Sunday 24 May 2020

चीलको बच्चाले जस्तै हामीले पनि गलत मान्छेहरुको संगतमा परि हाम्रो अस्तित्व बिर्सिन पुग्यौं

कथा यसरी सुरु हुन्छ, एउटा किसान खेतमा नियमित रुपमा जाने गर्थ्यो त्यसबेला उसले बाटोमा एउटा अण्डा भेट्छ। त्यस अण्डा घरमा ल्याएर अोथारो बसेको कुखुराको अरु अण्डाहरु संग मिसाएर राखिदिन्छ। दिनहरु बित्दै जान्छ र एकदिन ती कुखुराले चल्ला काट्ने दिन आउँछ। अरु अण्डाहरु बाट निस्केका चल्ला भन्दा जुन उसले बाटोमा भेटेको अण्डाबाट निस्केका चल्ला निक्कै फरक किसिमको अलिकति ठुलो खालको देखिन्छन्। अरु चल्लाहरु संगसंगै हुर्किँदै जाने क्रममा पछि थाहा हुन्छ कि त्यो अण्डाबाट निस्केका चल्ला चीलको चल्ला अथवा बच्चा हुन्छ। तै पनि कुखुराको माउले अरु चल्लाहरुलाई जत्तिकै ती चीलको बच्चालाई पनि दानापानी खोजेर खुवाउने र हेरचाह गरि समान माया र ममता दिएर हुर्काउँछन् । ती चीलका बच्चाले पनि कुखुराको माउलाई आफ्नो आमा जस्तै ठान्छन्। नियमित रुपमा कुखुराको माउले आफ्नो बच्चाहरूलाई चराउन खेतमा लाने गर्छन्। यसै क्रममा एकदिन ती जमिनमा भएको चीलको बच्चाले खुल्ला आकाशमा आनन्दले उडिरहेको एउटा चील देख्छन्। र ती चीलको बच्चाले आफ्नो आमा अर्थात कुखुराको माउलाई सोध्छन् कि उ.... त्यो आकाशमा उडिरहेको चिज के हो? र त्यसको आमाले ( कुखुराको माउले ) भन्छन् त्यो त चील हो एकदमै शक्तिशाली पंक्षी त्यसले तिमीहरूलाई देख्यो भने खानको लागि झम्टिन आउँछ त्यसैले यो नजिक आयो भने तिमीहरू लुक्नु पर्छ भनेर कुखुराको माउले सम्झाउँछ। दिनहरु बित्दै जान्छ सबै चल्लाहरु हुर्किँदै जान्छन्। र चीलका बच्चाको शारीरिक बनावटमा पनि वृद्धि बिकास हुँदै जाने क्रममा उसको पखेटामा ठुला ठुला र लामा लामा प्वाँखहरु निस्किँदै आउँछन्। फेरि एकदिन ती चीलका बच्चाले आकाशमा चराहरु उडिरहेको देख्छन् र उसलाई पनि उड्ने रहर जाग्छन् र कान्लातिर गएर उड्ने प्रयास गर्छन् र थोरै थोरै उड्छन्। त्यो उसको रवाफ देखेर कुखुराको माउले उसलाई गाली गर्छन्। अब देखि तिमी उड्ने कोसिस कहिल्यै पनि नगर किनकि हामी कुखुरा जातमा उड्ने अधिकार छैन। हामी भनेको जमिनमा बस्ने जात हो जमिनमा जे भेट्यो त्यो खाने र जमिनमै जीवन बिताउने जात हो। आकाशमा उड्ने अधिकार भनेको त्यो ठुलाठुला शक्तिशाली पंक्षीहरुलाई मात्रै हो। त्यसैले हामीले कहिले पनि उड्ने प्रयास गर्नु हुँदैन भनेर कुखुराको माउ अर्थात आफुलाई अण्डबाट कोरालेको आमाले हर प्रयास गरेर चीलको बच्चालाई सम्झाउँछन्। तै पनि चीलको बच्चाले लुकिछिपी धेरै चोटि उड्ने प्रयास गरिरहन्छन् तर कुखुराको माउले यसरी नउड्नको लागि पटकपटक गाली गरिरहन्छन् र सम्झाइरहन्छन् कि बाबू हामी कुखुराले उड्नु हुँदैन। यसरी नै चीलको बच्चा पनि पुर्णरुपमा हुर्किन्छन् खुल्ला आकाशमा नउडीकनै ठूलो हुन्छन् र कुखुराहरु संग आफ्नो जीवन बिताउँदै मर्छन्। चीलको बच्चा भएर पनि उसले आफू चील हुँ भन्ने कुरा थाहा नपाएको हुनाले उसले कहिल्यै चीलको जस्तो जीवन बिताउन पाउँदैनन्। उसले कुखुराो जीवन जस्तो गरि बाँच्छन् र अन्तमा कुखुरा भएरै मर्छन्। 

