Saturday 9 May 2020

२१ अौं शताब्दीमा पनि मुलवासी मंगोलहरुको अवस्था किन ज्युँ को त्यूँ रह्यो ?


         गाउँ घर का मुलवासी मंगोलहरुको अवस्था

परापुर्वकाल देखि नेपालमा एकल नस्लिय सामन्ती शासकहरुले विभिन्न प्रपञ्च ( नौटंकी ) हरु रचेरै भएपनि शासन सत्तामा बसेर शासक (मालिक) र जनता (दास) को प्रबृत्तिलाई निरन्तरता दिईरहेका छन्। तर  यस बारे हाम्रो मंगोल समुदायले कुनै सोच र चिन्तनको बिषय बनाएका छैनन्। र यहाँका सामन्तवादी शासकहरुले पनि आफू र आफ्नो नस्ल अर्थात बंशका ब्राम्हणहरु बाहेक अरु नस्ल र समुदायका जल्दाबल्दा ब्यक्तित्व हरुलाई यो देशको शासन सत्तामा समाबेश गराउन बिल्कुलै चाहिरहेका छैनन्। किन भने प्राचीनकालमा "मनु" नामक छुद्र ब्यक्तिबाट लेखिएको "मनुस्मृति" भन्ने शास्त्रले किटानी गरि ब्यवस्थित गरिएको वर्ण ब्यवस्थाले चार वटा वर्ण बनायो जुन ब्राम्हण, क्षेत्री र वैश्य र शुद्र थियो। यही वर्णहरु बिचमा जुन किसिमको बिभेदको सृजना गरायो त्यो अत्यन्तै डरलाग्दो थियोे। जसको परिणाम हाम्रो मंगोल समुदायले अहिलेसम्म भोग्दै आइरहेका छन्। मनुस्मृती अनुसार वर्ण हरुको उत्पति र ब्यवस्था कसरी भयो भन्ने बारेमा लैजान चहान्छु।

१) ब्राम्हण= ब्राम्हण भनेको ब्रम्हा को मुख बाट जन्मेको हो। यीनीहरु संधै अरुमाथी राज गरेर बस्ने अर्थात शासन गर्ने र खाने मात्रै हो, 
२) क्षेत्री = क्षेत्री भनेको चाहिँ ब्रम्हा को कुम वा हातबाट जन्मेको हो यसले ब्राम्हणले राज गरेको राज्यलाई सुरक्षा दिने, अर्थात कुनैपनि खतरा आइपरेको खण्डमा ब्राम्हणहरुका लागि ढाल बन्ने हो, 
३)वैश्य भनेको चाहिँ ब्रम्हाको पेट बाट जन्मेको हो। यसले चाहिँ विभिन्न किसिमका पेश ब्यवसाय गरेर ब्राम्हणहरुको राज्य जोगाउनको निमित्त मनग्य आर्थिक सहयोग गर्नेे हो।
४) शुद्र = शुद्र भनेको चाहिँ ब्रम्हाको पैतला बाट जन्मेको हो। यसले चाहिँ बिर्ना स्वार्थ, बिना सर्त, बिना मुनाफा अर्थात "फ्रि" मा माथिको यी तीनै वर्णका मनुवाहरु लाई हरतवरले साथ र सहयोग गरेर खुसी पार्ने काम गर्नु पर्छ। त्यसैले शुद्र ब्रम्हा को पैतलाबाट जन्म भएकै कारणले ब्राम्हण हरुका लागि उनीहरु अछुत थियोे। यस्ता मनुवादी शासकहरुको ब्यवस्थामा शुद्र अर्थात अछुतहरुले शासन सत्तामा बसेर मुलुक हाँक्ने होइन, यीनले त ब्राम्हणवादी शासक (मालिक) हरुलाई सेवा गरेर हरदम खुसी राख्ने, संधै आफ्नो भाग्य विधाता भगवान जस्तै सम्झेर पुज्ने, र आफू (शुद्र) हरु देवदासी जस्तो बन्नेे हो भन्ने जस्ता कुराहरु मात्रै सिकाउने गर्दछन्।

