Sunday 5 August 2018





बर्तमान अवस्थामा देशको नेतृत्व गर्ने कम्युनिस्ट सरकार छन्। यी सरकारमा हुनेहरुको चुनावी घोषणापत्रको एजेन्डा र सरकारमा गइसकेपछिको कार्यशैली भने बिलकुलै मेल खाएको छैन। जुन जुन मुद्दाहरु उठाई चुनाव जिते त्यही त्यही मुद्दाहरु आज ओझेलमा छन्। यी कुराहरु त भै नै हाल्यो तर देशको मुख्य समस्याहरु त समाधान गर्न सकेन नै तर सानातिना समस्या हरु प्रति पनि सरकार उत्तरदायी हुन सकेन। विश्व सम्पदा सुचीमा रहेको बौद्धनाथ वरिपरिको सडकहरु खाल्डाखुल्डी थियो त्यसलाई मर्मत गर्ने कार्यमा समेत यो कम्युनिस्ट सरकार मौन छन् भने यस कार्य प्रति लामा भिक्षु हरुले बौद्धनाथ को अस्तित्व जोगाउन र त्यस क्षेत्रलाई पुन: पर्यटकीय स्थल बनाउनको निमित्त यी हिलाम्य सडकहरु पुर्ने कार्यमा त्यस क्षेत्रका लामा हरु अग्रसर भएको देखिन्छ।



No comments:

Post a Comment