति हो भन्छ भने त्यो गलत हो। सबैलाई चुनौती दिएर भन्दैछु कि हाम्रो वर्ण मंगोल हो, यदि कोही कसैले यस शब्दमा आपति जनाउँछ भने म तिनीहरुलाई सोध्न चहान्छु कि हामी थेप्चे र चिम्सेहरुको वर्ण के हो त भन्दिन सक्छौ? त्यसैले हामीले अब हरेक कुराहरु बुझ्नु पर्ने बेला आइसकेको जानकारी दिनुभएको छन।



        प्रमुख अतिथि बुद्धिमान दर्लामी ज्यु ले कार्यक्रममा उपस्थित दर्शक महानुभाव हरुलाई अति नम्र रुपमा अलिखित ईतिहास, बर्तमान र भविष्यमा हुनसक्ने सम्भावित संकटको बिषयमा तितो लाग्ने मार्मिक सत्य शब्दहरु प्रस्तत गर्नुभएको थियोे। युग पुरुष डा. गोपाल गुरुङ ज्यु ले वास्तवमा MNO को स्थापना किन र कहाँ गर्नुभएको थियोे भन्ने बारेमा प्रस्ट पार्नु भएको थियोे। अभिब्यक्ति राख्ने सिससिलामा दार्लामी ज्यु ले बिश्वभरी छरेर रहनु भएका ८०% अहिन्दु मुलवासी मंगोलहरु संगठित भएर mno लाई साथ दिनुको बिकल्प नरहेको भन्दै गाउँ गाउँ बाट उठेर र बस्ति बस्ति बाट उठेर मात्रै नहुने अब पुरै विश्वभरको मंगोलहरु जुरमुराउनु पर्ने बेला आइसकेको र यश अभियानमा तपाईं हामी सम्पुर्ण मुलवासी मंगोलहरु छिटोभन्दा छिटो जुटेर, डटेर र खटेर लाग्न समेत अनुरोध गर्नु भएको थियोे। वहाँले mno को पाँच क्रान्ति १) राजनितीक, २) आर्थिक, ३) शैक्षिक, ४) धार्मिक र ५) साँस्कृतिक क्रान्तिको बिषयमा पनि थप चर्चा गर्नु भएको थियोे। कार्यक्रमको अन्त्यमा वहाँले उपस्थित सम्पुर्ण दर्शक स्रोता हरुलाई मंगोल नेशनल अर्गनाइजेसन लाई संधैभरि धेरै भन्दा धेरै माया गरिदिन र mno को हरेक कार्यक्रममा सहभागी भइ सबैजना हातेमालो गरि अगाडि बढ्न आग्रह गर्दै सबैलाई धन्यवादका साथै जै मंगोलको अभिवादन समेत दिनुभएको थियोे।



    MNO को ३० अौं स्थापना दिवसलाई थप आकर्षक तथा ब्यवस्थित तरिकाले भब्यताका साथ सम्पन्न गराउनुको निमित्त प्रवासी कलाकार भाईबहिनी हरुले आ आफ्नो भेषभुषामा सजिएर विभिन्न गायन तथा नृत्य प्रस्तुत गरि उपस्थित सम्पुर्ण दर्शकहरुलाई पर्याप्त मनोरञ्जन प्रदान गर्नु भएको थियोे। कलाकार भाइबहिनीहरुलाई यस क्षेत्रमा निरन्तर लागिरहनका निमित्त थप हौसला मिलुुुन्, कला र गला कै माध्यमबाट आ आफ्नो धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्ने कार्यमा संधै अघि बढिरहुन भन्ने हेतुले MNO प्रवास सभा मलेसियाले वहाँहरुको कलाको उच्च कदर गर्दै सम्पुर्ण कला प्रेमीहरुलाई सम्मान पत्र प्रदान गरिएको थियोे।



कार्यक्रम लाई समापन गर्ने क्रममा सभा अध्यक्ष सोम खपाङ्गी ज्यु ले अबको यो युगमा मुलवासी मंगोलहरुले अनेक किसिमका शोषण दमन तथा बिभेदहरु सहनु हुँदैन। कुनै पनि गलत गतिविधिको बिरुद्धमा हामीले खुलेर आवाज उठाउनु पर्छ। प्रवासमा रहेर पनि मुलवासी मंगोलहरुलाई बैचारिक राजनिती बारे चेतना जगाएर सुझबुझ बनाउनको निमित्त हरदम आफुले सकेको सहयोग गर्न सबैमा अनुरोध गर्दै सम्पुर्ण ८०% अहिन्दु मुलवासी मंगोलहरु संगठित भएर अगाडि बढ्न समेत अनुरोध गर्नुभएको थियोे।











जै मंगोल!          जै मुलवासी!










1 comment: