Tuesday 19 May 2020

MNO समानता भातृत्व र स्वतन्त्रता चहान्छ, बुद्धको दर्शनले पनि यही भन्छ, मंगोलहरु MNO को जरो खन्नेहरु देखि सावधान रहनु पर्छ



मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताको निमित्त पहिलोपटक आवाज उठाउने महान ब्यक्ति युग पुरुष अमर डा. गोपाल गुरुङ ज्यु हुन् भन्ने कुरा यत्रतत्र सर्वत्रमा जगजाहेर छन्। डा. गोपाल गुरुङ ज्यु ले ८०% अहिन्दु मुलवासी मंगोलहरुको उत्थान अर्थात मुक्तिको निमित्त आफ्नो सम्पुर्ण जीवन समर्पित गरेको कुरालाई हामी कुनैपनि हालतमा बिर्सनै सक्दैनौं। नेपालको सन्दर्भमा अति जीर्ण ढंगबाट आफ्नो जीवन गुजारा गरिरहेका मंगोलहरुले आफ्नो सम्पुर्ण जीवन र आउने भावी पिढीहरुको जीवनलाई अन्धकारमा ब्यथित गराइरहेको कुरा सम्पुर्णमा सर्वविदितै छन्। युग पुरुष अमर डा. गोपाल गुरुङ ज्यु को उदय भन्दा पहिले हामी यस मुलुक भित्रको चेतना बिहिन हट्टाकट्टा मानव स्वरुपको प्राणी मात्रै थियोे। यी मानव स्वरुपको प्राणी हरुलाई नियन्त्रण गर्ने लगाम भने कुनै मालिक अर्थात खस आर्य बाहुन क्षेत्री शासकहरुको हातमा थियो। त्यसैले त्यसबेला हामीले स्वतन्त्र रुपमा आफू अनुकूल कुनैपनि कार्यहरु गर्न असमर्थ थियोे। मालिकले जे चहान्थ्यो र जुन कार्य अर्हाउँथ्यो त्यो अनिवार्य गर्नु पर्थ्यो। विभिन्न कालखण्डमा मुलवासी मंगोलहरु माथि सामन्ती शासकहरुले शिक्षा, ब्यापार र कुनैपनि सरकारी सेवामा बन्देज लगाए पछि मुलवासी मंगोलहरु आँखा भएर पनि अन्धो जस्तै बन्न पुगेको थियोे, कान सुनेर पनि बहिरो जस्तो हुन बाध्य थियो। त्यत्तिबेला ब्राम्हणवादीहरुले आफुमाथी गरेको अभद्र दुर्व्यवहारहरु देखेर पनि नदेखे जस्तै गरि सहेर बस्नु पर्ने अवस्थाहरु थियोे। मुलवासी मंगोलहरु माथि अतिवादीहरुले सुन्नै नसकिने खालका विभिन्न गाली गलौचको भारी वर्षा गराउँथ्यो त्यो सुनेर पनि नसुनेको जस्तै गरि बस्नु पर्दथ्यो। किनभने त्यत्तिबेला हामी मुलवासी मंगोलहरुको मगजमा पक्कैै पनि कुनै न कुनै चेतनाको कमी थियोे। त्यसैले हामी माथि त्यत्ति साह्रो अन्याय र अत्याचार हुँदा पनि हाम्रो मस्तिष्कले यस्ता अन्याय र अत्याचारको प्रतिवाद गर्ने, यसको दासताबाट मुक्तहुने बिषयमा कुनै उपाय सोच्न सकेनन्। किनभने खस आर्य शासकहरुको नीति र बिधिको शासनले गर्दा त्यतिबेला हाम्रो मस्तिष्क पग्लिनै नसकिने गरि जमेका बरफको ढिक्का जस्तै भैसकेको थियो। हामी शारिरिक रुपमा बलवान् त थियो नै हाम्रो मस्तिष्कमा कुनैपनि सकारात्मक बिषयमा सोच्न सक्ने क्षमाता शुन्य थियोे। त्यसैले हामी मानवको जस्तो रुप भएको प्राणी त थियोे तर जिउँदो लास सरह भएर पशुको जस्तो जीवन गुजार्न बाध्य थियोे।