बिशेषगरि हाम्रो मंगोल समुदायका शिक्षित विज्ञ भनाउँदा हरुले मनुस्मृतीले ब्यवस्थित गरिएको वर्ण अनुसार आफू र आफ्नो समुदाय कुन वर्णका हुन्? हामीलाई कुन स्थानमा राखिएका छन् ? र यसलाई ब्राम्हणहरुले कसरी अर्थ्याएको छन् ? भन्ने कुराको हेक्का समेत राखेका छैनन्। यस्ता ब्राम्हणवादी नितीहरुको भण्डाफोर गरेर आफ्नो समुदायलाई सजग गराउनुको सट्टामा उल्टो उनीहरू ब्राम्हणवादी शासक हरुको जुठो खान पल्केेेेर कोही चाहिँ केही जायजेथाको लालचमा परेर आफ्नो सन्तान, पुस्ता र सम्पुर्ण मंगोल समुदायको भविष्यमाथि खेलवाड गर्न कुनै कसर नराखि रातदिन चलखेल गर्न थाल्छन्। प्रलोभनको चपेटामा परेर शुद्रहरुमा पनि कसले बढी ब्राम्हण हरुको चाकरी गर्न सकिन्छ भन्ने कुराहरुमा प्रतिस्पर्धा गरिरहेको देख्न सकिन्छन्। यसकारण हामी र हाम्रो समुदायहरु बीच झनैै ठुलो बैमनष्यताको खाडलहरु पैदा हुँदै गएको र अन्तमा गएर हामी हामी बीच कोही धनी, कोही गरिब, कोही उच्च र कोही नीच जातिमा परिणत भएको पाइयो। जो जो ब्राम्हणहरुको आसेपासे बन्न कम्मर कसेर लागियो उनीहरु पनि अब कट्टर ब्राम्हणवादी भयो। यस्ता ब्राम्हणवादी शुद्र हरुको मनमा दया र माया भन्ने कुनै चीज बाँकी रहेको हुँदैनन्।  किनभने यीनीहरुले पनि ब्राम्हणवादी हरुको हुबहु नक्कल गर्न सिकिसकेका हुन्छन्। तर ती मै हुँ भन्ने शुद्रहरुलाई ब्राम्हणहरुले पैतलाको धुलो बराबरको स्थानमा राखेर मंगोल समुदायलाई टुक्राटुक्रा पार्न परिचालन गरिरहेका हुन्छन्। यो कुरा को चाल पाएर पनि ती छुद्र दलाल शुद्रहरु थाहा नपाए झैं गरिरहेका हुन्छन्। किनभने यिनीहरूले (दलाल शुद्रले) अब ब्राम्हणले खाएको जुठो नै भए पनि मिठो कुराको स्वाद थाहा पाएको हुनाले त्यो जुठो खान पल्केका हुन्छन्। यी दलाल शुद्र भन्ने हरुले ब्राम्हणवाद को प्रतिकार गरेको खण्डमा, आफ्नो समुदायलाई शिक्षित गरि जगाएको खण्डमा, कुनैपनि बेला यसको भागको जुठो गाँस खोसिने डर भएको हुनाले बरु यी शुद्र स्यालहरु मर्न तयार हुन्छन् तर कुनैपनि हालतमा ब्राम्हणवादको बिरोधि बन्न चाहँदैनन्। ब्राम्हण बन्न ब्रम्हा को मुख बाट जन्मेको ब्राम्हण नस्ल नै हुनु पर्छ तर ब्राम्हणवादी बन्न केही चाहिँदैन मात्रै ब्राम्हणको जस्तो व्यवहार अपनाए भयो। जो जसले ब्राम्हणहरुको चाकरी गरि उनीहरुलाई सुखी पार्न सक्दैन थ्यो वा खुसी पार्न चाहँदैन थ्यो उनीहरुले संधै हेपाहा र अत्यन्त जीर्ण ढंगबाट आफ्नो जीवन गुजारा गर्नु पर्दथ्यो। 

