Monday 24 September 2018

दक्षिणी कोरियामा एम.एन.ओ तदर्थ सभा गठन:



काठमाण्डौ /
                    मंगोल नेशनल अर्गनाईजेशनको प्रवासहरुमा संगठन बिस्तार हुनेक्रममा आज मिति २०७५/०६/०८ गते तदनुसार 2018/09/24 तारिखका दिन एम.एन.ओ तदर्थ प्रवास सभा दक्षिण कोरिया गठन भएको छ ।



                    दक्षिण कोरियाको राजधानी सेउल स्थित होटेल दोईदुङमूनमा सम्पन्न भएको एक कार्यक्रमको बिच अ.मू.मं गणेश चिडी मगरको अध्यक्षतामा २१ सदस्यीय तदर्थ प्रवास सभा दक्षिण कोरिया गठन भएको छ । जसको मूलसचिव, सचिव, कोषाध्यक्ष र प्रवक्तामा क्रमश: मि लामा तामाङ, अटल मगर , सलिना गुरुङ, तेजेन्द्र पून मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा विश्व बुढा मगर, अभिनास बुढा मगर, हिमाल सागर सुनुवार , विश्व राई , दल बहादुर वि.क, मिङ्मा शेर्पा , किशोर राना मगर , अशोक राई, अस्मिन लिम्बू, गुन बहादुर सारू, धगेन्द्र पुन , सिमा राना मगर र सुजित तामाङ रहेका छन् भने विशेष सल्लाहकारमा याम गुरुङ रहेका छन् ।


 मिलन तामाङले सन्चालन गरेको उक्त कार्यक्रममा संगठनको र मंगोल अस्तित्व र अधिकारका लागि सदैव एकजुट भएर अघि बढ्ने भनी वाचा कसम प्रतिज्ञा साथ कार्यक्रमको विधिवत रुपमा सम्पन्न गरेको तदर्थ प्रवास सभा दक्षिण कोरियाका सदस्य किशोर राना मगरले ( Roshik Rohsik Rana )  मंगोल भिजनलाई जानकारी गराउनु भएको छ ।
.
जै मंगोल ।

No comments:

Post a Comment