जब यस धर्तीमा डा. गोपाल गुरुङ ज्युु ले पाइला टेके त्यस दिनदेखि फासिस्टवादी शासकहरुको निमित्त ठूलो ग्रहण लाग्ने दिन सुरु भैसकेको थियोे। डा. गोपाल गुरुङ ज्यु ले विभिन्न समय, परिस्थिति र कालखण्डहरुमा मानव रुपी दैत्यहरु संग पैंठेजोरी खेल्न कहिल्यै पनि खुट्टा कमाउनु भएन। सम्पुर्ण चुनौतीपूर्ण कार्यहरुलाई वहाँले अवसरको रुपमा लिनु भएको थियोे। शारीरिक तथा मानसिक रुपले पुर्णरुपमा विकसित भैसकेपछि अन्ततोगत्वा डा. गोपाल गुरुङले नेपालको मुलवासी मंगोलहरुको अवस्था बारे थाहा पाउनु भयो। गुरुङले नेपालका मंगोलहरुको बाहिरी आँखा मात्रै खोलेर हुँदैन मन भित्रीको आँखाले आफुहरु माथि भएको संकटलाई देख्न सक्नु पर्छ यसको लागि कुम्भकर्ण जस्तो गरि नसुत्न र आफ्नो मेटिएको अस्तित्वको खोज गर्नका लागि सम्पुर्ण मंगोलहरुलाई जागाउन वहाँ संधै तल्लीन हुनुभयो। जब कुनै पनि कुराको अस्तित्व सकिन्छ तब त्यस चिजले कुनै महत्त्व राख्दैन भन्ने कुरामा वहाँको प्राथमिकता थियोे। नेपालको मुलवासी मंगोलहरुमा पनि ठ्याक्कै त्यस्तै भएको देखिन्छन्। किन भने मुलुकको मेरुदण्ड मानिने मंगोलहरु नै अस्तित्व बिहिन भएपछि मुलुकले र यहाँका असली मुल वासिन्दाले अनेकौं हन्डर खाने निश्चित भएको देखिन्छन्। जस्तो कि घरको मुल खाँबो धमिराले खायो भने त्यस घरको अस्तित्व समाप्त भएको भनेर बुझिन सकिन्छ। किनकि अब त्यो घर अनिवार्य भत्किने, अर्थात खतम हुने अवस्थामा पुगिसकेको हन्छन्। त्यसलाई न गोठ भन्न सुहाउँछ, न झुप्रो भन्न सुहाउँछ, अब त्यसको सम्पूर्ण पेरिफेरि हेर्दा घर जस्तो त देखिन्छ तर त्यो भत्किएर खतम भएको हुनाले त्यसलाई भत्किएको घर भनेर भनिन्छ। भत्किएको घर भनेको मतलब अब त्यो मानवको लागि बसोबास गर्न लायकको छैन भनेको हो। त्यसैले जब मानिसको अस्तित्व खतम हुन्छन् तब उ मानिस जस्तो स्वरुपको त हुन्छन् तर मानवले जस्तो अधिकार सम्पन्न भएर बाँच्न पाउँदैन अर्थात सकिँदैन। भत्किएको घर जस्तै हामी अस्तित्व बिहिन मानव भयो। त्यसैले त युग पुरुष अमर डा. गोपाल गुरुङ ज्यु ले अस्तित्व बिहिन मानव पशुतुल्य हुन्छन् भन्नुभएका हुन्। 