त्यसैले हाम्रो मंगोल समुदायलाई ब्राम्हणहरुले माथि उठ्न नदिनको लागि हामीलाई लक्ष्यित गरि अति चलाखि पुर्वक शुद्र बनाइयो। त्यत्तिले मात्रै नपुगेर राणा शासनकाल देखि पंचायत, बहुदल र हालको गणतान्त्रीक नेपालको अवस्थासम्ममा हामीलाई किस्ता किस्तामा कहिले मतुवाली कहिले जनजाति र कहिले आदिवासी जस्ता विभिन्न नीच उपनामहरुले सम्बोधन गरियो। तर हाम्रो शिक्षित वर्ग भनाउँदा पट मुर्खहरुले हामीलाई सदा सदाका लागि दबाई रहन लक्ष्यित गरि भिराएको यस्ता अपहेलित बिल्लाहरुको अस्वीकार गरि प्रतिवाद गर्ने जमर्को कहिल्यै गरेनन्। बरु यसलाई ब्राम्हणहरुले न्वारन गरि राखि दिएको अर्को महान उपनाम जस्तो ठानेर बडो आत्मसात गर्न थाल्यो। जसले गर्दा हाम्रो सिङ्गो मंगोल समुदायलाई सदियौं देखि बाध्य पारि शारीरिक तथा मानसिक रुपमा दास दासी बनाउन महत्त्वपूर्ण भुमिका खेल्यो। त्यसैले बर्तमान अवस्थासम्म पनि हाम्रो मंगोल समुदाय बत्ति मुनिको अंधेरो जस्तो अशिक्षित बन्न पुगेका छन्। आजको आधुनिक तथा बैज्ञानिक युगमा पनि हाम्रो बाउ बाजेहरु हलिया, हरूवा र चरुवाको जीवन गुजारा गरिरहनुको मुख्य रहस्य पनि यही हो। 
"किनभने विधि अर्थात शासन गर्ने प्रणाली मनुस्मृती र हाम्रो भाग्य विधाता भनेको ब्राम्हणहरु थियोे"। ५०० बर्ष भन्दा बढी यही प्रणाली अनुरुप हामीलाई प्रशिक्षित गरि आइरहेको हुनाले यस कुरालाई अहिले कसैले पनि झट्टै इन्कार गर्न वा होइन भन्न सकिरहेको छैनन्। हाम्रो समुदायमा जुन कुराहरु जबर्जस्ती भोग्दै वा सिक्दै आइरहेका छन् त्यो कुरालाई नयाँ पिढीले नकार्नु हुँदैन भन्ने प्रचलन बढ्दो रुपमा छन्। किनभने त्यसलाई हाम्रो परापुर्व काल देखि चल्दै आएको संस्कार हो भनेर सिकाउँछन्। अनि अहिलेका नयाँ पिढी अर्थात पुस्ताले पनि यही कुराहरु सर्लक्क फोटोकपी गरेर आफ्नो कलिलो मानसपटलमा अर्थात मस्तिष्कमा कहिल्यै नमेटिने गरि राखि राखेका हुन्छन्। 

त्यसैले गर्दा हामी मंगोल हरुको अवस्था हालसम्म पनि ज्यँ को त्यूँ छन् जुन अवस्थामा हाम्रो पुर्खाहरु थियो। सदियौं देखि बर्तमान अवस्था सम्मको हाम्रो लामो इतिहासलाई नियाल्ने हो भने हाम्रो टाठाबाठा लिड गर्ने हरुले कहिल्यै पनि स्वतन्त्र पुर्वक आफु र आफ्नो समुदायलाई समय सापेक्ष डोर्‍याएनन्, ब्राम्हणवाद र वर्ण विभेद बिरुद्धको पक्षमा उभिएर वकालत गर्ने सहास गरेनन्, आफ्नो अशिक्षित समाजलाई शिक्षाको ज्योति बाट संधै ओझेलमा राखे, र यसै मौकालाई सुवर्ण अवसर पारी संधै आफ्नै समुदायलाई गुमराह गरिरहे जसले गर्दा हामी को हो? मान्छे हो कि मान्छेको जस्तो स्वरुप भएको कुनै अर्को प्राणी हो भन्ने कुरासम्म थाहा पाउन सकेनन्? हामीले पनि यिनै शिक्षित भनाउँदा हरुको हरेक पाइलामा साथ दिँदै गए। यी दलाल हरुको कुनैपनि कुराहरुमा असहमति जनाएनन् किनकि हामीले त्यही सत्य र सही होला भन्ठान्थे। त्यसैले अबको २१ अौं शताब्दीका मंगोलहरु राजनीतिक रुपमा चेतनशील हुन जरुरी छन्। सम्पुर्ण कुराहरु बुझ्न अत्यन्त जरुरी छन्। खासगरि ब्राम्हणवादी शासकहरुले दबाएर राखेको मुलवासी मंगोलहरुको जिउँदो इतिहासलाई २१ अौं शताब्दीका बौद्धिक मुलवासी मंगोलहरुले अध्ययन गरि सचेत हुन अत्यन्तै जरुरी छन्। र यस इतिहासलाई ब्युँताएर मुलवासी मंगोलहरुको सन्तती हरुको भविष्यमाथि कुनैपनि किसिमको खेलवाड हुन नदिन अहिलेका सुझबुझ भएका मंगोलहरुले भ्याएसम्म निरन्तर लागिरहनु पर्ने देखिन्छन्।

