Saturday 22 September 2018

MNO ३ नं प्रदेशको ३ दिने प्रशिक्षण कार्यक्रम बौद्ध स्थित शेर्पा हाउसमा चल्दै...



प्रशिक्षण कार्यक्रम जारी ...
मंगोल नेशनल अर्गनाइजेशन ३ नं प्रदेश सभाको आयोजनामा २१ सेप्टेम्बर २०१८ शुक्रबार देखी मुलुकको पर्यटकिय नगरी बौद्ध अवस्थित शेर्पा हाउसमा सुरु भएको ३ दिने Motivational, Leadership, Public Speaking  तथा संगठनको रणनीति तथा कार्यनीति बिषयक प्रशिक्षण कार्यक्रम निरन्तर चलिरहेको छ ।



शुक्रबार संगठनका ३ नं प्रदेश सभाका अध्यक्ष लाक्पा तामाङको सभाध्यक्षता तथा संगठनका केन्द्रीय सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुख आतित्यथामा सुरु भएको कार्यक्रम लाई प्रदेश सभाका कोषाध्यक्ष कुमार तामाङको स्वागत मन्तब्य बाट अगाडी बढाइएको थियो ।



उत्घाटन सभा लाई संगठनका केन्द्रीय सदस्य मंगोल भक्त खपाङ्गी लगायत ३ नं प्रदेश सभा अन्तर्गतका केन्द्रीय सदस्यहरुबाट शुभकामना मन्तब्य सहित अगाडी बढाइएको थियो । प्रदेश सभाका सचिव राजेन्द्र तामाङद्धारा सञ्चालित प्रशिक्षण कार्यव्रmमको पहिलो दिन संगठनका केन्द्रीय सदस्य रिन्चेन दोर्जे तामाङ बाट Motivational को बिषयमा प्रशिक्षण सहित सकिएको कार्यव्रmम दोस्रो दिन २२ सेप्टेम्बर आज पनि केन्द्रीय सदस्य तामाङ बाट नै उल्लेखित बिषय अन्र्तगत Leadership Development  को प्रशिक्षण प्रदान भएको छ ।



दोस्रो दिनको कार्यक्रमसम्म आइपुग्दा ३ नं प्रदेश अन्तरगत बिभिन्न जिल्ला हरुबाट आउनु भएका प्रशिक्षार्थी हरुले सभामा सहज र सरल भाषा बाट प्रशिक्षण ग्रहण गरिरहेको जानकारी प्राप्त भएको छ।



























No comments:

Post a Comment