मुख्यत अस्तित्व बिहिन भएकै कारण आजसम्म नेपालका अहिन्दुहरुको अवस्था जहाँको त्यहीँ भएको मान्न सकिन्छन्। नेपालको संविधानमा मुलवासी मंगोललाई समय अनुसार परिवर्तन गरि कहिले मतवाली, कहिले जनजाति त कहिले आदिवासी जस्ता घृणित बिल्लाहरु भिराएर अस्तित्व बिहिन बनाइसकेको कुरा तपाईंहरु सामु जगजाहेर गर्न चहान्छु। नेपालको मुलवासी मंगोलहरुलाई जगाउनका निमित्त गरिएको राजनीतिक चेतना अभिवृद्धिको अभियान र ब्राम्हणवादी शासकहरुको दासत्व बाट मुक्तिका लागि गरिएको संघर्षका क्रममा डा. गोपाल गुरुङ ज्यु ले धेरै बर्ष भुमिगत जीवन बिताउनु पर्ने बाध्यताका साथै लामो समयसम्म अत्यन्त साँघुरो काल कोठरीमा जेल जीवन समेत बिताउनु परेको थियोे। त्यसैले वहाँले लामो समय जेल जीवन बिताएर निस्कने क्रममा यी सम्पुर्ण अहिन्दु तथा मंगोल समुदायहरुलाई एकजुट गराई सदाका लागि अस्तित्व सहितको जिउँदो मानव जस्तो भएर बाँच्नका निमित्त वहाँले सन् १ जनवरी १९८९ मा भद्रगोल जेल भित्रबाट मंगोल नेशनल अर्गनाइजेसन ( MNO ) नामक राजनीतिक संगठन खोल्नु भएको थियोे। त्यही राजनीतिक संगठनको प्रभावले आज हामी निर्धक्कका साथ मुलवासी मंगोल हौँ भन्न सकिरहेका छन्। यही MNO ले गर्दा मुलवासी मंगोलहरुको प्रतिष्ठाले गगन चुम्न सफल भएको छ। MNO संगठन कै कारण आज बाहुनवादीहरुको निन्द हराम भएका छन्। त्यसैले तपाईंले MNO लाई साधारण ढंगबाट नसोच्नु होला। किनभने यो  MNO संगठन दार्शनिक तथा युग पुरुष अमर डा. गोपाल गुरुङ ज्यु ले स्थापना गर्नु भएको हो। र डा. गोपाल गुरुङ ज्यु ले नै यस राजनीतिक संगठनको स्थपना गर्नु भएको हुनाले वहाँलाई हामीले सदा श्रद्धा पुर्वक संस्थापक प्रेसिडेन्टको हैसियतमा राखेका छन्। वहाँले भन्नु भएको छ कि, मंगोल दर्शन र सिद्धान्तलाई आत्मसात गरेका mno का योद्धाहरुले कुनैपनि हालतमा mno बिरुद्ध मंगोल समाज भड्काउन विभिन्न किसिमका गतिविधिहरु गरिरहन्छ वा MNO माथि  कुनैपनि किसिमको आँच आउने किसिमको चेष्टा गर्छ भने त्यो मंगोल होइन ताकि मंगोलको मकुण्डो भएको बाहुनवादको भकुण्डो हुन् भन्नुभएको थियोे।

यी माथिका कुराहरु किन उल्लेख गरिएको हो भने, युग पुरुष अमर डा. गोपाल गुरुङले आफ्नो सम्पुर्ण जीवन त्याग गरि नेपालको ८०% अहिन्दु मुलवासी मंगोलहरुको हित निमित्त स्थापना गरिएको mno लाई लात हानी अर्कै समानान्तर संगठन mno-dgg खोल्नु भनेकै युग पुरुष डा. गोपाल गुरुङ ज्युको दर्शन सिद्धान्त र समग्रमा वहाँलाई नै लात्ती हान्नु सरह हो भन्ने कुरामा कुनै विमति छैन। हुन त कसै कसैले एउटा नाथेले निकै टिका टिप्पणी गरे छन् भन्नू होला। तर वास्तवमा यो संघारमा म भएको भए के के गर्थे? भन्ने बिषयमा मैैैले आफ्नो धारणाहरु यसरी राखेेेेका छन्।