हाम्रो गाउँ समाजमा भएको बिकृती र बिसंगति हरुलाई पुर्णरुपमा निरुत्साहित गर्नका निमित्त हामी मंगोलहरु नै सचेत हुनु पर्छ यसका लागि मुलवासी मंगोलहरु स्वयम शिक्षित र विक्क्षित हुनु पर्ने कुराहरुमा जोडदिनु आजको महत्त्वपूर्ण बिषय बनेका छन्। हामी अशिक्षित भए कै कारण हामीमा राजनितीक चेतनाको कमी भएको हो। यही राजनीतिक चेतनाको अभाव कै कारणले मुलुकका कुना कान्दरामा बसोबास गर्ने हाम्रो समुदायका बुवा आमा, दाजुभाइ तथा दिदिबहिनी हरु कर्ममा भन्दा भाग्यमा बढी बिश्वास गर्ने गर्छन्। 
भरपुर मेहनत वा कर्म गरेर आफ्नो भाग्य बदल्न सक्ने कुरामा बिश्वास राख्दैनन्। किनभने विभिन्न शासनकाल हरुमा त्यस बेलाका शासकहरुले अति र अत्याचार गरि लादिएको हिन्दु धर्म जबर्जस्ती रुपमा  स्वीकार्नु परेको र त्यसैको प्रभावका कारण अहिलेका हाम्रो मंगोल समुदायहरुले हिन्दु धर्मलाई अंगाल्न पुगेको थियोे। उनीहरुलाई मनुवादमा आधारित वर्ण ब्यवस्थालाई स्वीकार्न बाध्य पारिएको थियोे। र त्यही वर्ण ब्यवस्था अनुरुप आफुहरु शुद्र भएको कुरालाई पनि सहर्ष स्वीकार्न परेेेेको थियोे। शुद्र भैसकेपछि शुद्रले त्यत्ति धेरै ठुलो सोच राख्नु हुँदैन र सदियौं देखि शुद्रले सिमित सोच राखेर चल्नु पर्ने भएको हुनाले हाम्रो सोच अहिलेसम्म बदल्न सकिरहेका छैनन् भन्ने कुरा अहिलेको परिस्थितिले देखाएका छन्। त्यसै कारणले वर्ण ब्यवस्था अनुसार आफ्नो मालिक (बाहुन/क्षेत्री) लाई खुसी पार्न र रक्षा गर्नको निमित्त अहिलेका हाम्रो हिन्दु धर्म अंगाल्ने अशिक्षित र अबुझ मंगोल समुदायका कुनै कुनै झुण्डहरुले ब्राह्मणवादको ढाकछोप गर्न र रक्षा गर्न आफ्नै मंगोलहरु माथि जोडतोडका साथ खनिरहेको देख्न सकिन्छन्। तिनीहरूले न वर्ण चिन्यो, न वंश चिन्यो न त आफ्नो परम सत्रूलाई चिन्न सक्यो। त्यसैले अबको mno को  पहिलो कदम भनेको मुलवासी मंगोल हरुलाई जनचेतना मुलक कार्यक्रमहरु द्वारा आफुले आफू को हो भनेर चिनाउने र अहिले मुलुकमा भैरहेको एकल नस्लिय राजनितीक अवस्थाको बारेमा बुझाउने हो। सम्पुर्ण जनतालाई गाउँ शहर देखि जगाई सकेपछि अवश्य पनि अस्तित्व बिहिन मानवहरुले आफुले आफ्नो मानव अस्तित्वको लागि र आफ्नो सन्ततिको भविष्यको सुनिश्चितताको लागि क्रान्तिका आवाजहरु बुलन्द पारि जरुर लड्ने छ भन्ने कुरामा दुइमत रहने छैन।
#धन्यवाद

     : HB GHALE  

जै मंगोल,     जै मुलवासी 


No comments:

Post a Comment