 यस कथाको माध्यमबाट भन्न खोजिएको अथवा दिन खोजिएको संदेश के हो भने हामी चील जस्तो सहासी मंगोलका सन्तानहरु भएर कुखुराको माउ जस्तो लिडर अर्थात मान्छेको संगत त गर्यौं। जुन चीलका बच्चाले खुल्ला आकाशमा आनन्दले स्वतन्त्र रुपमा उड्नका लागि अनेकौं प्रयासहरु गरिरहँदा कुखुराको माउले पटकपटक आफ्नो हैसियत, अौकात र जात सम्झाएर चीलको बच्चालाई दुर्बल बनाए झैं गरि हामीलाई पनि हाम्रो कुखुराको माउ जस्तो पढन्ते बिद्वानहरुले सहासी मुलवासी मंगोलहरुलाई अस्तित्व हिन बनाई विभिन्न किसिमबाट हामी कम्जोर छन् भन्नेे कुराहरु सिकाई रहेको पाइन्छन्। यसरी अस्तित्व हिन बनाइसकेपछि हामीलाई निच जात तथा अौकात र हैसियत नभएको पशु सरहको मानव जस्तो जीवन जीउन बाध्य बनाईरहेको कुरा अवगत गराउन चहान्छु। हाम्रा पुर्खाहरुले विभेद मुक्त भई स्वतन्त्र रुपमा जीउन र ब्राम्हणवादीको दसत्वबाट छुट्कारा पाउन धेरै कोसिसहरु गर्नुभएको थियोे। आ आफ्नो राज्यहरु जोगाउन, धर्म, संस्कार र संस्कृति जोगाउनको निमित्त मृत्युवरण सम्म हुन पुगे र अन्तयमा बाहुन क्षेत्री शासकहरुले हाम्रो पुर्खाको सबै कुराहरु नस्ट पारिसकेपछि हामी मुलवासी मंगोलहरुको अवस्था पनि यी चिलको बच्चाको जस्तै हुन पुग्यो। तर जो चील भएर पनि चीलको जस्तो जीवन जीउन नपाए जस्तै हामी यो देशका मुलवासी मंगोलहरु असली शासक भएपनि हामीलाई आफ्नै मुलुकमा बाहुन क्षेत्री शासकहरुले दास दासी बनाइरहेको कुरा बुझ्न सकेनन् त्यसैको फलस्वरूप आज हामी दयनीय अवस्थामा छन्। सायद कुखुराको माउले चीलकै बच्चा भएपनि आफैैँले कोरलेको भएर होला उनकै सुरक्षाको लागि जथाभावी नजान र नउड्नका लागि सम्झाएको थियोे। तर चेतना बिहिन कुखुराको माउ भन्दापनि तल्लोस्तरका हाम्रा मुलवासी मंगोलका पढेलेखेका शिक्षित तथा विद्ववान बर्गहरुले हाम्रो सुरक्षित भविष्यको लागि कुनैपनि पहल कदमहरु चालेेनन्। बरु हामी मंगोलहरुको अस्तित्व समाप्त पारि बाहुनवादलाई संरक्षण गर्न तर्फ जोडतोडका साथ लागि परेको देख्न सक्छौं। त्यसै‌ले यस्ता कुखुराको माउ भन्दा पनि घटिया सोचका हाम्रो मंगोल अनुहारको टाउकेहरुको नियत हामीले चिन्न जरुरत छ। यिनीहरू कै कृयाकलापले गर्दा सदियौं देखि चीलको बच्चाले कुखुराको जीवन बिताए जसरी हामीले अस्तित्व बिहिन जीवन बिताउन बाध्य छन्। चोरको संगत गरे चोरी गर्न सिक्छन्, बलात्कारीको संगत गरे बलात्कारी नै बन्न खोज्छन्, भ्रष्टाचारको संगत गरे अन्तमा खुङ्खार भ्रष्टाचार नै बन्न पुग्छन् र सत्यताको वकालत गर्नेको संगत गरे कहिल्यै पनि बैमानी अर्थात अरुलाई दुख दिने वा हर किसिमको अनैतिक कृयाकलाप बाट उ संधै टाढा रहन्छ। जसरी चीलको बच्चाले कुखुराको संगतमा परि आफ्नो सम्पूर्ण जीवन कुखुरा जस्तैगरि जमिनमा चारो