१) यदि कोही mno को दर्शन र सिद्धान्तले ओतप्रोत भएको कुनैपनि हर्ताकर्ता लिडर वा कार्यकर्ताहरु हो भने कुनैपनि हालतमा पद, प्रतिष्ठा वा कुर्सी मोहको लालचमा परि संगठन भित्र विभिन्न किसिमका भाँडभैलो वा हँगामा मच्चाउन्न थेँ। तर संगठन भित्रैै रहेर आफ्नो जायज मुद्दालाई निरन्तरता दिन्थेँ।
२) आफ्नो सही मुद्दालाई साकार पार्न सम्पुर्ण ८०% अहिन्दु मुलवासी मंगोल बुवाआमा, दाजुभाइ तथा दिदिबहिनीहरुको साहारा लिन्थे। र mno लाई गलत ढंगबाट सञ्चालन गर्ने लिडरहरुको निरन्तर खबरदारी गर्दै mno लाई सकारात्मक रुपमा दिशा निर्देश गर्न संधै अहम भुमिका खेल्थेँ।
३) संगठनको एउटा असली लिडर सीप र जल्दाबल्दा कार्यकर्ता भएको हैसियतले नेपालको समस्त मुलवासी मंगोलहरुको पीडालाई स्वयं आफ्नै पीडा सम्झन्थेँ। mno को स्थापना कसैको ब्यक्तिगत स्वार्थ परिपुर्ती गर्नका लागि नभएको हुनाले यसै राजनीतिक संगठनको मध्यमबाट मुलवासी मंगोलहरुलााई सदियौं देखि निम्न स्तरमा आफ्नो जीवन गुजार्न बाध्य बनाउने ब्राम्हणवादी शासकहरुको दासत्वबाट सदाका लागि मुक्ति दिलाउनका लागि र अस्तित्व बिहिन मंगोलहरुलाई अधिकार सम्पन्न बनाई मानव सरह भएर बाँच्नको निमित्त सचेत गराउँ थेँ।
४) डा. गोपाल गुरुङ ज्यु ले स्थापना गर्नुभएको संगठनको विधि र बिधान बिपरित गई लोकतन्त्रको मूल्य र मान्यताको ख्याल नराखी आफुलाई बहुमतको दम्भले हलचल गर्न नदिएका कारण आवेसमा आई mno र त्यस संगठनका जुझारु लिडर तथा कार्यकर्ता हरुलाई बदनाम गर्नेे अभिप्रायले समानान्तर संगठन खोल्ने जस्ता घृणित हर्कत तथा दुस्साहस कदापि गर्दैन थेँ।
५) कठिन परिस्थितिका बावजुद बल्लतल्ल बिउँझिँदै गरेको मुलवासी मंगोलहरुलाई एकआपसमा अल्झाउने, बल्झाउने, होच्याउने वा खिच्याउने कार्यहरु गर्ने भन्दापनि एकअर्का प्रति सम्मान, सद्भाव, भातृत्व कायम गराई राख्नेे र मुलवासी मंगोलहरु माझ आइपरेका समस्याहरुलाई सामुहिक रुपमा सुल्झाउन प्रेरित गर्थेँ। जसले गर्दा मंगोलहरुले लड्न मात्रै होइन आफ्नो अस्तित्व प्राप्तिका लागि एकताबद्ध हुन पनि जानेका छन् भन्ने कुराको सन्देश दिने काम गर्थेँ।
६) कुुुनै प्रलोभनमा परि उदण्ड प्रबृत्तिका हर्कतहरु गरि mno र सम्पुर्ण मुलवासी मंगोलहरुको प्रतिष्ठा माथि आँच आउने वा दिर्घकालिन असर पर्ने खालका कार्यहरु कहिल्यैै पनि कसैलाई गर्न दिन्न थेँ।
७) संगठनमा जस्तोसुकै समस्या आइपरेपनि संगठका सम्पुर्ण सदस्य ज्यु हरु संग छलफल गरि सुल्झाउने हर प्रयास गर्थेँँ। यदि संगठन भित्र कुनै कुनै मुद्दामा कुनै सदस्यहरुको विमति भए यसलाई लोकतान्त्रिक बिधिबाट समाधान गरि संगठनलाई बाधा अड्चन बाट फुकुवा गर्न सहयोग गर्थेँ।
८) mno को झण्डा मुनि उभिएर तन र मन देखि मरेपनि मंगोल मुक्तिको लागि मर्छु, बाँचे पनि मंगोलहरुको हितको लागि बाँच्छु भनी निस्वार्थ भावनाले सपथ खाई संगठनमा आबद्ध भैसकेपछि यस संगठनको बिधान संग बाझिने कुनैपनि कार्य जस्तोसुकै संकट परे पनि गर्दिन थेँ। र सकभर अरु सदस्यहरुलाई पनि गराउन दिन्न थेँ।
९) संगठनको विधि र बिधान भन्दा बाहिर गईसके पछि सांगठनिक रुपमा कार्वाहीमा पर्नु नौलो कुरा भएन। तर केही समयको पावन्दी पश्चात् आत्माआलोचना गरि पुन: संगठनमा आबद्ध भई सम्पुर्ण सदस्य मित्रहरु संग समन्वय र सहकार्य गरेर आगाडी बढ्थे। 
१०) संधै आफ्नो मर्यादित ओहोदाको ख्याल राख्थेँ। अहमता वा अहंकारको भावनालाई त्याग्थेँ। जसले गर्दा ८०% अहिन्दु मुलवासी मंगोलहरुको शिर कहिल्यै झुकिने दिन नआओस् भन्ने बारे सचेत गर्थे र गराउँथेँ।

तर यहाँ यस्ता किसिमका कथित मंगोल लिडरहरु देखियो कि जस्ले गर्दा आज मंगोलहरुमा साँच्चिकै राजनीतिक चेतनाको कमि छन् भन्ने कुरा स्पष्ट देख्न सकिन्छन्। कुनैपनि कुरामा संयमित नामको कुनै चिज बाँकी देखिएन। किन यत्ति विधि उतेजित भइरहेका छन् र कसको इसारामा यत्रो नौटंकी देखाइरहेका छन् त्यो समयले देखाउने नै छन्। "कि आफुले गरिखानु कि अरुले भनेको मान्नु" भन्छन् आफुहरुले केही गर्न नसके कमसेकम आफ्नो भावि मंगोल पिढीहरुको बारेमा त केही सोचिदिए हुन्थ्यो। अन्यथा नलागे यीनिहरुको रवाफ र तुच्छ वचनहरु सुन्दा यस्तो लाग्छ युग पुरुष अमर डा. गोपाल गुरुङ ज्यु ले लेख्नुभएको पुस्तक यिनीहरूले मात्रै पढेका छन् । डा. गोपाल गुरुङ ज्यु संग मंगोल मुक्तिको लागि गरिएको सहयात्राका क्रममा अरु कुनै मंगोल योद्धाहरु थिएनन्। जत्तिपनि मुलुक तथा प्रवासहरुमा बिस्तार भएको mno संगठनहरु सबै यिनीहरूको देन हुन् बाँकी कसैको योगदान छैन् भन्ठान्छन् कि कसो हो? वास्तवमा mno भक्तहरुले यत्ति कुरा बुझ्न जरुरत छन् कि त्यत्ति खेर mno लाई नाथे सम्झनेहरु, हामी नरहे mno रहँदैन भन्ठान्नेहरु, हामी बिना mno पानी बिनाको माछा जस्तै सम्झनेहरु, हाम्रो सकृयता बिना कुनैपनि हालतमा mno ले गतिलिन सक्दैनन् भन्नेहहरु हाम्रो उपस्थिती बिना mno को भविष्य छैन भन्नेहरु आज mno देखि किन जल्दैछन् ? किन हरप्रहर mno माथि खनिँदैछन्? किन mno को गतिविधिहरुका अंकुस लागइरहन्छन्? mno को प्रगति प्रति किन रुष्ट हुन्छन्? mno को हरेक लिडर र कार्यकर्ता हरुमाथि किन