खोजेर खाने बनायो त्यस्तैगरि अगतिला मुसुण्डा र बैमानी भुसतिघ्रे हरुको संगतमा परि हामीलाई पनि तिनीहरू जस्तैै कायर र मति भ्रष्ट हुने बन्यो। कोही पनि सप्रिने अर्थात आफ्नो वर्ण र अस्तित्व चिन्न सक्नेे भएन। यस्तै फटहा, धुर्त र बैमानीहरुको संगत वा महाजाल बाट मुक्त गराई २१ अौं शताब्दीमा चेतनशिल नागरिक बन्नको लागि mno ले सम्पुर्ण मुलवासी मंगोलहरुलाई जनचेतनामूलक कार्यक्रमहरु मार्फत सचेत गराई रहेको कुरा जानकारी गराउन चहान्छु। अबको दिनमा हामीले को राम्रो र को फटाहा चिन्नु पर्ने बेला आइसकेको छ। अबको आउँदो दिनमा पनि हामीले यस्ता किसिमका धुर्त ब्यक्तिहरुको संगत गर्न छाडेन भने तपाईं हाम्रो सन्ततिको भविष्य बिल्कुलै अन्धाकारमा बित्नेेेेछन्। हामी जानी नजानी कुनै फटाहा वा धुर्त मान्छेहरुको संगतमा परि पाइला पाइलामा फसिरहेका वा धोका खाइरहेका छन्। हामीले हाम्रो समाजलाई चेतना जगाई शिक्षित, सुधार उन्मुख र बिकास उन्मुख तिर डोर्‍याउने असली mno का जल्दाबल्दा लिडरलाई चिन्न सकेनौं, उनीहरुलाई बुझ्न सकेनौं, उनीहरु प्रति हामी कहिल्यै पनि सकारात्मक भएनौं। जसको संगत गर्नु पर्थ्यो् हामीले उसको संगत गरेनौं तर जसको संगतमा पर्नु हुँदैन थ्यो उसैको महाजालमा फस्न पुग्यौं।   किनभने हामी अशिक्षित थियोे हाम्रो अशिक्षाको फाईदा उठाई हामी माथि हाम्रै समुदायका मूर्ख बिद्वानलाई गलत ढंगबाट परिचालन गराई हाम्रो सर्वस्व सिध्याउने कार्य गरायो। कथाले भने जस्तै चिलले उड्न सक्ने क्षमता राखेता पनि कुखुराको संगतमा परि आफ्नो सबै कुरा बिर्सिएर कुखुराकै जीवनमा समाहित हुन पुगे जस्तैगरि हामीले पनि यस्ता गलत ब्यक्तिहरुको संगतमा परि अस्तित्व बिर्सिन पुग्यौं, आफ्नो धर्म कर्म बिर्सिन पुग्यौं, आफ्नो संस्कार बिर्सिन पुग्यौं, आफ्नो हैसियत बिर्सिन पुग्यौं र अन्तमा केही गर्न सक्ने क्षमता भएर पनि हामी केही गर्न नसक्ने अवस्थामा खुम्चिन पुगेका छन्। अबको यो बदलिँदो आधुनिक युगमा मान्छेको नियत बुझेर मात्रै उसको संगत गरौं अन्यथा यसले आफू र आफ्नो समुदाय माथि ठुलो संकट निम्त्याउने छन् र त्यसको प्रतिफल जुनिजुनी सम्म हाम्रो भावी पुस्ताहरुले भोगिरहनु पर्ने हुन्छन्।। त्यसैले यस कथाको सार कुरालाई मधयनजर गर्दै अब हर दिन हर प्रहर सहि र सत्यको बाटोमा लम्किने ब्यक्तित्वहरुको संगतमा लागौं, झुटो वा भ्रमको प्रचार बाजि गर्ने कुनैपनि हनुमानहरुको संगतमा बिल्कुलै नपरौं र नफसौं भन्नेे कुरा सम्पुर्ण मुलवासी मंगोलहरुमा अपिल गर्न चहान्छु। 

             जै मंगोल,     जै मुलवासी 
                   HB GHALE
Story & Voice copy from Bikash Dev Yonjan

तलको 👇️ भिडियो क्लिक गरेर हेर्न सक्नुहुनेछ

No comments:

Post a Comment