आरोपप्रत्यारोप लगाइरहन्छौ? हिजो mno लाई नाथे सम्भनेहरु, हिजो mno को भविष्य नदेख्नेहरु, हिजो mno लाई तुच्छ ठान्नेहहरु, हिजो mno सिद्धिन्छन् भन्नेहरु आज  हिलोको दलदलमा फसिएरको भ्यागुतो जसरी किन कराइरहेका छन्? किन माकुराको जालोमा फसेका पुतली जस्तैगरि घरिघरि फत्रक फत्रक पारिरहेका छन्? ए! भुसतिघ्रे शिकारीहरु हो हिजो संगठनको मर्म नबुझेर यो हालतमा पुग्यो। आज धर्मकर्मको शिकार खेल्न तिर लाग्दैछौ कि कसो? फेरि यसले पनि राम्रो नतिजा दिनेवाला चाहिँ छैन है बेलैमा होस पुर्याउनुस्। बुद्ध धर्म होइन दर्शन हो, बुद्धको पंचशिल र दर्शन को बारेमा डा. गोपाल गुरुङ ज्युले आफ्नो पुस्तकहरुमा खुलेरै लेख्नु भएको छन्। यसको बढाईचढाई गर्न आवश्यक ठान्दिन। कि तपाईंहरुले यसबारे गोपाल गुरुङ ज्यु को पुस्तक पढ्नु भएको छैन ? यदि पढ्नु भएको छैन भने पुन: स्वअध्ययन गर्न अनुरोध पनि गर्न चहान्छु। स्थापनाकाल देखि भविष्यसम्म mno ले बुद्धको दर्शनलाई पछ्याइरहने छन्। किनभने mno ले यसलाई धर्मको रुपमा होइन दर्शनको रुपमा लिएको कुरा सर्वविदित्तै छन्।  
 
बुद्धको सिद्धान्त र दर्शन भनेकै समानता भातृत्व र स्वतन्त्रता थियो। जुन बुद्धको दर्शनलाई mno ले पनि अंगालिहरेका छन्। किनभने २१ अौं शताब्दीका मानवहरु हर किसिमको दासताबाट मुक्त हुन चहान्छन्। उनीहरु अरु मानव समान स्वतन्त्रपुर्वक बाँच्न चहान्छन्। उनीहरु सबैसँग मित्रवत ब्यवहार गर्न चहान्छन्। तर बिडम्बना यहाँ मंगोल मुक्तिका लागि लडिरहेका भनिएको केही लिडरहरुले नै आफ्नो मंगोल समुदायलाई गुमराह गरि पुन: हजारौं बर्षसम्म ब्राम्हणवादको चाकरी अर्थात दास दासी जीवन गुजारा गर्न तिर धकेलिरहेका छन्। तयसैले अब जागरुक भैसकेका मुलवासी मंगोलहरु कसैको भ्रमित र आश्वासन युक्त भाषणबाट मुक्त भई मंगोल नेशनल अर्गनाइजेसनका एक कटिबद्ध योद्धाको रुपमा उभिनका निमित्त आग्रह गर्न चहान्छु। बर्तमान अवस्थामा mno लाई सहज र सरल रुपले कुनै हालतमा अघि बढ्न दिँदैनन् भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ। कत्तिपय जत्थाहरुले विभिन्न माध्यमबाट mno लाई ध्वस्तै पार्ने किसिमका षड्यन्त्रहरु पनि नगरेका होइनन्। सानोतिनो चित्त र भंगेराको पित्त जस्तो भएको लिडरहरु भएको भए mno उहिल्यै सिध्दिसकेको थियोे। याद रहोस् कि mno मा डा. गोपाल गुरुङ ज्यु का दर्शन र सिद्धान्तले ओतप्रोत भएका, निस्वार्थ रुपमा बलिदानै दिन परे पनि पछि नहट्ने तर मंगोल मुक्तिका लागि बैचारिक युद्धमा निरन्तर लागि पर्ने सहासी तथा जुझारु योद्धाहरुको आवागमन भैसकेको हुनाले कुनै पनि माइकलालले mno लाई  समाप्त पार्ने जस्ता वाइह्यात सोच नराखे हुन्छ। कसैले चाहेर पनि mno लाई ढाल्न त परै जाओस हल्लाउन समेत नसक्ने कुरा समस्त मुलवासी मंगोलहरुमा अवगत गराउन चहान्छु। 

कुन्ती मोक्तान ज्यु ले गाउनु भएको एउटा गीत नै छन् नि "कत्ति जल्छौ आरिसैले अझै जल्दै गर, म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर" हो पक्कैपनि यस गीतको हरफले भनेको जस्तै mno देखि रिस र डाह गर्नेहरु, अनेक बखेडा गर्दै उधुम कुरा काटेर आरिसले जल्दैछन्। जति जल्छौ बेफिक्र भई जले हुन्छ, हामीलाई यो कुरा पनि थाहा छ कि जलिसकेपछिको नतिजा खरानी हुन्छ। त्यसैले कुनै पर्वाह नगरि जले हुन्छ। mno को खुट्टा तान्नेहरुको कमी न हिजोको दिनमा  थियोे न आजको दिनमा छ न भोलिको दिनमा कम हुनेछ। यस्ता खुट्टा तान्ने प्रबृत्तिका झुण्डहरु बाट गतिलो पाठ सिकिसकेका mno ले अबको दिनमा खुट्टा तान्नेहरुलाई भन्दा पनि आफ्नो लक्ष्यमा लम्किएको पाइलाहरु बिना थकान निर्धक्कका साथ चाल्दै mno को गन्तव्य सम्म पुग्न सक्ने अजम्बरी आँट र सहास राख्दछन्। mno ले निश्चित रुपमा मुलवासी मंगोलहरुले गुमाएको अस्तित्व पुन प्राप्ति र आफ्नो सन्ततिहरुको भविष्यको सुनिश्चितताका लागि मरिमेटेर लागि परेका कुरा जगजाहेर गर्न चहान्छु।  जसले जे जान्यो त्यो गर्ने हो। सबैले आ आफ्नो धर्म पूरा गर्ने हो। यो जल्ने र खुट्टा तान्नेहरुले पनि आफुले जानेका कुरा गरि आ आफ्नो धर्म पूरा गरिरहेका मात्रै हुन् यसलाई अन्यथा नलिन सम्पुर्ण मंगोल समुदायमा अनुरोध गर्न चहान्छु। मंगोल नेशनल अर्गनाइजेसन ( mno ) साँघुरो सोच लिएर कसै प्रति पुर्वाग्रह राखि वा प्रतिशोध लिने भावनाले स्थापना भएको होइनन्। मानव चेतना र अस्तित्व बिहिन भई पशु जस्तैगरि जीवन गुजारी रहेका ८०% अहिन्दु मुलवासी मंगोलहरुलाई आफ्नो अस्तित्व सहित मान्छे जस्तो भएर बाँच्न सजग र सचेत गराउनु कसैप्रति प्रतिशोध वा पुर्वाग्रह राख्नु होइन। यो त राष्ट्र भित्रका राष्ट्रहरुलाई मानसिक रुपमा बलियो बनाउनु हो। जो सयौं बर्ष देखि शोषण र दमनमा जिउन बाध्य थियो ती समुदायहरुलाई स्वतन्त्र रुपमा मुक्त गरि नयाँ जीवन दिनु हो। mno ले गरिएको यस महान कार्यलाई कसैले अन्यथा सोच्नु गलत सावित हुनेछ भन्ने कुराको अवगत गराउन चहान्छु। 


               जै मंगोल,    जै मुलवासी!!! 
                                                        HB GHALE

No comments:

Post a Comment